Sunday, 28 Apr, 2024
समाचार

सुशासन र उद्यम विकासको लागि सरकार र समुदायबिच छलफल

1710169141550-1710169178.jpg

हेटौंडा, २८ फागुन
ग्रिन फाउण्डेशन नेपाल(जि एफ एन) ले हेटौंडामा वनमा आधारित उद्यम विकासको लागि हेटौंडामा सरकार र समुदायबिच छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेको छ । संस्थाले उद्यम विकास संगै सुशासन कायम गर्नुको साथै समुदाय र स्थानिय सरकारबिचको समन्वयात्क सम्बन्ध सुदृढ गर्दै समस्या समाधान गर्नको लागि कार्यक्रमको आयोजना गरेको हो ।
हेटौंडा उपमहानगरपालिका वन, वातावरण बिभाग समितिका प्रमुख एबम् १० नम्बर वडा अध्यक्ष फुर्वा लामाले समृद्ध समुदायको लागि स्थानिय उत्पादनलाई जोड दिन उपहमानगर तयार रहेको बताउनुभयो । उहाँले उद्यम विकासले स्वरोजगार सृजना गरेको बताउदै उपमहानगरपालिकाले स्थानिय उत्पादन प्रबद्र्धनमा काम गरिरहेको जनाउनुभयो । यसको साथै सामुदायिक वन उपभोक्ता महासंघ र ग्रिन फाउण्डेशन नेपालले वनमा आधारित उद्यमको जग बसाउनुको साथै यसको दिगो विकासको लागि भुमिका खेलेको समेत उल्लेख गर्नुभयो ।
 डिभिजन वन कार्यालय हेटौंडाका सहायक वन अधिकृत बसन्तराज गौतमले अबको आर्थिक उत्पादनको स्रोत भनेको उद्यम भएकोले वनमा आधारित उद्यम विकासले समुदायसंगै सिंगो राज्यको अर्थतन्त्रमा खास भुमिका खेल्ने बताउनुभयो । उहाँले नेपालमा अब आफ्नो नीजि वनमा लगाएका काडपातहरु अन्नबालि सरह ओसारपसार गर्न पाउने समेत काननुले बाटो खुलाइदिएको जानकारी दिनुभयो । 
यसैगरी कार्यक्रममा उद्यम, पर्यटन र सहकारी महाशाखा प्रमुख हिमशर्मा पौडेलले उद्यम गर्छु भनेर अठोट गर्ने समुहलाई उपमहानगरपालिकाले तालिम र बिउपुँजि समेत उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उहाँले तालिम लिनको लागि मात्र तालिम लिने नभएर उद्यमी बन्नको लागि तालिम लिएमा उपमहानगरपालिकामा बजेटको समस्या नभएको बताउनुभयो ।
 कार्यक्रममा बोल्दै ग्रिन फाउन्डेन नेपालकी कोषाध्यक्ष आरती पाठकले संस्थाको उदेश्य नै कषि र वनमा आधारित उद्यम विकास गर्ने, उद्यमीहरुको दिगो ब्यबसथापनको लागि सरकार र समुदायबिच पुलको काम गर्ने, बजारिकरणको लागि तालिमहरु उपलब्ध गराउने र स्थानिय उत्पादनलाई बजार सम्म लैजान प्रोत्साहन गर्ने रहेको जानकारी दिनुभयो । यसको साथै सरकारको तर्फबाट उद्यमविकासको लागि बजेट बिनियोजनको लागि पहल गरिदिने समेत जनाउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


world-link-1690434568.jpg
थाहा नगरपालिका द्वारा नगर भित्रका सहकारी हरुको अनुगमन सुरु,
IMG_20240428_141737_409-1714310041.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...