jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

सुशासन र उद्यम विकासको लागि सरकार र समुदायबिच छलफल

1710169141550-1710169178.jpg

हेटौंडा, २८ फागुन
ग्रिन फाउण्डेशन नेपाल(जि एफ एन) ले हेटौंडामा वनमा आधारित उद्यम विकासको लागि हेटौंडामा सरकार र समुदायबिच छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेको छ । संस्थाले उद्यम विकास संगै सुशासन कायम गर्नुको साथै समुदाय र स्थानिय सरकारबिचको समन्वयात्क सम्बन्ध सुदृढ गर्दै समस्या समाधान गर्नको लागि कार्यक्रमको आयोजना गरेको हो ।
हेटौंडा उपमहानगरपालिका वन, वातावरण बिभाग समितिका प्रमुख एबम् १० नम्बर वडा अध्यक्ष फुर्वा लामाले समृद्ध समुदायको लागि स्थानिय उत्पादनलाई जोड दिन उपहमानगर तयार रहेको बताउनुभयो । उहाँले उद्यम विकासले स्वरोजगार सृजना गरेको बताउदै उपमहानगरपालिकाले स्थानिय उत्पादन प्रबद्र्धनमा काम गरिरहेको जनाउनुभयो । यसको साथै सामुदायिक वन उपभोक्ता महासंघ र ग्रिन फाउण्डेशन नेपालले वनमा आधारित उद्यमको जग बसाउनुको साथै यसको दिगो विकासको लागि भुमिका खेलेको समेत उल्लेख गर्नुभयो ।
 डिभिजन वन कार्यालय हेटौंडाका सहायक वन अधिकृत बसन्तराज गौतमले अबको आर्थिक उत्पादनको स्रोत भनेको उद्यम भएकोले वनमा आधारित उद्यम विकासले समुदायसंगै सिंगो राज्यको अर्थतन्त्रमा खास भुमिका खेल्ने बताउनुभयो । उहाँले नेपालमा अब आफ्नो नीजि वनमा लगाएका काडपातहरु अन्नबालि सरह ओसारपसार गर्न पाउने समेत काननुले बाटो खुलाइदिएको जानकारी दिनुभयो । 
यसैगरी कार्यक्रममा उद्यम, पर्यटन र सहकारी महाशाखा प्रमुख हिमशर्मा पौडेलले उद्यम गर्छु भनेर अठोट गर्ने समुहलाई उपमहानगरपालिकाले तालिम र बिउपुँजि समेत उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उहाँले तालिम लिनको लागि मात्र तालिम लिने नभएर उद्यमी बन्नको लागि तालिम लिएमा उपमहानगरपालिकामा बजेटको समस्या नभएको बताउनुभयो ।
 कार्यक्रममा बोल्दै ग्रिन फाउन्डेन नेपालकी कोषाध्यक्ष आरती पाठकले संस्थाको उदेश्य नै कषि र वनमा आधारित उद्यम विकास गर्ने, उद्यमीहरुको दिगो ब्यबसथापनको लागि सरकार र समुदायबिच पुलको काम गर्ने, बजारिकरणको लागि तालिमहरु उपलब्ध गराउने र स्थानिय उत्पादनलाई बजार सम्म लैजान प्रोत्साहन गर्ने रहेको जानकारी दिनुभयो । यसको साथै सरकारको तर्फबाट उद्यमविकासको लागि बजेट बिनियोजनको लागि पहल गरिदिने समेत जनाउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...