jkmv-english-1784299234.jpg
Friday, 14 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राेजगार

सुरक्षित आप्रवासन (सामी)को अभिमुखिकरण सम्पन्न,श्रमिता महर्जनको संयोजकत्वमा नगर संजाल गठन

1710852289078-1710852322.jpg

सुरक्षित आप्रवासन(सामी)कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्तिहरुको लागि अभिमुखिकरण तथा स्थानीय तह संजाल गठन थाहामा सम्पन्न भएको छ।
थाहा नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका रोजगार संयोजक तथा सामी कार्यक्रमका फोकल पर्सन कुमार नेगि र सामी थाहा नगरका संयोजक मेलिना खत्रीले सहजीकरण गर्नुभएको कार्यक्रममा वैदेशिक रोजगार बाट फर्केर देशमानै रहेका हरुको सहभागिता रहेको थियो।
सामीले वैदेशिक रोजगार बाट फर्केकाहरुको स्थानीय तह थाहा नगर संजाल समेत गठन गरेको छ।
श्रमिता महर्जनको संयोजकत्वमा ११ सदस्यीय नगर संजाल गठन गरेको हो।जस्को सहसंयोजकमा रुपचन्द्र गोपाली,सचीव सन्तोष मगर,सदस्यहरुमा राजु गुरुङ,चित्र बहादुर गुरमाङ,सुमन बिष्ट,कृष्णजी स्याङ्तान,अजय बस्नेत,भिम बहादुर बस्नेत,दिप बहादुर घलान,र वीर बहादुर गोले रहेका छन।
कार्यक्रममा वैदेशिक रोजगारीले पारेका राम्रा र नराम्रा प्रभावहरूको बारेमा छलफल गरिएको छ । कार्यक्रममा सामीका जिल्ला थाहा नगर संयोजक मेलिना खत्रीले सुरक्षित आप्रवासन कार्यक्रम नेपाल सरकार र स्विस सरकारबीचको द्विपक्षीय कार्यक्रम भएको र यसले खेलेको भूमिका तथा प्रभाव र असरका बारेमा जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित एवम् शोषणरहित बनाउँदै वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोग गरी देशभित्रै रोजगारीको अवसरहरू सिर्जना गर्ने तथा आयआर्जनमा वृद्धि गरी भविष्यमा सहज जीविकोपार्जन गर्ने गराउने र सामाजिक रूपमा सम्मानित भएर बाच्ने आधार तयार पार्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रशिक्षक कुमार नेगिले बताउनुभयो । 
थाहा नगरका रोजगार शाखा प्रमुख समेत रहेका नेगिले थाहा नगरपालिकामा रहेको आप्रवासी सूचना तथा स्रोत केन्द्रबाट वैदेशिक रोजगारी सम्बन्धी परामर्श, वैदेशिक रोजगारीको सिलसिलामा ठगिएकाहरूलाई निःशुल्क कानुनी सेवाको लागि सहजीकरण, वैदेशिक रोजगारीमा रहँदा अङ्गभङ्ग भएका, मृत्यु भएकाहरूलाई क्षतिपूर्तिको लागि पहल गरिदिने, शव नेपाल ल्याउन सहजीकरण गर्ने विप्रेषणलाई आयमूलक क्षेत्रमा खर्च गर्न वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्नेलगायतको काम भइरहेको जानकारी दिनुभयो ।

त्यस्तैगरी, वैदेशिक रोजगारीकै कारण सिर्जित मनोसामाजिक समस्या भएकालाई परामर्श सेवा पनि दिइरहेको मनोपरामर्श दाता सुनिता बस्नेतले जानकारी दिनुभयो । बस्नेतले नगरपालिकामा सबै वैधानिक तरिकाबाट गएकाहरूको पक्षमा छिटोछरितो र प्रभावकारी काम गर्दै आएको बताउनुभयो । 
कार्यक्रममा सामीका मनो परामर्शदाता सुनिता  बस्नेत,रिटर्नी स्वयंसेवकहरु,थाहा नगरपालिकाका प्रेस संयोजक शम्भु अधिकारीको उपस्थिति रहेको थियो।

1710852292582-1710852323.jpg
1710852295582-1710852339.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...