Social-Media-Main-Post1-1759035170.jpg
Thursday, 15 Jan, 2026
nagar-shubha-1759206951.jpg

थाहा नगर

सुखी भविष्य बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न

20260113_123644-1768290635.jpg

थाहा नगरपालिका–शिखरकोटस्थित विकास घरमा सुखी भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभा संस्थाका अध्यक्ष सुरेन्द्रमान प्रधानको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
सभामा अध्यक्ष प्रधानले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाको शेयर पुँजी १९ लाख रुपैयाँ पुर्‍याई आगामी आर्थिक वर्षमा ५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य रहेको जानकारी दिए। साथै मासिक बचतलाई प्राथमिकतामा राख्दै न्यूनतम मासिक १ हजार रुपैयाँ बचत अनिवार्य गरिने र सदस्यहरूलाई सहकारी शिक्षा प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिने बताए।
सभामा कोषाध्यक्ष बिक्रम श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन प्रस्तुत गर्दै हाल संस्थाको ऋण लगानी ७४ लाख ७१ हजार रुपैयाँ र बचत हिसाब ७९ लाख ४२ हजार रुपैयाँ पुगेको जानकारी दिए।
त्यस्तै सचिव बिक्रम केसीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संस्थामा हाल १ हजार ४ सय ९७ जना सदस्य आबद्ध छन्। संस्थाले आगामी दिनमा सक्रिय र निष्क्रिय सदस्य पहिचान गरी व्यवस्थापन गर्ने जनाएको छ।
साधारणसभाका अवसरमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई सम्मान गरिएको थियो। नियमित बचततर्फ सुजता थापा, साधारणतर्फ सन्तबहादुर पोडे, साथै स्वस्थानी खड्का, राम गोतामे, मनिसा प्रधान र बिमला मल्ललाई सम्मान प्रदान गरिएको हो। यसैगरी ज्येष्ठ सदस्य राजेन्द्र थापालाई प्रमुख अतिथि भरत गोपालीले विशेष सम्मान प्रदान गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गोपालीले सहकारीको हित र सफलताको शुभकामना व्यक्त गर्दै सदस्यहरूको आर्थिक तथा सामाजिक हितका लागि सहकारीले निरन्तर काम गर्नुपर्नेमा जोड दिए।
सभाले सहकारीलाई अझ सुदृढ, पारदर्शी र सदस्यमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको सचिब बिक्रम केसीले जानकारी दिए।

20260113_132354-1768290636.jpg

world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
थाहा नगरपालिकाको १९ औं नगरसभा सम्पन्न
FB_IMG_1768404470682-1768404507.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं अधिवेशनले चालु आर्थिक वर्षको हालसम्मको प्रगती समीक्षात्मक प्रतिवेदन बहुमतले...

सुखी भविष्य बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न
20260113_123644-1768290635.jpg

थाहा नगरपालिका–शिखरकोटस्थित विकास घरमा सुखी भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा...

शिखरकोटमा पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती र एकता दिवस मनाइयो
FB_IMG_1768144032739-1768144741.jpg

थाहा नगर, शिखरकोट, पौष २७ – राप्रपा थाहा नगर कमिटी र राप्रपा मकवानपुर प्रदेश (क)को आयोजनामा शिखरकोट स्थित कृष्ण...

लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768138703028-1768138720.jpg

थाहा नगरपालिका वडा नं. १, ओखरबजारमा २०५९ जेठ २ गते स्थापना भएको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको...

बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768136296400-1768136314.jpg

थाहा नगरपालिकाको वडा नं. ३ मा स्थित बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
1768134003232-1768134032.jpg

थाहा नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक...

थाहा नगरपालिकाको हिउँदे अधिवेशन पौष ३० गते हुने
FB_IMG_1743852711198-1768056769.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं नगर सभा (हिउँदे अधिवेशन) ३० पुसमा हुने भएको छ । नगरपालिकाले सभा सदस्यहरुलाई सभा...

प्रलोपाका नेता सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार
InShot_20260110_181123878-1768048179.jpg

मकवानपुर । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य...

थाहा दिवस २०८२: बिडारीलाई थाहा पत्रकारिता पुरस्कार, सानोभाई कार्कीलाई तिर्थदास सामाजिक सम्मान
InShot_20260110_133549017-1768031480.jpg

थाहा आन्दोलनका प्रणेता स्वर्गीय रुपचन्द्र बिष्ट (रुदाने) को ९२औँ जन्मजयन्तिको अवसरमा थाहा नगरपालिकामा विविध...