pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

सिबिआर कार्यक्रम अन्तर्गत अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान

FB_IMG_1781191624805-1781191638.jpg

थाहा नगरपालिकाले लक्षित समुदायका लागि विनियोजित बजेट कार्यान्वयनलाई तीव्रता दिएको जनाएको छ। यसैअन्तर्गत अपाङ्गता भएका विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको छ।
थाहा नगरपालिकाले विभिन्न लक्षित समुदायका लागि विनियोजित बजेट कार्यान्वयन सुरु गरेको छ। यसैक्रममा नगरभित्रका विभिन्न विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।
सामुदायमा आधारित पुनर्स्थापना (CBR) कार्यक्रमअन्तर्गत थाहा नगरपालिका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण शाखा र मकवानपुर अपाङ्ग उत्थान समाज, हेटौंडाको आयोजनामा नगरका २७ वटा विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीलाई झोला, कापी र कलम प्रदान गरिएको हो। बिहीबार विकास घरमा आयोजित कार्यक्रममा सामग्री वितरण गरिएको थियो।
थाहा नगरपालिका सामाजिक विकास समितिको निर्णयअनुसार नगरका २७ वटा विद्यालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरूलाई छात्रवृत्तिसमेत प्रदान गरिएको शाखा प्रमुख प्रतिमा मोक्तानले जानकारी दिनुभयो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै थाहा–३ का वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझीले भन्नुभयो, “अपाङ्गता भएका बालबालिकाको शिक्षा सुनिश्चित गर्नु स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी हो। उनीहरूलाई आवश्यक शैक्षिक सामग्री र अवसर उपलब्ध गराएर आत्मविश्वासका साथ अघि बढ्ने वातावरण सिर्जना गर्नु हाम्रो साझा दायित्व हो। थाहा नगरपालिका समावेशी र पहुँचयुक्त शिक्षाको पक्षमा निरन्तर प्रतिबद्ध रहनेछ।”
थाहा नगर अपाङ्ग सरोकार समितिका संयोजक मनलाल गोपालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मकवानपुर अपाङ्ग उत्थान समाजका अध्यक्ष राम थापा, महिला, बालबालिका तथा अपाङ्ग शाखाकी प्रमुख प्रतिमा मोक्तान, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रधान, जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकुमार बल लगायत सम्बन्धित विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...