Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

सिकाइको विकल्प पेश गर्न थाहानगर शिक्षा शाखाको आग्रह

शिक्षा मन्त्रालयले आगामी असार १ गतेदेखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने बताइरहँदा थाहा नगरपालिकाको शिक्षा शाखाले सिकाइको उपयुक्त विधि सुझाउन नगरअन्तरगतका सामुदायिक विद्यालयहरुलाई आग्रह गरेको छ । 

शिक्षा शाखाले मंगलबार थाहा नगरपालिकाका सबै सामुदायिक विद्यालयहरुलाई एकै व्यहोराको पत्र लेख्दै तीन दिन भित्र लिखित रुपमा बैकल्पिक शिक्षाका उपायहरुबारे पेश गर्न भनेको छ । 

विश्वका दुई सय बढी देशमा फैलिएको कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउनमा विद्यालय तत्काल खुल्न नसक्ने अवस्थामा थाहा नगर शिक्षा शाखाले सिकाइका बैकल्पिक उपायहरु पेश गर्न आह्वान गरेको हो । यसरी विकल्प पेश गर्दा तीनवटा आधारहरुमा निष्कर्षमा पुग्न शिक्षा शाखाले किटानी आधारहरु दिएको छ । 

शिक्षा शाखाका अनुसार विद्यालयहरुले बैकल्पिक उपायहरुबारे निष्कर्षमा पुग्नुअघि विद्यार्थीहरुको प्रविधिमा पहुँचबारे ‘रिसर्च’ गर्नु पर्नेछ । अनुसन्धानको माध्यमबाट विद्यालयहरुले आफ्ना विद्याथीहरुलाई पहिले तीन समूहमा विभाजन गर्नुपर्ने हुन्छ । सबै किसिमका प्रविधिको पहुँचबाट बाहिर रहेका विद्यार्थीहरुलाई एउटा समूहमा राख्नु पर्नेछ भने एफ. एम. रेडियो सुन्न सक्ने वा रेडियो सेट वा रेडियो बज्ने मोबाइल सेट भएका परिवारका विद्यार्थीहरुलाई अर्को समूहमा राख्नु पर्नेछ ।  त्यस्तै इन्टरनेट तथा सूचना संचार प्रविधिको साधनमा पहुँच भएका विद्यार्थीहरुलाई छुट्टै समूहमा राख्नु पर्नेछ । त्यस्ता समूहगत विद्यार्थीहरुको संख्यालाई विद्यालयहरुले शिक्षा शाखामा बुझाउनु पर्ने नगर शिक्षा अधिकारी शोभाकर रेग्मी हस्ताक्षरित पत्रमा जनाइएको छ ।  

विद्यालयहरुलाई पठाइएको पत्रअनुसार एफ. एम. रेडियोमा पहुँच भएका विद्यार्थीहरुका लागि रेडियोबाटै पढाउने विधि उपयुक्त हुन सक्छ । इन्टरनेटमा सहज पहुँच भएका विद्यार्थीहरुको संख्या अधिक भए सोही बैकल्पिक विधि अपनाउने पनि शिक्षा शाखाले संकेत गरेको छ । इन्टरनेट र संचारप्रविधिको साधनमा पहुँचमा भएका विद्यार्थीहरुका लागि जुम एप, गुगल मिट, फेसबुक ग्रुपबाट पढाउन सकिन्छ तर यो समूहका विद्यार्थीहरुमा रेडियोको सहजै पहुँच हुने भएकोले एफ. एम. रेडियो नै उत्तम विकल्प हुन सक्ने पनि जानकारहरुको ठम्याई छ । 

कुनै पनि प्रविधिमा पहुँच नभएका विद्याथीहरुका लागि भने विद्यालयहरुले सुरक्षा सामग्रीको प्रयोगसँगै सामाजिक दूरी कायम गरेर कक्षा संचालन गर्ने सम्भावनाबारे विकल्प दिनु पर्नेछ । त्यस्ता विद्यार्थीहरुका लागि घुम्ती कक्षा संचालनको सम्भावनाबारे  खुलाउन पनि शिक्षा शाखाले पत्रमा भनेको छ । 
बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका, २०७७ अनुसार शिक्षा शाखाले सामुदायिक विद्यालयहरुलाई पत्राचार गरेको हो । 


 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...