Friday, 03 May, 2024
शिक्षा

सिकाइको विकल्प पेश गर्न थाहानगर शिक्षा शाखाको आग्रह

शिक्षा मन्त्रालयले आगामी असार १ गतेदेखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने बताइरहँदा थाहा नगरपालिकाको शिक्षा शाखाले सिकाइको उपयुक्त विधि सुझाउन नगरअन्तरगतका सामुदायिक विद्यालयहरुलाई आग्रह गरेको छ । 

शिक्षा शाखाले मंगलबार थाहा नगरपालिकाका सबै सामुदायिक विद्यालयहरुलाई एकै व्यहोराको पत्र लेख्दै तीन दिन भित्र लिखित रुपमा बैकल्पिक शिक्षाका उपायहरुबारे पेश गर्न भनेको छ । 

विश्वका दुई सय बढी देशमा फैलिएको कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउनमा विद्यालय तत्काल खुल्न नसक्ने अवस्थामा थाहा नगर शिक्षा शाखाले सिकाइका बैकल्पिक उपायहरु पेश गर्न आह्वान गरेको हो । यसरी विकल्प पेश गर्दा तीनवटा आधारहरुमा निष्कर्षमा पुग्न शिक्षा शाखाले किटानी आधारहरु दिएको छ । 

शिक्षा शाखाका अनुसार विद्यालयहरुले बैकल्पिक उपायहरुबारे निष्कर्षमा पुग्नुअघि विद्यार्थीहरुको प्रविधिमा पहुँचबारे ‘रिसर्च’ गर्नु पर्नेछ । अनुसन्धानको माध्यमबाट विद्यालयहरुले आफ्ना विद्याथीहरुलाई पहिले तीन समूहमा विभाजन गर्नुपर्ने हुन्छ । सबै किसिमका प्रविधिको पहुँचबाट बाहिर रहेका विद्यार्थीहरुलाई एउटा समूहमा राख्नु पर्नेछ भने एफ. एम. रेडियो सुन्न सक्ने वा रेडियो सेट वा रेडियो बज्ने मोबाइल सेट भएका परिवारका विद्यार्थीहरुलाई अर्को समूहमा राख्नु पर्नेछ ।  त्यस्तै इन्टरनेट तथा सूचना संचार प्रविधिको साधनमा पहुँच भएका विद्यार्थीहरुलाई छुट्टै समूहमा राख्नु पर्नेछ । त्यस्ता समूहगत विद्यार्थीहरुको संख्यालाई विद्यालयहरुले शिक्षा शाखामा बुझाउनु पर्ने नगर शिक्षा अधिकारी शोभाकर रेग्मी हस्ताक्षरित पत्रमा जनाइएको छ ।  

विद्यालयहरुलाई पठाइएको पत्रअनुसार एफ. एम. रेडियोमा पहुँच भएका विद्यार्थीहरुका लागि रेडियोबाटै पढाउने विधि उपयुक्त हुन सक्छ । इन्टरनेटमा सहज पहुँच भएका विद्यार्थीहरुको संख्या अधिक भए सोही बैकल्पिक विधि अपनाउने पनि शिक्षा शाखाले संकेत गरेको छ । इन्टरनेट र संचारप्रविधिको साधनमा पहुँचमा भएका विद्यार्थीहरुका लागि जुम एप, गुगल मिट, फेसबुक ग्रुपबाट पढाउन सकिन्छ तर यो समूहका विद्यार्थीहरुमा रेडियोको सहजै पहुँच हुने भएकोले एफ. एम. रेडियो नै उत्तम विकल्प हुन सक्ने पनि जानकारहरुको ठम्याई छ । 

कुनै पनि प्रविधिमा पहुँच नभएका विद्याथीहरुका लागि भने विद्यालयहरुले सुरक्षा सामग्रीको प्रयोगसँगै सामाजिक दूरी कायम गरेर कक्षा संचालन गर्ने सम्भावनाबारे विकल्प दिनु पर्नेछ । त्यस्ता विद्यार्थीहरुका लागि घुम्ती कक्षा संचालनको सम्भावनाबारे  खुलाउन पनि शिक्षा शाखाले पत्रमा भनेको छ । 
बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका, २०७७ अनुसार शिक्षा शाखाले सामुदायिक विद्यालयहरुलाई पत्राचार गरेको हो । 


 


world-link-1690434568.jpg
आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...