jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

सामुदायिक वनहरु आयआर्जन र उत्पादनसंग जोडिनुपर्छ ः सांसद पाठक

319904854_316394771725053-1671888321.jpg

 हेटौंडा, ९ पुष वाग्मती प्रदेश सांसद एबम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष भारती पाठकले उपभोक्ताहरुले जोगाएको र हुर्काएको सामुदायिक वनहरु अब उपभोक्तको लागि आयआर्जन र उत्पादनसंग जोडिनुपर्ने बताउनुभएको छ । हेटौंडा स्थित चुच्चेखोला सामुदायिक वन उपभोक्ता समुहको ३३ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालमा रहेको सामुदायिक वन उपभोक्ता समुहहरुमा दलित, जनजाती, पिछडिएका बर्गहरुको सहभागिता रहेकोले समृद्धीको लागि हरित उद्यमहरुसंग उपभोक्तालाई जोड्नुपर्ने सांसद पाठकको भनाई रहेको छ । महिलाहरुको आर्थिक विकास, नेतृत्व विकास र उद्यमविकासको अबधारणा अनुरुप समुहहरुले कार्य गर्नुपर्ने उहाँले बताउनुभयो । वनमा खेर जाने पात, निगालो, बाँस र ढलापडा काठहरुबाट उद्यम गर्न सकिने सांसद पाठकले जनाउनुभयो । यसको साथै वनमा लेमनग्रास, मसला, तेजपत्ता जस्ता बिरुवा रोपेर उक्त बिरुवाहरुको पातबाट तेल निकालेर पनि आयआर्जन गर्न सकिने र केही समुहहरुले गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । अबको यात्रा भनेको समृद्धीको यात्रा रहेकोले सबैभन्दा सरल तरिकाले समृद्ध बन्नको लागि समुहहरुको नेतृत्वले ध्यान दिन उहाँले सुझाउनुभयो । यसको साथै सामुदायिक वन समुहहरुमाथी बाहिरी हस्तक्षेप बढेको भन्दै यस्ता हस्तक्षपहरुको कारण सामुदायिक वनले ब्यबस्था परिबर्तनको सुन्दर पक्ष संघियताको महसुस गर्न नपाएको उहाँको भनाई रहेको छ । सामुदायिक वनमा तेहेरो कर लगाइएको भन्दै उक्त निर्णय खारेज गर्नुपर्ने र एकोहोरो कर प्रक्रिया अगाडिबढाउनुपर्ने सांसद पाठकको भनाई रहेको छ । समुहका अध्यक्ष अर्जुन दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समुहका पुर्ब अध्यक्षहरु, जनप्रतिनीधिहरु लगाएतको आतिथ्यता रहेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...