Friday, 03 May, 2024
समाचार

सामाजिक सेवामा लायन्सको भूमिका महत्त्वपूर्ण : मन्त्री मोक्तान 

1707490546900-1707490634.jpg

हेटौंडा, २६ माघ/ सामाजिक सेवामा लायन्स क्लबहरुको भूमिका महत्त्वपूर्ण भएको बागमति प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले बताउनुभयो ।


लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल र हिमालयण कट्रयाक प्रोजेक्टको संयुक्त आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा २०८० माघ २० गतेदेखि सुरु भएको निशुल्क आँखा परीक्षण सिविर र निशुल्क मोतियाबिन्दुको शल्यक्रिया कार्यक्रमको समापन गर्दै मन्त्री मोक्तानले बिभिन्न स्थानमा सिबिर संचालन गरि मोतियाबिन्दुको बिरामी पहिचान गरि आँखा देख्ने बनाउने लायन्स क्लबको कार्यको प्रशंशा गर्नुभयो ।


मोक्तानले शल्यक्रिया भएर आँखा देख्ने भएका सबै बिरामीहरुको स्वास्थ्यलाभको कामना समेत गर्नुभयो ।


मकवानपुर जिल्ला राईगाउँका ७५ बर्षिय दलबहादुर बिकले मोतियाबिन्दुको शल्यक्रिया पश्चात् नयाँ जीवन पाए जस्तै भएको बताउनुभयो । उहाँले आँखा परिक्षण सिविर संचालन गर्ने संस्था र आँखा अस्पताललाई धन्यवाद दिनुभयो ।


यही माघ २० गतेदेखि ४ दिन बिभिन्न स्थानमा १ हजार ६ सय १७ जनाको आँखा परिक्षण गरी २ सय ५० जना मोतियाबिन्दुको बिरामीहरुको २४ र २५ गते शल्यक्रिया गरि शुक्रबार सबैलाई डिस्चार्ज गरिएको लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ का एरिया चिप जेपी यादबले बताउनुभयो ।


बिरामी डिस्चर्जसंगै समापन कार्यक्रममा ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ प्रथम भाईस डिस्ट्रिक्ट गभर्नर टासी तुम्बाहाम्फे, हेटौडा सामुदायिक आँखा अस्पतालका प्रशासकीय प्रमुख सुशिर श्रेष्ठ, लायन्स क्लबका पूर्व गभर्नर शम्भु नकर्मी, लायन्स क्लब अफ हेटौंडाका अध्यक्ष हरिबंश भेटवाल लगायतको आतिथ्यता रहेको थियो ।


मोतियाबिन्दुका बिरामीहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालका डाक्टरहरु सुनिल थकाली, मोहिनि श्रेष्ठ, एलिना चौहान, सुशिल कुमार सिंहले शल्यक्रिया गरेका थिए ।


समापन कार्यक्रममा आँखा परिक्षण सिविर र मोतियाबिन्दुको शल्यक्रिया कार्यमा सहयोग गर्ने संघ, संस्था र ब्यक्तिहरुलाई सम्मान गरि धन्यवाद ज्ञापन गरिएको लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपालका एओजी गौतम केसीले बताउनुभयो ।


world-link-1690434568.jpg
स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...