jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

सामाजिक सेवामा लायन्सको भूमिका महत्त्वपूर्ण : मन्त्री मोक्तान 

1707490546900-1707490634.jpg

हेटौंडा, २६ माघ/ सामाजिक सेवामा लायन्स क्लबहरुको भूमिका महत्त्वपूर्ण भएको बागमति प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले बताउनुभयो ।


लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल र हिमालयण कट्रयाक प्रोजेक्टको संयुक्त आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा २०८० माघ २० गतेदेखि सुरु भएको निशुल्क आँखा परीक्षण सिविर र निशुल्क मोतियाबिन्दुको शल्यक्रिया कार्यक्रमको समापन गर्दै मन्त्री मोक्तानले बिभिन्न स्थानमा सिबिर संचालन गरि मोतियाबिन्दुको बिरामी पहिचान गरि आँखा देख्ने बनाउने लायन्स क्लबको कार्यको प्रशंशा गर्नुभयो ।


मोक्तानले शल्यक्रिया भएर आँखा देख्ने भएका सबै बिरामीहरुको स्वास्थ्यलाभको कामना समेत गर्नुभयो ।


मकवानपुर जिल्ला राईगाउँका ७५ बर्षिय दलबहादुर बिकले मोतियाबिन्दुको शल्यक्रिया पश्चात् नयाँ जीवन पाए जस्तै भएको बताउनुभयो । उहाँले आँखा परिक्षण सिविर संचालन गर्ने संस्था र आँखा अस्पताललाई धन्यवाद दिनुभयो ।


यही माघ २० गतेदेखि ४ दिन बिभिन्न स्थानमा १ हजार ६ सय १७ जनाको आँखा परिक्षण गरी २ सय ५० जना मोतियाबिन्दुको बिरामीहरुको २४ र २५ गते शल्यक्रिया गरि शुक्रबार सबैलाई डिस्चार्ज गरिएको लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ का एरिया चिप जेपी यादबले बताउनुभयो ।


बिरामी डिस्चर्जसंगै समापन कार्यक्रममा ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ प्रथम भाईस डिस्ट्रिक्ट गभर्नर टासी तुम्बाहाम्फे, हेटौडा सामुदायिक आँखा अस्पतालका प्रशासकीय प्रमुख सुशिर श्रेष्ठ, लायन्स क्लबका पूर्व गभर्नर शम्भु नकर्मी, लायन्स क्लब अफ हेटौंडाका अध्यक्ष हरिबंश भेटवाल लगायतको आतिथ्यता रहेको थियो ।


मोतियाबिन्दुका बिरामीहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालका डाक्टरहरु सुनिल थकाली, मोहिनि श्रेष्ठ, एलिना चौहान, सुशिल कुमार सिंहले शल्यक्रिया गरेका थिए ।


समापन कार्यक्रममा आँखा परिक्षण सिविर र मोतियाबिन्दुको शल्यक्रिया कार्यमा सहयोग गर्ने संघ, संस्था र ब्यक्तिहरुलाई सम्मान गरि धन्यवाद ज्ञापन गरिएको लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपालका एओजी गौतम केसीले बताउनुभयो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...