jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

सामाजिक सञ्जाल सूचीकृत हुनुपर्ने

social-1699582880.jpg

 नेपालमा सञ्चालमा रहेका सबै सामाजिक सञ्जाल कम्पनीहरू सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको सामाजिक सञ्जाल व्यवस्थापन एकाइमा अनिर्वाय रूपमा सूचीकृत हुनपर्ने भएको छ ।  नेपालमा मुख्य रूपमा फेसबुक, एक्स, युट्युब, टिकटक, इन्स्टाग्राम, लिङ्कडी, स्न्यापच्याटलगायतका सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । सबै सामाजिक सञ्जाललाई सूचीकृत हुन तीन महिनाको अवधि दिइएको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले मन्त्रीपरिषद् विधेयक समितिबाट पेस भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गरेको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दिनुभयो । यसँगै सामाजिक सञ्जाल अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने भएको हो । 

उक्त मन्त्रालयका सहसचिव नेत्र सुवेदीले सामाजिक सञ्जालमार्फत समाजमा अराजकता बढेको गुनासा बढेकाले निर्देशिकामा प्रमुख रूपमा स्वनियमनको प्रावधान राखिएको जानकारी दिनुभयो । 

“निर्देशिकाले नियमन र सजाय गर्न सक्दैन । निर्देशिकाले सामाजिक सञ्जालको प्रयोग गर्दा के कुरामा ध्यान दिने वा के गर्न पाइँदैन भन्ने कुरा बोलेको छ,” उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल प्रयोगकर्ता, सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकको के काम र कर्तव्य हुन्छ भन्ने कुरा हामीले त्यहाँ उल्लेख गरेका छौँ ।” 

उहाँले सञ्चार मन्त्रालयमा एउटा सामाजिक सञ्जाल व्यवस्थापन निकाय रहने र सामाजिक सञ्जालसँग सम्बन्धित सञ्चार मन्त्रालयका निकायहरूमा एउटा सम्पर्क व्यक्ति रहने बताउनुभयो । “यो एकाइले सामाजिक सञ्जाललाई सूचीकरण गर्नुका साथै समाजमा जागरण, शिक्षा, सचेतनालगायतका विषयलाई पनि जोड दिन्छ ।”

एकाइमा ती कम्पनीले अनलाइन विवरण बुझाएर सूचीकरणको प्रमाणपत्र पाउने जानकारी दिनुभयो । कम्पनी सूचीकरण गर्न अहिले कुनै शुल्क नलाग्ने भन्दै उहाँले ती कम्पनीलाई नेपाल सरकारले आबद्ध, सम्पर्कमा राख्न खोजेको उल्लेख गर्नुभयो । “ठुला सामाजिक सञ्जालले प्वाइन्ट अफ कन्ट्याक्ट नेपालमा खोल्नु प¥यो ।  कार्यालय खोल्नु प¥यो । सम्पर्क व्यक्ति तोक्नु प¥यो । कुनै प्लेटफर्ममार्फत कुनै घटना भयो भने उनलाई लेखेर पठाउन पाउनु प¥यो”, उहाँले भन्नुभयो । उहाँले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी कानुन ड्राफ्ट गर्न लागेको उल्लेख गर्नुभयो ।  

सञ्चारमन्त्रीका प्रेस सल्लाहकार नरेन्द्र केसीले निर्देशिकामा प्रयोगकर्ताको आचारसंहिताका रूपमा गर्न नहुने क्रियाकलाप समावेश गरिएको प्रावधानमा बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी) सिर्जना गर्न, बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी) मार्फत विषयवस्तु (कन्टेन्ट) उत्पादन गरी सेयर गर्ने  वा अरूको विषयवस्तु (कन्टेन्ट) सेयर गर्ने वा टिप्पणी (कमेन्ट) गर्न नहुने उल्लेख गरिएको जानकारी दिनुभयो । 

  

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...