Monday, 29 Apr, 2024
समाचार

सामाजिक सञ्जाल सूचीकृत हुनुपर्ने

social-1699582880.jpg

 नेपालमा सञ्चालमा रहेका सबै सामाजिक सञ्जाल कम्पनीहरू सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको सामाजिक सञ्जाल व्यवस्थापन एकाइमा अनिर्वाय रूपमा सूचीकृत हुनपर्ने भएको छ ।  नेपालमा मुख्य रूपमा फेसबुक, एक्स, युट्युब, टिकटक, इन्स्टाग्राम, लिङ्कडी, स्न्यापच्याटलगायतका सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । सबै सामाजिक सञ्जाललाई सूचीकृत हुन तीन महिनाको अवधि दिइएको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले मन्त्रीपरिषद् विधेयक समितिबाट पेस भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गरेको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दिनुभयो । यसँगै सामाजिक सञ्जाल अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने भएको हो । 

उक्त मन्त्रालयका सहसचिव नेत्र सुवेदीले सामाजिक सञ्जालमार्फत समाजमा अराजकता बढेको गुनासा बढेकाले निर्देशिकामा प्रमुख रूपमा स्वनियमनको प्रावधान राखिएको जानकारी दिनुभयो । 

“निर्देशिकाले नियमन र सजाय गर्न सक्दैन । निर्देशिकाले सामाजिक सञ्जालको प्रयोग गर्दा के कुरामा ध्यान दिने वा के गर्न पाइँदैन भन्ने कुरा बोलेको छ,” उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल प्रयोगकर्ता, सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकको के काम र कर्तव्य हुन्छ भन्ने कुरा हामीले त्यहाँ उल्लेख गरेका छौँ ।” 

उहाँले सञ्चार मन्त्रालयमा एउटा सामाजिक सञ्जाल व्यवस्थापन निकाय रहने र सामाजिक सञ्जालसँग सम्बन्धित सञ्चार मन्त्रालयका निकायहरूमा एउटा सम्पर्क व्यक्ति रहने बताउनुभयो । “यो एकाइले सामाजिक सञ्जाललाई सूचीकरण गर्नुका साथै समाजमा जागरण, शिक्षा, सचेतनालगायतका विषयलाई पनि जोड दिन्छ ।”

एकाइमा ती कम्पनीले अनलाइन विवरण बुझाएर सूचीकरणको प्रमाणपत्र पाउने जानकारी दिनुभयो । कम्पनी सूचीकरण गर्न अहिले कुनै शुल्क नलाग्ने भन्दै उहाँले ती कम्पनीलाई नेपाल सरकारले आबद्ध, सम्पर्कमा राख्न खोजेको उल्लेख गर्नुभयो । “ठुला सामाजिक सञ्जालले प्वाइन्ट अफ कन्ट्याक्ट नेपालमा खोल्नु प¥यो ।  कार्यालय खोल्नु प¥यो । सम्पर्क व्यक्ति तोक्नु प¥यो । कुनै प्लेटफर्ममार्फत कुनै घटना भयो भने उनलाई लेखेर पठाउन पाउनु प¥यो”, उहाँले भन्नुभयो । उहाँले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी कानुन ड्राफ्ट गर्न लागेको उल्लेख गर्नुभयो ।  

सञ्चारमन्त्रीका प्रेस सल्लाहकार नरेन्द्र केसीले निर्देशिकामा प्रयोगकर्ताको आचारसंहिताका रूपमा गर्न नहुने क्रियाकलाप समावेश गरिएको प्रावधानमा बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी) सिर्जना गर्न, बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी) मार्फत विषयवस्तु (कन्टेन्ट) उत्पादन गरी सेयर गर्ने  वा अरूको विषयवस्तु (कन्टेन्ट) सेयर गर्ने वा टिप्पणी (कमेन्ट) गर्न नहुने उल्लेख गरिएको जानकारी दिनुभयो । 

  


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...