pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

सामाजिक विकास मन्त्री मोक्तानले सार्वजनिक गरिन् चुनावी खर्च बिवरण

FB_IMG_1682323309804-1682323323.jpg

हेटौंडा÷मकवानपुर प्रदेशसभा २(१) बाट निर्वाचित बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफ्नो निर्वाचन खर्च बिवरण सार्वजनिक गरेकी छिन् । २०७९ मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा उनले आठ लाख ४९ हजार चारसय ९९ रुपैयाँ खर्च गरेको बिवरण सार्वजनिक गरेकी हुन् ।
नेकपा माओवादी केन्द्रबाट विजयी मोक्तानले निर्वाचन आयोगमा बुझाएको बिवरणमा मुख्य शीर्षकको खर्चमध्ये सबैभन्दा धेरै खर्च चुनाव चिन्ह झण्डा निर्माण र प्रचार प्रसारमा २ लाख ५३ हजार, गाडी भाडामा एक लाख ४३ हजार, कुर्सी टेवुल, साउण्ड सिस्टममा एक लाख २७ हजार, खाजा खानामा ९८ हजार सातसय रुपैयाँ खर्च भएको छ । त्यस्तै नमुना मतपत्र छपाई पर्चामा एक लाख ८० हजार, उम्मेदवार पर्चामा २० हजार, मतदाता नामावली र स्वस्तीक चिन्हमा १६ हजार, हाते पर्चामा २० हजार रुपैयाँ खर्च भएको आयोगमा बझुाएको खर्च बिवरणमा उल्लेख छ । 
त्यस्तै मकवानपुर प्रदेशभा २(१) का स्वतन्त्र उम्मेदवार प्रमोद गोपालीले पनि खर्च बिवरण सार्वजनिक गरेका छन् । उनले निर्वाचनमा ३६ हजार तीनसय रुपैयाँ खर्च गरेको निर्वाचन आयोगमा बुझाएको बिवरणमा उल्लेख छ । मकवानपुर प्रदेशसभा २(१) का अर्का स्वतन्त्र उम्मेदवार पदम बहादुर लामाले भने निर्वाचनमा आफुले  खर्च नगरेको बिवरण सार्वजनिक गरेका छन् । उनले आयोगमा बझुाएको बिवरणमा आफुले निर्वाचनमा खर्च नगरेको भन्दै शुन्य खर्च बिवरण बुझाएका छन् । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...