janmadarta-1744810195.jpg
Tuesday, 13 May, 2025
krishi2-1744123294.jpg

विचार / अन्तरवार्ता

साउन महिनाको शास्त्रीय मान्यता र अध्यात्मिक वास्तविकता:- नवराज नेपाली

449474800_122173221896056-1721457744.jpg

साउन महिना नारिहरुको हातमा चुरा बिबाहित नारिको गलामा हरियो पोते लाउनु हिन्दु समुदायका सबै नारिको गहनाको रुपमा देख्न सकिन्छ बिबाहित महिलाले यसरी बस्त्र धारण गर्दा श्रीमान्को आयु बढ्ने तथा अबिबाहित नारीको चितायको मनोइच्छा पुराहुने धार्मिक विश्वासमा यो चलन प्रचलित छ ।

अध्यात्मिक क्षेत्रमा प्रकृति र पुरुषको ठुलो महत्त्व रहनेछ सारा शृष्टिचक्रको यो एक हिस्साको रुपमा यो दुई अंसलाई हेरिन्छ तथा मानव दुई रुप नारी र पुरुषको प्रतीक लाई प्रकृति र पुरुष मानिन्छ अत साउन महिनामा प्रकृति हरियाली र प्रफुल्ल हुने समय भएको हुदा मानव जिवनको प्रकृतिको रुप नारि समुदाय हरियो बस्त्रमा शुसज्जीत भएको पनि मानिन्छ ।

पृथ्वीको चक्रमार्गमा साउन महिनामा सूर्य दक्षिण तर्फ लाग्ने प्रक्रियालाई दक्षिणायन भनिन्छ। यस अवधिमा, सूर्य कर्कट राशिबाट मकर राशिको दिशामा जान्छ। जसरी मानव जीवनमा २४ घन्टामा आधि रात हुने र आधि दिन हुनेछ यस्तै भगवानहरुको पनि १२ महिनामा ६ महिना दिन र ६ महिना रात हुने मानिन्छ ।

सुर्य उत्तरायन(दिन) माघे संक्रान्तिबाट ६ महिना र दक्षिणायनको अवधि (रात)लगभग ६ महिना हुन्छ, जुन साउन महिनाबाट सुरु भएर माघ महिनासम्म रहन्छ। दक्षिणायनको आध्यात्मिक महत्त्वलाई निम्नअनुसार हेर्न सकिन्छ 

 आध्यात्मिक साधनाको समय: दक्षिणायनलाई आध्यात्मिक साधनाको उत्तम समय मानिन्छ। सत्य युगमा पार्वतीले महादेव पति पाउन भनिनिराहार व्रत बसि महादेव प्राप्ति भएको किमदन्ति अनुसार यस समयमा नारि समुदाय व्रत ,ध्यान, पूजा, तपस्या आदि गर्न विशेष महत्त्व दिइन्छ।

शीतलता र आरामको समय: दक्षिणायनको समयमा दिनहरू छोटो र रातहरू लामो हुने भएकाले वातावरण शीतल रहन्छ। यसले शरीर र मनलाई आराम दिने काम गर्छ।

ईश्वरको निकटता: हिन्दू धर्म अनुसार, दक्षिणायनको समयमा भगवान विष्णुको पूजा र ध्यान गर्न लाभदायक मानिन्छ। यो समय ईश्वरसँग निकटता बढाउने समयको रुपमा लिने गरिन्छ ।

पवित्र महिनाहरू: साउन महिनामा हरियो रंगको विशेष महत्त्व छ हरियो रंग बुध ग्रहको प्रतिकको रुपमा पनि लिइन्छ जसको कारण बुध प्रसन्न भई घरमा सम्पन्नता र धनधान्य बढनेे विश्वास गरी महिलाहरूले व्रत, उपवास र पूजा आदि गर्छन्। यसै महिनामा, भगवान शिवको विशेष पूजा गर्ने चलन पनि छ। जसबाट परिवारमा शुख समृद्धि आउने र जीवन प्रफुल्ल बनाउने समयको रुपमा पनि हेरिन्छ ।

पर्वहरूको सुरुवात       दक्षिणायनको समयमा धेरै महत्वपूर्ण हिन्दू पर्वहरू जस्तै रक्षाबन्धन,कृष्ण जन्माष्टमी, तीज, गणेश चतुर्थी, दुर्गा पूजा बिजय दशमी ,तिहार पर्वआदि मनाइन्छन्।

यसरी,सुर्य दक्षिणायनको समयलाई हिन्दू धर्ममा अत्यन्तै पवित्र र आध्यात्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ यसै समयमा भगवानहरुको पुजा आराधना गर्ने प्राय हिन्दु समुदायको ठुलो पर्वहरु पर्ने गर्दछन ।साउन महिना हरियो चुरा बस्त्र मेहन्दि लगाउने धार्मिक सास्कृतिक पर्वको रुपमा बिकास हुदै जादा नयाँ पुस्तामा अध्यात्मिक भाव नराख्ने र फेसनको रुपमा मात्रै हेरिनुले देखासिकिको टकराबले अध्यात्मिक पर्वको महत्त्व घटन सकछ सबै सजकता अनुरुप पर्वलाई मनाउनु जरुरत छ।

chayerog-1733658794.png

world-link-1690434568.jpg
वडा र समुदाय तह बाटै मेलमिलाप कर्ताले विवादको टुङ्गो लगाउनु:- नगर प्रमुख बिष्ट
FB_IMG_1747064924327-1747064944.jpg

स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक...

संघीयताको पक्षमा बजेट निर्माणका गर्न एफएलसीको सुझाव
1747063819375-1747063930.jpg

राजकुमार के.सी. मकवानपुर २९ बैशाख । फेडरलिज्म ए‌ण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं...

आरके मेटल ह्यान्डिक्राफ्ट्स सुरु गरे,जसबाट मासिक ८० हजार कमाउछु :-केशव सुनार
1746898366225_1-1746898525.jpg

  “व्यवसाय दर्ता गर्नु आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु...

थाहामा एग्रो,पर्यावरण पर्यटन बिकासमा जोड दिनुपर्छ:-ईन्द्र बानियाँ
FB_IMG_1746892643813-1746895331.jpg

नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा पुर्व राज्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिका एग्रो...

कालोपत्रे गर्न भन्दै तीन देखि बन्द चित्लाङ थानकोट सडक खुल्यो
FB_IMG_1746891965575-1746891985.jpg

थानकोट–चित्लाङ सडक खण्डमा सडक कालोपत्रेका लागि रोकिएको यातायात आवागमन खुल्ला भएको छ । २५ बैशाखदेखि ३ दिन सडक...

थाहाका मेलमिलाप कर्तालाई तीन दिने पुनर्ताजगी तालिम सुरु
FB_IMG_1746887880763-1746887905.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी...

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य
1746886546276-1746886654.jpg

मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले...

पालुङ बहुउद्देश्यीयको समूह प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता सम्पन्न
FB_IMG_1746798446089-1746799681.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध लघुबित्त महिला आयआर्जन समुह प्रमुख गोष्ठी तथा...

पालुङ जेसीजको क्यालेण्डर बिमोचन
1746798209537-1746798328.jpg

थाहा बैशाख २६/ पालुङ जेसीजको २०८२ सालको क्यालेण्डर बिमोचन गरिएको छ । शुक्रवार थाहा ३ मा रहेको गंगा होटलमा...