pani-1786865868.jpg
Tuesday, 18 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

साँसद खतिवडाकाे पहल, बिजुली बाल्न ६ कराेड

मकवानपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले राक्सिराङ गाउँपालिकालाई पूर्ण विद्युतीकरणको पहलकदमी लिनुभएकाे छ ।

सीमान्तकृत चेपाङ जातिको बाक्लो बसोबास रहेको राक्सिराङ गाउँपालिकालाई विद्युतयुक्त गाउँपालिका बनाउने लक्ष्यका साथ नेपाल विद्युत प्राधिकरणम सांसद खतिवडाको पहलमा चालू आर्थिक बर्षमै कार्यान्वयन हुनेगरी ६ करोड रुपियाँ बिनियोजन भएको छ ।

पूर्ण विद्युतीकरणका लागि १५ करोड लाग्ने अनुमान भएपनि अर्को बर्ष समेत बजेट हाल्ने गरी हाललाई नेपाल विद्युत प्राधिकरणले ६ करोड रुपियाँ कार्यान्वयनका लागि जिल्ला शाखमा अख्तियारी पत्र पठाएको खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश कार्यालय हुँदै नेपाल विद्युत प्राधिकरणको हेटौँडा बितरण केन्द्रमा ६ करोड रुपियाँ कार्यान्वयनको अख्तियारी पत्र पुगेको छ । ‘पूर्ण विद्युतीकरण यसै बर्ष गर्नका लागि मैले प्रयत्न गरेको थिएँ’, सांसद खतिवडाले भन्नुभयो–‘कोभिड लगायतका कारणले बजेट यथेष्ट आउन सकेन, अब अर्को बर्ष पूर्ण विद्युतीकरण हुने गरी काम गर्ने योजनामा छौँ ।’

केहीदिन अघि नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयले राक्सिराङ गाउँपालिकामा विद्युतीकरणका लागि अख्तियारी पत्र पठाएको आवश्यक प्रक्रिया अघि बढेको नेपाल विद्युत प्राधिकरण हेटौँडा बितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले बताउनुभयो । ‘अब लागत इस्टिमेट बनाएर ठेक्का प्रक्रियाय सुरु गरिहाल्छौँ’, प्रमुख ठाकुरले भन्नुभयो ।

राक्सिराङ गाउँपालिकाको पूर्ण विद्युतीकरणका लागि १५ करोड रुपियाँ लाग्ने लागतसहित यसअघि सांसद खतिवडाले गाउँपालिकाको माग निवेदन, प्राधिकरणको हेटौँडा बितरण केन्द्र र प्रदेश कार्यालयको सिफारिससहित नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा पहल गर्नु भएको थियो ।

प्राधिकरणमा पेस भएको मागमा राक्सिराङका बिजुली नपुगेका ४ वटा वडामा पूर्ण विद्युतीकरण र अन्य वडामा काठको पोल बिस्थापन र आंशिक बिजुली बिस्तारको लागत इष्टिमेट बनाइएको थियो । प्रस्तावमा वडा नं ४, ६, ७ र ९ मा ११ केभी विद्युत जडान गर्ने र बिस्तार गर्ने कार्य उल्लेख छ ।

यसका लागि १५ वटा ट्रान्सफर्मर लाग्ने अनुमान गरेको प्राधिकरणले ९ मिटरका ३ हजार ५ सय र ८ मिटरका ५ हजार विद्युत पोल लाग्ने उल्लेख रहेको थियो । तर १५ करोड प्राप्त नभएकाले अब ६ करोडको छुट्टै इस्टिमेट बनाएर ठेक्का प्रक्रिया अघि बढ्ने प्राधिकरण हेटौँडा बितरण केन्द्रले जनाएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...