pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

सहकारी दिवसको अवसरमा ३६ जनाको रक्तदान

CamScanner-०४-०१-1680349803.jpg

हेटौंडा,१८ चैत्र/६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति २०७९को आयोजनामा भएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रममा ३ महिला सहित ३३ जना पुरुषले रक्तदान गरेका हुन् । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथासहकारी दिवस मूल समारोह समितिका संयोजक तथा बागमति प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

रक्तदान कार्यक्रमलाई बागमति प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले सहयोग गरेको थियो भने जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा र नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाको सहकार्यमा भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान संचालक बद्रीप्रसाद लम्साल, बागमति प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका अधिकृत रोहित पोखरेल, प्रदेश सहकारी बोर्डका प्रमुख पुरुषोत्तम मिश्र, हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, कृषि सहकारी संघ बागमती प्रदेश उपाध्यक्ष बिमला कार्की, मकवानपुर बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्र प्रसाद ढुङ्गाना, कोषाध्यक्ष विष्णुमाया लामा,  नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिबहरी दाहाल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका सहायक अधिकृत विनिता बिष्ट, नेप्स्कुन फिल्ड कार्यालय हेटौंडाको प्रमुख ज्योति महत लगायतको आतिथ्यता रहेको थियो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका रक्तसञ्चार केन्द्रका प्राबिधिकहरुले प्राबिधिक सहयोग गर्नुभएको थियो ।

यो बर्ष "सहकारीको दिगोपन : स्वनियमन र सुशासन" भन्ने नाराका साथ मनाईने सहकारी दिवसको अवसरमा भोली मानवसेवा आश्रम हेटौंडामा फलफूल तथा खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको कार्यालय सचिब गोबिन्द दाहालले बताउनुभयो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...