Social-Media-Main-Post1-1759035170.jpg
Sunday, 09 Nov, 2025
nagar-shubha-1759206951.jpg

समाचार

सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो

1745069253635_1-1745069369.jpg

६ बैशाख, हेटौंडा। 
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान २०८२ प्रभावित भएको बताएका छन्। 

आज हेटौंडा औधोगिक क्षेत्रमा आयोजित अखिल नेपाल औधोगिक मजदुर संघको नवौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्नेक्रममा शिक्षकहरुको आन्दोलनले भर्ना अभियान प्रभावित भएकोबारे चर्चा गर्दै नेता गौतमले भने, “ शिक्षकहरुले शिक्षा ऐन माग्नुभएको छ। जुन सरकार स्वयम्को दायित्व हो । यसलाई समयमै सम्बोधन गर्ने दायित्वबाट सरकार चुकिरहेको छ । १७ औं दिनमा आईपुग्दा बल्ल प्रधानमन्त्रीको घैंटोमा घाम लागेर भेटेको जस्तो देखियो। सरकारको यो स्तरको नालायकीपनले भर्ना अभियान प्रभावित भयो।” 
हज्जारौं शिक्षकहरु दिनहॅु सडकमा आईरहनु भएको सन्दर्भलाई संसदको विशेष अधिवेशन डाकेर शिक्षा ऐन पारित गर्ने अवसरको रुपमा उपयोग गर्नुपर्ने नेता गौतमको तर्क छ। 

सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष बेनि तिमल्सिनाले सरकारले श्रम ऐन संशोधन गर्न तत्परता नदेखाए मजदुरहरुले संघर्षको अॅाधीबेहरी ल्याउने चेतावनी दिए। त्यसैगरी संघका केन्द्रीय उपाध्यक्ष होम बहादुर खड्का, माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य सर्केश घलान, जिल्ला सचिव बीरबहादुर घलान, पार्टीका प्रदेश सदस्य बिबेक राई, संघका पूर्व अध्यक्ष बिष्णु राना, ज्ञानेन्द्र लामिछाने लगायतले औधोगिक मजदुरका चुनौती र कार्यभारको चर्चा गरेका थिए। 

सम्मेलनले शंकर विडारीको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरेको छ। 
समितिको उपाध्यक्षमा जयराम धिताल, गोमा न्यौपाने, धर्मदत्त कुईंकेल, सचिवमा कृष्ण भण्डारी, सह- सचिवमा रोहित गिरी, कोषाध्यक्षमा  शिवराज सन्जेल, सदस्यहरुः- लक्ष्मण छत्कुली, बिष्णु मुक्तान, मुकुन्द भट्टराई, हेमकान्त पौडेल, भरत कार्की, हरी पाठक, हस्तकुमारी प्रजा, राजन बर्तौला र उत्तम तिमल्सिना रहेकाछन्।

1745069256778-1745069369.jpg

world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
नेशनल प्याब्सनको दोस्रो पूर्ण बैठक नगरकाेटमा जारी
1762531818575-1762531833.jpg

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(नेशनल प्याब्सन) को दोस्रो पूर्ण बैठक शुक्रबारदेखि सुरु भएको छ...

पाथिभरा बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1762520262998-1762520380.jpg

पालुङ, मकवानपुर । पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारणसभा शुक्रबार पालुङ जेसीजको सभाहलमा...

थाहामा निःशुल्क मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न हुँदै
FB_IMG_1762514432258-1762514448.jpg

थाहा नगरपालिका, मकवानपुर — “Use Heart For Every Heart : मन लगाऔं सबैको मुटु बचाऔं” नारासहित थाहा नगरपालिका–४ मा निःशुल्क...

जनकल्याणमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
FB_IMG_1762411834964-1762414066.jpg

मकवानपुर  कार्तिक २० गते थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतना...

थाहा बसपार्क सञ्चालनमा — नगर प्रमुख विष्णु बिष्टबाट सेवाको औपचारिक शुभारम्भ
FB_IMG_1762326836879-1762326868.jpg

थाहा नगरपालिका–४ नार्खुढाँडस्थित थाहा बसपार्क आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि स्थायी...

पीआर’को ‘टाटा बाइ बाइ’ गीत रिलिज,छमछमी नाचे नीर शाह र गौरी मल्ल
FB_IMG_1762081869956-1762082058.jpg

आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ।...

'थानकोट प्रहरी भवन तोडफोड आरोपमा चित्लाङका एक युवक पक्राउ'
FB_IMG_1761979101971-1761979213.jpg

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति मकवानपुर थाहा नगरपालिका वडा नं ९ चित्लाङका ४४ वर्षीय किरण लामा रहेको...

थाहा नगरपालिका बाट पालुङ प्रहरी प्रमुख बज्राचार्यको स्वागत
InShot_20251031_190725391-1761916967.jpg

इलाका प्रहरी कार्यालय पालुङमा सरुवा भई आएकी प्रहरी निरीक्षक (इन्सपेक्टर) रुक्सा बज्राचार्यलाई थाहा नगरपालिकामा...

पालुङ प्रहरी प्रमुखमा रुक्सा बज्राचार्यको स्वागत, इन्सपेक्टर अर्यालको बिदाई
FB_IMG_1761829373795-1761830968.jpg

इलाका प्रहरी कार्यालय पालुङमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कास्कीबाट सरुवा भई प्रहरी निरीक्षक...