pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

सरकारी चिकित्सकको काम,ललितपुरमा बसेर हेटौंडाको प्रमाणपत्र जारी गरेपछि भेटेनरी विद्यार्थीहरुको बिरोध ,(बिज्ञप्ति सहित)

312262787_626589752253874-1666238772.jpg

काठमाडौं । पशुपन्छी चिकित्सक डा.रामप्रकाश प्रधान भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख छन् । सरकारले तोकेको उनको कार्यक्षेत्र ललितपुरसँगै काठमाडौं र भक्तपुर हो । कार्यक्षेत्र उपत्यका मात्र भए पनि प्रधानले हेटौंडाको फार्मलाई अनधिकृत ढंगले भेटेरिनरी प्रमाणपत्र जारी गरेको खुलेको छ । सरकारले पशु ढुवानीलाई व्यवस्थित बनाउन पशु ढुवानी मापदण्ड, २०६४ जारी गरेको छ । जारी मापदण्ड कार्यान्वयन नभएपछि ०७५ माघ २० मा सर्वोच्च अदालतले त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायतको नाममा परमादेश जारी गरेको थियो । ०७६ मंसिर ७ गते सर्वोच्चले पुनः पशु ढुवानी गर्दा क्रूर, निर्दयी तथा यातना हुन नदिन निर्देशन जारी ग¥यो । मापदण्डमा पशु चिकित्सकले जारी गरेको भेटेरिनरी प्रमाणपत्रको आधारमा मात्र पशुपन्छी ढुवानी गर्नुपर्ने प्रावधान छ । सोही मापदण्डमा भनिएको छ– पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर मात्र स्वस्थ रहे÷नरहेको प्रमाणपत्र जारी गर्नुपर्छ । भेटेरिनरी प्रमाणपत्र पशु चिकित्सकले परीक्षणका क्रममा पशु स्वस्थ भेटिएको स्थितिमा एक स्थानबाट अर्को स्थानसम्म ढुवानी गर्ने प्रयोजनका लागि जारी गर्छन् । यस्तो प्रमाणपत्र पशु चिकित्सा परिषद्मा दर्तावाल सरकारी सेवामा रहेका वा नरहेका दुवै थरी चिकित्सकले जारी गर्न पाउने प्रावधान छ । तर प्रधानले मापदण्डको मर्म र आफ्नो पेसागत धर्मविपरीत ललितपुरमा बसेर त्यहाँबाट निकै परको हेटौंडाको फार्मलाई भेटेरिनरी प्रमाणपत्र जारी गरेका छन् । प्रधानले यही असोज ३० गते जारी गरेको उक्त भेटेरिनरी प्रमाणपत्र भेटखबरलाई प्राप्त भएको छ । जसमा प्रधानले ललितपुर बसीबसी युनिसा सप्लायर्स, हेटौंडाका २२ गोरु स्वस्थ रहेको उल्लेख गर्दै ढुवानी गर्न अनुमति दिएका छन् । पशुपन्छी ढुवानी मापदण्डको दफा १७ मा सवारीसाधनमा पशु ढुवानी गर्दा छुट्याइनुपर्ने स्थानबारे उल्लेख छ । मापदण्डअनुसार, वयस्क गाईभैंसी ढुवानी गर्दा ०.८४ देखि १.१७ वर्ग मिटर ठाउँ छुट्याइएको हुनुपर्छ । तर प्रधानले आफूले जारी गरेको प्रमाणपत्रमा यो पक्षलाई समेत पूरै नजरअन्दाज गरेका छन् । उनले एउटा ट्रकमा २२ गोरु ढुवानी गर्न अनुमति दिएका छन् । प्रधानले पशु ढुवानी मापदण्ड, २०६४ र पेसागत धर्मविपरीत ढुवानी गर्न अनुमति दिएको पशुपन्छीलाई ट्रकसहित इलाका प्रहरी कार्यालय, पशुपतिनगर, हेटौंडाले नियन्त्रणमा लिएको थियो । जसलाई उसले थप कारबाहीका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, केन्द्र हेटौंडालाई बुझाएको छ । नियन्त्रणमा रहेका गोरुलाई के गर्ने भन्नेबारे अन्योल भएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, विज्ञ केन्द्र हेटौंडाको प्रमुख डा.वज्रकिशोर ठाकुर, इलाका प्रहरी कार्यालय, पशुपतिनगरका एसपी वामदेव गौतमलगायत अधिकारी मंगलबार छलफलमा बसेका छन् । कीर्ते प्रमाणपत्र जारी गरेर ढुवानी गरिएका गोरु तस्करीको भएकाले जताबाट आएको हो उतै फर्काउनुपर्ने मत विज्ञ केन्द्रका प्रमुखको छ ।  प्रधान भने व्यवसायीले बदमासी गरेको आरोप लगाएर पन्छिए । ६ वर्षसम्म विज्ञ केन्द्र हेटौंडाको प्रमुख हुँदा आफूले अनेक भेटेरिनरी प्रमाणपत्र जारी गरेको र तिनै प्रमाणपत्रलाई अहिले कीर्ते गरेर पशु चौपाया व्यवसायीले आफ्नो बदनाम गराएको उनको जिकिर छ । ‘म ६ वर्षसम्म विज्ञ केन्द्र हेटौंडामा कार्यरत रहे । त्यो समय मैले विभिन्न भेटेरिनरी प्रमाणपत्र जारी गरेको थियो । त्यसैलाई कीर्ते गरेर व्यवसायीले बदमासी गरेका छन् । यसमा मेरो कुनै संलग्नता छैन ।’ कीर्ते गर्ने व्यवसायीले कृषि सचिवकै अगाडि माफी मागेको उल्लेख गर्दै उनले आफूलाई निर्दोष रहेको दलीलसमेत पेस गर्न खोजे । ललितपुरमा कार्यरत डा. प्रधानका नाममा हेटौंडाबाट भेटेरिनरी प्रमाणपत्र जारी गरेको सार्वजनिकपछि पशु चिकित्सा परिषद्ले उपस्थित हुन मौखिक निर्देशन दिएको छ । प्रधानले पनि आफूलाई परिषदबाट सोधपुछ गर्न बोलावट भएको भेटखबरसँग स्वीकार गरे ।  स्रोतका अनुसार, पशु चिकित्सकहरूले आफ्नो नामका भेटेरिनरी प्रमाणपत्र पशु चौपाया व्यवसायीलाई बिक्री गर्ने गरेका छन् । प्रधानको हकमा पनि यस्तै प्रश्न खडा भएको छ । भेटखबरको सम्पर्कमा आएका प्रधान स्वयंले घुमाउरो भाषामा भेटेरिनरी प्रमाणपत्र दूरदराजमा पुगेर जारी गर्न सकिने स्थिति नरहेकाले पहिले नै दिनुपर्ने बाध्यता रहेको खुलाए । भेट प्रतिनिधिले तपाईंले पनि हेटौंडामा त्यसैगरी प्रमाणपत्र दिनुभएको थियो ? भनेर प्रतिप्रश्न गरेको थियो । तर प्रधानले त्यसलाई भने इन्कार गरे । प्रमाणपत्र जारी एउटाको, सही अर्कैको चितवनबाट जारी प्रमाणपत्र पाण्डेको कि खनालको ? भेटेरिनरी प्रमाणपत्रको दुरूपयोग श्रृंखला यतिमै सीमित छैन । कतिपय प्रमाणपत्र त यस्ता पनि भेटिएका छन्, जसमा जारी गर्ने चिकित्सकको नाम एउटा र हस्ताक्षर गर्ने चिकित्सकको नाम अर्कै छ । गत असोज २९ गते जारी भएको यस्तै भेटेरिनरी प्रमाणपत्र भेटखबरलाई प्राप्त भएको छ । चितवनबाट जारी भएको उक्त प्रमाणपत्रमा पशु परीक्षण गर्ने पशु चिकित्सकको नाम डा. निमेश खनाल छ । तर हस्ताक्षर भने डा. सक्षम पाण्डेले गरेका छन् । जानकारहरूका अनुसार चिकित्सकले पहिल्यै हस्ताक्षर गरेर छाडेकाले यस्तो भएको हुनसक्ने बताउँछन् । ‘चिकित्सकले ठेली नै सही गरेर दिएको र किसानले चिकित्सकको नाममा लेखेर त्यसमार्फत ढुवानी गरेको हुनसक्छ,’ एक भेटेरिनरी चिकित्सकले भेटखबरसँग भने । भेटेरिनरी प्रमाणपत्र जारीका क्रममा भएको यो लापरबाहीबारे बुझ्न हामीले डा. निमेश खनालसँग सम्पर्कको प्रयास गरेका थियौं । तर स्थापित हुन सकेन । कैफियतमा थपेर ढुवानी कतिपय चिकित्सकले कुल संख्यामा कम देखाएर कैफियतमा चढाइ प्रमाणपत्र जारी गर्ने गरेका छन् । एउटै सवारी साधनमा ढुवानी गर्ने व्यवसायीको मक्सद पूरा गर्न पशु चिकित्सक डा. प्रभात न्यौपानेले ढुवानी मापदण्डविपरीत एउटै ट्रकमा २४ वटासम्म ढुवानी प्रमाणपत्र जारी गरेका छन् । खैरहनी चितवनबाट जारी भएको उक्त प्रमाणपत्रमा पाण्डेले गाईको कुल संख्या १३ उल्लेख गरेका छन् । तर कैफियतमा भने बदनियतपूर्वक ९ बाच्छा र २ बाच्छी थपेका छन् । तस्करीसँग पशुपन्छी चिकित्सकको साझेदारी मकवानपुरको हेटौंडालाई ट्रान्जिट बनाएर दोस्रो मुलुकमा लामो समयदेखि गाईगोरु तस्करी भइरहेको सरोकारवालाले बताउने दाबी गर्दै आएका छन् । विज्ञ केन्द्र हेटौंडाका प्रमुख ठाकुर स्वयं पनि गाईगोरु तस्करी भइरहेको बताउँछन् । ठाकुरले यही कारण मापदण्डविपरीत ढुवानी गरेर नियन्त्रणमा लिइएका गाईगोरु फिर्ता पठाउनुपर्ने अडान लिँदै आइरहेका छन् । यसरी गाईगोरु तस्करी हुँदा पशु चिकित्सकले त्यसलाई रोक्नेतिर चासो दिनुपर्ने हो । तर पशुपन्छी चिकित्सकहरू नै तस्करका सहयोगी बनिरहेका छन् ।पशुपन्छी चिकित्सकको भेटेरिनरी प्रमाणपत्र जारी गर्ने प्रवृत्तिले पनि यही पुष्टि गर्छ । कतिपय स्थितिमा प्रहरीले पनि तस्करलाई सहयोग गर्ने गरेको पाइएको छ । केही समयअघि विज्ञ केन्द्र हेटौंडाले तस्करीको आशंकामा फिर्ता पठाउन लागेको एक ट्रक गाईगोरु प्रहरीले रातारात केन्द्रलाई जानकारी नै नदिई छाडिदिएको थियो । पशुपन्छी चिकित्सकको यही रवैयाका कारण पछिल्लो समय पशुपन्छीको अवैध ढुवानी बढेको छ । पछिल्लो दुई दिनमा मात्र इलाका प्रहरी कार्यालय, पशुपतिनगरले मापदण्डविपरीत कीर्ते कागजात बनाएर ल्याइएका ३२ गाईगोरु नियन्त्रणमा लिएर विज्ञ केन्द्र हेटौंडालाई बुझाएको छ । हुँदैन कारबाही दर्तावाल पशुचिकित्सकबाट भेटेरिनरी प्रमाणपत्र जारीका नाममा बदमासी भएका घटना वर्षौंदेखि सार्वजनिक हुँदै आएका छन् । केही महिनाअघि मात्रै भेटखबर र भेट टाइम्स म्यागनिजले यस्तै खबर प्रकाशित गरेको थियो । पशु चिकित्सकका एकपछि अर्को बदमासी सार्वजनिक भए पनि नियामककारी निकाय पशु चिकित्सा परिषद् भने कानमा तेल हालेर बसेको छ । तस्विर सौजन्य अविनाश ठाकुर 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...