himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

समृद्ध थाहानगर निर्माणमा सकारात्मक,निर्णायक र नेत्तृत्वदायक भूमिका हुने छ
:- विष्णु प्रसाद ढकाल

२०२६ सालमा जन्मनु भएका विष्णुप्रसाद ढकाल थाहा न.पा. वडा नं. २ अंगारे र  हेटौडा उप.मा.न.पा.बराबर बस्दै आउनु भएको छ । २०४३ सालमा अनेरास्वियुको विद्यार्थी नेताहरु संग प्रभावित भएर राजनितीम हुमिनु भएका ढकाल मकवानपुर जिल्ला कमिटि सचिवालय सदस्य मकवानपुर प्रतिनिधिी सभा–२ प्रदेश सभा (क) को पार्टिको संयोजक तथा थाहा न.पा पार्टिको संयोजकमा  भई काम गरि सक्नु भएको छ । शान्त र सालिन स्वभावका ढकाल मिलनसार नेताका रुपमा चिनिनु भएको छ । राजनितिक नेत्तृत्व क्षमतामा अव्बलता सावित गरि कुशल नेत्तृत्व प्रदान गर्न सफल ढकालसँग थाहापाटी र जनमुखी साप्ताहिक सँग गर्नु भएको कुराकानी । 
    अहिल दिन कसरी विताउँदै हुनु हुन्छ ?
    भरखरै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा पार्टि जिल्ला कमिटी निर्वाचन परिचालन कमिटिको सदस्य तथा यो जिल्लाको आर्थिक विभाग सदस्य, प्रतिनिधि सभा–२ प्रदेश सभा (क) को निर्वाचन परिचालन कमिटिको सहसंयोजक भएर पार्टिले तोकेको सबै निर्वाचन सम्बन्धी कार्यमा सहभागी भई निर्वाचन जिताउने कार्यमा सफल ढंगले लागियो र निर्वाचन पछि अहिले पनि राजनितिक क्षेत्रमा पार्टिले तोकेको अहिले भुगोलको काम आफ्नो काठमाण्डौं, हेटौडा, पालुङ आफ्नो परिवारीक भेटघाट र चुनावी थकाइको आरम गर्दै छु ।

     नगरपालिका निर्वाचन पछि त थाहा नगरपालिकाको बसाई पातालो पार्नु भएको छ नि भन्ने गुनासो छ नि ?
     थाहा नगरपालिका निर्वाचन पछि थाहा नगरपालिका बसाई पातलो छ भन्ने तपाईको प्रश्न सँग म यो कुरा राख्न चाहान्छु कि म थाहानगरको मात्र पार्टिको संयोजक नभएर पार्टि जिल्ला कमिटी जिल्ला सचिवालय सदस्य प्रतिनिधी सभा २ प्रदेश सभा (क) को पार्टीको संयोजकको हिसाबले मेरो राजनितिक कार्य क्षेत्र हेटौडा उप.न.पा को १ र ११ नम्बर वडा गढी गाउँपालिकाको ४ वटा वडा भिमफेदी गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका आफ्नो कार्य क्षेत्र भएको हुँदा ति सबै ठाउँहरुमा पार्टिको मिटिङ, भेलामा समेत जानु पार्ने भएको हुदाँ तपाईले थाहा नगरमा पातलो उपस्थिति रह्यो भन्ने कुरा हुन सक्छ । तर म आफ्नो जन्मेको ठाउँ यहि नगर भएकोले अन्त भन्दा यहि थाहा नगरलाई राजनितिको बढी समय विकास निर्माणको समय दिन चाहान्छु र पातलो उपस्थिति भन्ने कुरा आम जन समुदायमा रहन दिने छैन ।

     लामो समय उत्तरी मकवानपुरको प्रतिनिधित्व गर्दै राजनितिमा सक्रिय हुनु भयो । अब सक्रियतामा कम गर्न लाग्नु भएको त होइन ?
    तपाईले सोधेको प्रश्न सँग म सहमत छैन । म सक्रिय रुपमा राजनितिमा लागि रहेको छु । किन भन्दा पार्टिले मलाई भूगोलको जिम्मेवारी बढाउँदै लगेको छ र हिजो हामीहरु जुन उद्देश्य पुरा गर्नेको लागि राजनितिमा प्रवेश गरेका थियौं । त्यो आज एउटा सफलतामा पुग्दै छ । मुलुकमा स्थिर सरकार बन्दैछ । देश समाजबाद तर्पm उन्मुख हुदैछ । मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी हाम्रो काँधमा आईरहेको छ  । साथै यो थाहा नगरलाई पनि एउटा समृद्ध नगर जुन मैले स्थानिय निर्वाचनमा पनि भनेको थिएँ । कृषि र पर्यटनको नगर यो पुरा गर्नलाई पनि अझ राजनितिमा सक्रिय हुन जरुरी छ । त्यसो भएको हुनाले म निस्क्रिय होईन अझ सक्रिय भएर अगाडी बढ्ने कुरा तपाईको पत्रिका मार्पmत आम जनसमुदायलाई भन्न चाहन्छु ।

    केन्द्र्रमा भएको बाम एकताको प्रभाव थाहा नगरमा कसरी अगाडि बढ्दैछ ?
     ६० वर्ष देखि नेपाली जनताले कम्युनिष्टहरु एक भएर एउटै पार्टि बनाएको हेर्न चाहन्थे । त्यो कम्यनिष्ट पार्टिले देश र जनताको आर्थिक समृद्धि पुरा गर्दै मुल्ुकलाई समाजवाद हुदै साम्यवाद सम्म पु¥याउँछन् । भन्ने जनताको चाहना यो वाम एकताबाट आशा गर्न सकिन्छ । केन्द्रमा यो खालको एउटा परिवेशलाई थाहा  नगरमा रहेका दुवै पार्टि ने.क.पा एमाले र ने.क.पा. माओवादी –केन्द्र) का नेता कायकर्ताले आत्मासाथ गरेका छन् । यो कुरालाई थाहा नगरमा रहेका दुवै पार्टिका नगरकमिटी देखी वडा कमिटी तह सम्म हामीले प्रष्ट पारिरहेका छौ । निति, विचार, सिद्धान्तको हिसावले अलग–अलग पार्टी अब हुन जरुरी छैन । दुवै पार्टिको साझा मुद्दा बनिसकेको अवस्थामा आम कार्यकर्ता पंक्तीमा यो कुरा हामी लगिरहेको छौं । कमिटिगत हिसावले आज म कुन कमिटिमा छु भोली त्यो कमिटिमा हुन्छु कि हुन्न भन्ने कुराले केही साथी भाईलाई घरगरेको हुन सक्छ । त्यो भन्दा ठुलो कुरा दुई पार्टीको एकता समृद्ध नेपाल देख्ने हाम्रो चाहना हो । यही कुरा राख्दै थाहा नगरका आम कार्यकर्ता जनताको बिचमा हामी गईरहेका छौं ।

    तपाईसँग लामो समय स्थानिय निकाय चलाएको अनुभव छ समुन्नत थाहा नगर बनाउ के गर्न सकिन्छ जस्तो लाग्छ ?
    म २०५४ सालको स्थानिय निर्वाचनमा पालुङ गाविसको उपाध्यक्ष भएर ५ वर्ष पालुङ गाविसको विकास निर्माण र जनताको समस्या समाधान गर्नका लागि कार्यरत रही त्यस विचमा लगातार विभिन्न संघ संस्था हालसम्म आईपुग्दा पार्टिको गाउँ कमिटि देखि जिल्ला कमिटि सचिवालय सदस्य हुदा सम्म विकास निर्माण गरको अनुभव संघसंस्था चलाउँदा गरेको अनुभव पार्टि कमिटी चलाउँदा गरेको अनुभवको आधारमा थाहा नगरलाई समुन्नत नगर बनाउनको निम्ति कृषि र पर्यटनको विकास गर्न जरुरी छ र अहिले थाहा नगरमा निर्वाचित जन प्रतिनिधीहरु बाम गठबन्धनकै सबै जसो भएको हुदाँ जनताले बास्ताविक कम्यूनिष्ट पार्टिले चलाएको नगर भन्ने महसुस हुने गरी हामी अगाडि बढ्नु पर्छ त्यसका लागि थाहा नगर भित्रको स्वास्थ्य सेवा, गरिव जनताको पहुच सम्म पु¥याउनु पर्छ । गरिबको छोरा, छोरीले पनि उच्च शिक्षासम्म निशुल्क त्यही पढ्न पाउनु पर्छ । भौगोलिक हिसाबले अलि बिकटता रहेको साविकका गाविसहरु आग्रा गाविस, टिष्टुङ गाविसहरुलाई विकास गरी अरु ४ वटा साविक सरह अगाडि बढाउदै नगरका १२ वटै वडामा खेलमैदान सामुदायीक भवन, स्वास्थ्य चौकीहरु, माध्यमिक विद्यालयहरु पु¥याउनु पर्छ । काठमाण्डौं महानगरसँग जोड्नका निमित्त थानकोट चन्नदागिरी, चित्लाङ्ग बाटोलाई छिट्टो सम्पन्न गर्नका निमित्त केन्द्र सरकारसँग पहल गर्नपर्छ । यति मात्र होइन थाहा नगरको पर्यटन विकास गर्नका निमित्त दामन, सिम भञ्ज्याङ, मनकामना, चन्द्रागिरी, कोटथुम्की, डाँडा बास, टिस्टुङका डाँडाहरु पर्यटकीय हिसाबले महत्व राख्दछ । ति ठाउँहरुमा भ्यू टावर लगायत होटल, रिसोर्टहरु बनाउनका निमित्त स्थानिय निकाय आपैmले वा निजी क्षेत्र प्रदेश सरकार केन्द्रीय सरकार सँग मिलेर ति कामहरु गर्नु पर्छ । त्यसै गरी उन्नत जातका बिउँ बिजन पशु चौपाया, आयात गरी कृषिको  पकेट क्षेत्र भएको हुनाले कृषकहरुलाई अनुदान दिदै सित भण्डारहरुको निर्माण गर्दै अगाडी बढ्नु पर्छ । त्यसैगरी कृषकहरुलाई आफुले उत्पादन गरेको वस्तुको उचित पाउनका निमित्त स्थानिय निकायले स्थानिय स्तरमा बजार व्यवस्थापन देशको राजधानी लगायत देशको अरु शहरहरुमा ति वस्तुहरु पु¥याउनका लागि सहयोग गरिदिनु पर्छ । त्यसै गरी नगरका १२ वटै वडामा सञ्चालित रहेका कच्चि सडकहरुलाई व्यवस्थित कालोपत्रे गर्दै अरु थप सडक विस्तार गर्नुपर्छ । नगर भरी नै बृहत खानेपानी संचालन गर्नुपर्छ । नगरभित्र रहेका सुकुम्वासी कोही छन भने उनीहरुलाई विभिन्न निकायमा पहल गर्दै आवासको व्यवस्था मिलाउनु पर्छ । यस्ता यस्तै धेरै कुराहरु गर्न सकिन्छ ।

     नगरपालिकामा तपाई पराजित हुनुभयो । त्यस पश्चात पछिल्लो राजनिती परिस्थितीले माओवादी र एमाले एक कित्तामा आयो । नगरपालिकाका गतिविधी र क्रियाकलापमा तपाईको व्यक्तिगत राजनितिक उपस्थिती कस्तो छ ?
    देशको परिस्थिति जनताको चाहना अनुसार दुवै पार्टी एउटै कित्तामा आइपुगे । हिजो म थाहा नगरको प्रमुखमा चुनावमा लडिरहदाँ माओवादी केन्द्र र नेपाली काँग्रेसको चुनावी गठबन्धनका कारणले म पराजित हुन पुगे । तर आज वाम एकता भएको छ । मुलुकमा वाम पन्थीको सरकार बन्ने भएको छ । त्यस्तै हाम्रो थाहा नगर पनि निर्वाचित स्थानिय वाम पन्थी सरकार भएको छ । यो मानेमा म धेरै खुशी छु । हिजो हारे पनि म आज जितेको छु किन भन्दा आज थाहा नगरमा वाम पन्थीको सरकार छ । अहिले म पराजित भैसके पछि निर्वाचित मेयर लगायत सबै जनप्रतिनिधिलाई ने.क.पा एमालेले स्थानीय स्तरमा जारी गरेको घोषण पत्रको आधारमा समृद्ध थाहा नगर बनाउने सुझाव दिएको थिए । तर म आज मकवानपुर जिल्लाको बाम गठबन्धनको एउटा अगुवा कार्यकर्ताको हिसावले थाहा नगरको गठबन्धनको नेताका हिसाबले अहिलेको स्थानिय सरकालाई सफल पार्नका निमित्त मेरो महत्वपूर्ण भूमिका हुनेछ । मैले अन्तवार्ताको क्रममा तपाईले अगिल्ला प्रश्नहरुले सोध्नु भयो । त्यसमा मैले बोलेका कुराहरु अगिल्ला प्रश्नहरुले सोध्नु भयो । त्यसमा मैले बोलेका कुराहरु पुरा गर्नका निमित्त यो स्थानिय सरकार सँगसँगै म आफु हुनेछु । त्यसका लागि स्थानिय सराकारले चलाउने विभिन्न गतिविधी क्रियाकलापमा राजनिती हिसावले व्यक्तिगत हिसावले मरो उपस्थिति रहने कुरा जानकारी गराउन चाहन्छु ।

     नगरपालिकाको निती कार्यक्रम गतिविधी देखी कतिको सन्तुष्ट हुनुहुन्छ की मैले जितेको भए मी कार्यक्रम छुटाउन थिए भन्ने केही छ त ?
    नगरपालिकाको निर्वाचन सम्पन्न भैसके पछि मैले निर्वाचित मेयर लगायत अरु निर्वाचित जनप्रतिनिधीलाई व्यक्तिगत तर्कबाट पार्टि गत तर्पmबाट थाहा नगरको विकास निर्माणमा कसरी अगाडि जान सकिन्छ भन्ने सुझाव दिएको थिए । जुन मैले अन्तवार्ताको क्रममा अगिल्ला प्रश्नहरुको जवाफमा धेरै कुरा भनि सकेको छु । वास्तविक जनताले कम्युष्टिले चलाएको थाहा नगरपालिका यस्तो हुदो रहेछ भन्ने महसुस हुने गरी अगाडि बढ्उनु पर्छ ।

    बाम एकताले केही कार्यकर्तामा बिचलन आएको छ भन्छन् ? त्यसको असर थाहा नगरमा कतिको परेको छ ?
    बाम एकताले थाहा नगरमा खासै त्यस्तो विचलन आएको छैन । एकआद केही कार्यकर्तामा यो एकताको कुराको बुझाइमा अस्पष्टता हुँदा समस्या देखिएको हुन सक्छ । त्यसलाई हामीले विस्तारै समाधान गदै थाहा नगरका दुवै पार्टिका कार्यकर्तालाई बाम एकताको पक्षमा एकमना एकमत गराउँछौं ।
    प्रतिनिधी सभा र प्रदेश सभामा बाम गठबन्धनको जित भएको छ । विजयी संसदहरुलाई समुन्त थाहा नगर बनाउन तपाईको सल्लाह सुझाव र भुमिका कस्तो हुन्छ ?
    सर्वप्रथम प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचना निर्वाचीत हुनु भएका कमरेडहरु विरोध खतिवडा र कुमारी मोक्तान विजयीको सफलता र सफल कार्यकालको शुभकामना भन्न चाहन्छु । दुवै पार्टिले स्थानिय निर्वाचनमा थाहा नगरपालिकालाई समृद्ध थाहा नगर प्रतिबद्धता जाहेर गरेको हुँदा त्यसमा दुवै संसदलाई स्थानिय तहबाट साथमा लिई अगाडि बढ्ने कुरा तपाईहरुको बिचमा राख्न चाहान्छु । त्यसै गरी दुवै पार्टीको संयुक्त बाम घोषण पत्रमा काठमाण्डौंको विस्तारित शहरको रुपमा इन्द्रसरोवर गाउँपालिका थाहा नगरपालिका समेत समावेश भएको हुदाँ त्यो विषयलार्इै गम्भिरता पूर्वक दुवै संसदको ध्यान आकर्षित गर्न चाहन्छु । त्यस बाहेक परि भैपरी आउने स्थानिय समस्य सामाधान रोजगारीको वातावरण सृजना गर्न वहाँहरुले प्रदेश र केन्द्रबाट सहयोग गर्नु पर्ने हुन्छ । त्यसका लागि दुवै संसदलाई हामीले साथमा लिएर अगाडि बढ्ने कुरा पनी म जानकारी गराउन चाहान्छु ।
 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg