jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

सत्तारुढ गठबन्धन मकवानपुरले बनायो निर्वाचन परिचालन तथा समन्वय समिति

312179796_266308326382815-1666105035.jpg

 सत्तारुढ गठबन्धन मकवानपुरको सोमबारको भेलाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई प्रभावकारी र परिणाममुखि बनाउन विभिन्न समितिहरु निर्माण गरेको छ । गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामाको संयोजनमा बसेको भेलाले जिल्ला निर्वाचन परिचालन तथा समन्वय समिति, अपिल प्रकाशन समिति, अनुगमन समिति, वित्तिय व्यवस्थापन समिति र प्रचार प्रसारका लागी मिडिया डेस्क निर्माण गरेको छ । भेलाले नेपाली कांग्रेसका सभापति बुद्ध लामाको संयोजकत्वमा निर्वाचन परिचालन तथा समन्व समिति निर्माण गरेको छ । समितिको सदस्यहरुमा नेपाली कांग्रेसका प्रदिप कोइराला र इन्दिरा न्यौपाने, माओवादी केन्द्रका ओम घलान र लक्ष्मी माझी, नेकपा एकीकृत समाजवादीका राजाराम स्याङतान र मधु अधिकारी तथा जनमोर्चा नेपालका निरबहादुर त्रिसाल सदस्य रहेका छन् । भेलाले नेपाली कांग्रेसका जिल्ला सचिव भिमसेन महतको संयोजकत्वमा अपिल प्रकाशन समिति निर्माण गरेको छ । समितिको सदस्यहरुमा कांग्रेसका अर्जुन प्रसाद चौलागाई, माओवादी केन्द्रका भिम पाख्रिन र शंकर बानियाँ, एकीकृत समाजवादीका विष्णु दाहाल र कविन पन्त रहेका छन् । यस्तै एकीकृत समाजवादीका ललित वस्नेतको संयोजकत्वमा अनुगमन समिति निर्माण गरिएको छ । समितिको सदस्यहरुमा समाजवादीका सर्यूचन्द्र न्यौपाने, नेपाली कांग्रेसका रामचन्द्र अर्याल माइकल, विष्णु प्रसाद लामिछाने, आनन्द कठायत र ताराचन्द्र बजगाई, तथा माओवादीका ऋषीराम पोखरेल, रामहरी सुवेदी र भगिरथ नेपाल रहेका छन् । यसगरी भेलाले माओवादी केन्द्रका प्रल्हाद लामिछानेको संयोजकत्वमा कांग्रेसका तारानाथ चौलागाई र माओवादीका गणेश कठायत सदस्य रहने गरि वित्तिय व्यवस्थापन समिति निर्माण गरेको छ । यसैगरी गठबन्धनले आफ्ना उम्मेदवारहरुको गतिविधि र चुनावी कार्यक्रमका समाचार सम्प्रेषग गर्न गठबन्धन दल निटक पत्रकार संगठनहरुलाई परिचालन गर्ने निर्णय गरेको छ । जसका लागी गठबन्धनले नेपाल प्रेस युनियनका मकवानपुर अध्यक्ष पोष्टराज अधिकारी कुमारको संयोजकत्वमा मिडिया डस्क स्थापना गर्ने निर्णय गरेको छ । डेक्सका सदस्यहरुमा प्रेस युनियनका रुपेश दुलाल, प्रेस सेन्टरका अञ्जली थापा र ध्रुब ढकाल, समाजवादी पत्रकार संगठनका रामकुमार एलन, शिवकुमार काशी र शिव चौलागाई सदस्य रहेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सहमाहामन्त्री एवं प्रतिनिधि सभाक्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीना, नेकपा एकीकृत समाजवादीका स्थाई समिति सदस्य एवं प्रतनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडा, प्रदेश सभा क्षेत्र नम्बर १ को क का उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तु, १ को ख का उम्मेदवार आनन्दराम पराजुली, प्रदेश सभा क्षेत्र नम्बर २ को क का उम्मेदवार कुमारी मोक्तान, ख का उम्मेदवार इन्द्रबहादुर बानियाँ एवं कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...