pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

सत्तारुढ गठबन्धन मकवानपुरले बनायो निर्वाचन परिचालन तथा समन्वय समिति

312179796_266308326382815-1666105035.jpg

 सत्तारुढ गठबन्धन मकवानपुरको सोमबारको भेलाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई प्रभावकारी र परिणाममुखि बनाउन विभिन्न समितिहरु निर्माण गरेको छ । गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामाको संयोजनमा बसेको भेलाले जिल्ला निर्वाचन परिचालन तथा समन्वय समिति, अपिल प्रकाशन समिति, अनुगमन समिति, वित्तिय व्यवस्थापन समिति र प्रचार प्रसारका लागी मिडिया डेस्क निर्माण गरेको छ । भेलाले नेपाली कांग्रेसका सभापति बुद्ध लामाको संयोजकत्वमा निर्वाचन परिचालन तथा समन्व समिति निर्माण गरेको छ । समितिको सदस्यहरुमा नेपाली कांग्रेसका प्रदिप कोइराला र इन्दिरा न्यौपाने, माओवादी केन्द्रका ओम घलान र लक्ष्मी माझी, नेकपा एकीकृत समाजवादीका राजाराम स्याङतान र मधु अधिकारी तथा जनमोर्चा नेपालका निरबहादुर त्रिसाल सदस्य रहेका छन् । भेलाले नेपाली कांग्रेसका जिल्ला सचिव भिमसेन महतको संयोजकत्वमा अपिल प्रकाशन समिति निर्माण गरेको छ । समितिको सदस्यहरुमा कांग्रेसका अर्जुन प्रसाद चौलागाई, माओवादी केन्द्रका भिम पाख्रिन र शंकर बानियाँ, एकीकृत समाजवादीका विष्णु दाहाल र कविन पन्त रहेका छन् । यस्तै एकीकृत समाजवादीका ललित वस्नेतको संयोजकत्वमा अनुगमन समिति निर्माण गरिएको छ । समितिको सदस्यहरुमा समाजवादीका सर्यूचन्द्र न्यौपाने, नेपाली कांग्रेसका रामचन्द्र अर्याल माइकल, विष्णु प्रसाद लामिछाने, आनन्द कठायत र ताराचन्द्र बजगाई, तथा माओवादीका ऋषीराम पोखरेल, रामहरी सुवेदी र भगिरथ नेपाल रहेका छन् । यसगरी भेलाले माओवादी केन्द्रका प्रल्हाद लामिछानेको संयोजकत्वमा कांग्रेसका तारानाथ चौलागाई र माओवादीका गणेश कठायत सदस्य रहने गरि वित्तिय व्यवस्थापन समिति निर्माण गरेको छ । यसैगरी गठबन्धनले आफ्ना उम्मेदवारहरुको गतिविधि र चुनावी कार्यक्रमका समाचार सम्प्रेषग गर्न गठबन्धन दल निटक पत्रकार संगठनहरुलाई परिचालन गर्ने निर्णय गरेको छ । जसका लागी गठबन्धनले नेपाल प्रेस युनियनका मकवानपुर अध्यक्ष पोष्टराज अधिकारी कुमारको संयोजकत्वमा मिडिया डस्क स्थापना गर्ने निर्णय गरेको छ । डेक्सका सदस्यहरुमा प्रेस युनियनका रुपेश दुलाल, प्रेस सेन्टरका अञ्जली थापा र ध्रुब ढकाल, समाजवादी पत्रकार संगठनका रामकुमार एलन, शिवकुमार काशी र शिव चौलागाई सदस्य रहेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सहमाहामन्त्री एवं प्रतिनिधि सभाक्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीना, नेकपा एकीकृत समाजवादीका स्थाई समिति सदस्य एवं प्रतनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडा, प्रदेश सभा क्षेत्र नम्बर १ को क का उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तु, १ को ख का उम्मेदवार आनन्दराम पराजुली, प्रदेश सभा क्षेत्र नम्बर २ को क का उम्मेदवार कुमारी मोक्तान, ख का उम्मेदवार इन्द्रबहादुर बानियाँ एवं कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg