Tuesday, 30 Apr, 2024
समाचार

सडक दुर्घटनामा परिवारका पाँच जनाको ज्यान गएपछि सेतो पहरामा महादेवको मन्दिर बनाउँदै गौतम परिवार

1705544536419-1712460243.jpg

गत पुसमा एकै परि वार का पाँच जनाको ज्यान जाने गरी कार दुर्घटना भएको थानकोट-चन्द्रागिरि-चित्लाङ सडकको सेतो पहरा क्षेत्रमा महादेवको मन्दिर निर्माण गरिने भएको छ ।

काठमाडौं लाजिम्पाट निवासी शैलेन्द्रकुमार गौतमले पुनः यस्ता दुर्घटना कुनै पनि परिवारले बेहो र्नु नपरोस भन्दै सेतो पहरा क्षेत्रमा महादेव मन्दिर निर्माण गर्न लाग्नुभएको हो ।
शैलेन्द्रकुमार, इन्जिनियर सहितको टोलीले हिजो शनिबार महादेव मन्दिर निर्माण गर्न स्थान छनोटका लागि सेतो पहरा क्षेत्रको अवलोकन गरेको छ । 

मकवानपुरको चित्लाङ र काठमाडौंको थानकोट जोड्ने उक्त सडकको काठमाडौंतर्फ सेतो पहरामा गत पुस २८ गते कार दुर्घटनामा परी शैलेन्द्रकुमारका छोरा डा. महेशकुमार गौतमसहित पाँच जनाको मृत्यु भएको थियो । चित्लाङ घुम्नका लागि कारमा जाँदै गरेका ६ जनामध्ये डा. महेशकुमारकी श्रीमती डा. सृष्टि गौतम तिवारी मात्र बाँच्नुभएको थियो ।

दुर्घटनामा शैलेन्द्रकुमारका छोरा सहित नातिनी स्मायरा, नाति श्रीयांश, सम्धि ओमकारनिधि तिवारी र सम्धिनी कल्पना तिवारीको मृत्यु भएको थियो ।

छोरा, नातिनातिनासहित आफन्तको चिर शान्तिको कामनासँगै अन्य व्यक्तिले यस्तो अप्रिय घटना बेहो र्नु नपरोस् भनेर महादेव मूर्ति स्थापना गर्न लाग्नुभएको चित्लाङका रघुनाथ लामिछाने ले जानकारी दिनुभयो ।

आफन्तको स्मरणमा आफ्नो निजी खर्चमा महादेव मन्दिर निर्माणसँगै मन्दिर निर्माण क्षेत्रमा रुद्राक्षको बिरुवासमेत लगाउने आफ्नो योजना रहेको शैलेन्द्रकुमारले सुनाउनुभयो । चित्लाङ-थानकोट सडक आयोजनाले सडक केन्द्रबाट पाँच मिटर छाडेर मन्दिर निर्माण गर्न दिने गरी सहमति जनाएको छ, आजको गोरखापत्र दैनिकमा खबर छ ।


world-link-1690434568.jpg
सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...