pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

सङ्घीयता कार्यान्वयन अनुगमनका लागि संयुक्त समिति बन्ने

samsad12-1694230859.jpg

 २३ भदौ २०८०, शनिबार काठमाडौँ, भदौ २३  गते । सङ्घीयता कार्यान्वयन अध्ययन, आवश्यक सुझाव र निर्देशनसमेत दिन सक्ने गरी सङ्घीय ससद्मा थप एक संयुक्त समिति गठनको गृहकार्य अघि बढाइएको छ । हाल सङ्घीय संसद्मा दुई संयुक्त समिति छन् । यी समितिको सभापति चयनको प्रक्रियासँगै नयाँ समिति गठनको राजनीतिक सहमति भइसकेको छ । राजनीतिक रूपमा प्रक्रिया अघि बढेसँगै समिति गठन हुन सक्ने संसद् सचिवालयले जनाएको छ । 

नयाँ समितिको नेतृत्व नेकपा (माओवादी केन्द्र) ले पाउने पनि दलीय समझदारी छ । अहिलेका दुई समितिमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले सभापति पाउने राजनीतिक सहमति यसअघि भइसकेको छ । दस विषयगत समितिमा सभापति चयन भए पनि संयुक्त समितिको नेतृत्व चयन प्रक्रिय अघि बढेको छैन । 

राष्ट्रिय सभाले गठन गरेको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले संयुक्त समिति गठनको सुझाव दिएको थियो । सङ्घीय शासन प्रणाली र कानुनी शासनको निरन्तर अनुगमन, पृष्ठपोषण दिनेगरी समिति गठनको सुझाव समितिले दिएको थियो । सांसद खिमलाल देवकोटाको संयोजकत्वको समितिले २०८० असार मसान्तसम्म समिति गठनको सुझाव दिएको थियो । 

नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक पदम गिरीले संयुक्त नियमावली तर्जुमाकै समयमा समिति गठन गरेर जाने समझदारी भएको बताउनुभयो । गिरीले भन्नुभयो, “समिति गठनको समझदारी नै छ । नियमावलीमा रहेको अन्य समिति गठनको विकल्पबाट अघि बढ्ने सहमति भएको थियो । तर त्यसयता कुनै पनि प्रक्रिया भने अघि बढेको छैन ।” नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले संयुक्त समितिको सभापति चयन प्रक्रियासँगै समिति गठन हुने बताउनुभयो । पाण्डेले भन्नुभयो, “समिति गठनको राजनीतिक सहमति भइसकेको छ । दुई समितिको नेतृत्व चयनको प्रव्रिmया पनि सम्पन्न भएको छैन । समितिले सभापति चयन प्रव्रिmया अघि बढेसँगै नयाँको पनि गठन प्रक्रिया अघि बढ्छ ।”

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले समिति गठनबारे सचिवालयलाई कुनै स्पष्ट निर्देशन नरहेको बताउनुभयो । गिरीले भन्नुभयो, “राजनीतिक रूपमा छलफल भइरहेको होला, हामीलाई कुनै जानकारी औपचारिक रूपमा आएको छैन । राजनीतिक सहमति भएर जानकारी आए सचिवालयले आफ्नो तयारी अघि बढाउँछ ।”

नेपालको संविधानको धारा ९७(२) ले कुनै खास प्रयोजनका लागि सङ्घीय संसद्ले संयुक्त समिति गठन गर्न सक्ने व्यवस्था गरेको छ । यस्तो समिति बढीमा २५ सदस्यीय हुने संवैधानिक प्रावधान छ । हाल कायम रहेका दुई समिति भने १५ सदस्यीय छन् । “कुनै खास कार्यका लागि दुवै सदनको संयुक्त समिति गठन गरियोस् भनी कुनै सदनले प्रस्ताव पारित गरेमा संयुक्त समितिको गठन गरिने छ । त्यस्तो संयुक्त समितिमा प्रतिनिधि सभाका सदस्य पाँच जना र राष्ट्रिय सभाका सदस्य एक जनाको  अनुपातमा समावेशिताका आधारमा बढीमा पच्चीस जना सदस्य रहनेछन्,” संविधानको धारा ९७(२) मा भनिएको छ ।गोरखापत्र अनलाइन 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg