pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

संसद विघटन नगर्न सल्लाह दिएको थिएँ, प्रधानमन्त्रीले मान्नुभएनः नेम्बाङ

संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको दोहोर्‍याएका छन्। नेम्बाङले आफू यसअघिको भनाइमा अडिग रहेको प्रष्ट पारेका हुन्। १६ महिनाअघि एक कार्यक्रममा नेम्बाङले अहिलेको संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकार नभएको बताएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेपछि यसबारे राष्ट्रिय बहस भइरहेको छ। ओलीको कदम संवैधानिक हो कि असंवैधानिक भन्ने मुद्दा अदालतमा पुगेको छ। संविधान बनाउने मुख्य थलो संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ भने अहिलेसम्म संसद विघटनबारे मौन थिए। नेम्बाङले आफ्नो पुरानो भनाइ प्रष्ट रहेको र त्यो दृष्टिकोण अहिले पनि कायम रहेको बताए।

र, त्यही दृष्टिकोणका आधारमा प्रधानमन्त्री ओलीलाई सल्लाह दिएको पनि उनले बताए। नेम्बाङले भने ‘मेरो पुरानो भनाइ, त्यसमा मेरो प्रष्ट दृष्टिकोण, त्यही दृष्टिकोणमा प्रधानमन्त्रीलाई सल्लाह दिएको हो। प्रधानमन्त्रीले आफ्ना तर्क राखेर विघटनमा जानुभयो।’ तर, अहिले मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र त्यसलाई असर पर्ने भएकोले मौन बसेको उनको स्पष्टीकरण छ। नेम्बाङले भने, ‘अहिले सर्वोच्च अदालतमा विचाराधीन भएकाले त्यसमा असर पर्छ भनेर नबोलेको हो। फैसला भएको भोलिपल्ट म सबै कुरा भन्छु।’

यसअघि आफूलाई भेट्नेहरुसँग नेम्वाङ संसद विघटनबारे सही वा गलत भनेर सिधा जवाफ दिएका छैनन्। यद्यपि नेम्वाङले सार्वजनिकरुपमा केही नबोले पनि आफूनिकट कानुन व्यवसायी र राजनीतिक दलका नेताहरुसँग भने संसद विघटनबारे चर्चा गर्ने गरेका छन्। स्रोतको दाबी छ- तर, सुवास नेम्वाङ पनि संसद विघटनको विपक्षमा हुनुहुन्छ ।

‘कुनै पनि बेलामा प्रधानमन्त्रीले स्टेप लिनुहुन्छ भन्ने थाहा थियो’ नेम्वाङले भन्ने गरेका छन्, ‘मैले प्रष्ट यो (संसद विघटन) गलत हुन्छ भनेको थिएँ।’ नेम्वाङले निकटस्थहरुलाई ब्रिफिङ गर्दा संविधानले यसरी प्रतिनिधिसभा विघटन गर्ने बाटो नदिएको बताउने गरेका छन्। संविधान निर्माणका क्रममा प्रधानमन्त्रीले चाहेको जुनसुकै बेला संसद विघटन गर्न सक्ने प्रावधान हटाएको उनी स्वीकार्छन्।

नेम्वाङको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘धारा ७६ मा सहमति जुटेपछि मैले बहुमतको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन भनेको भनेर अहिले बाहिर जुन चर्चा गरिएको छ, त्यसमा विवादै छैन। मैले बोलेको कुरामा विचलित हुन्न, अहिले पनि अडिग छु। यो सन्दर्भमा मानिसहरुले जति बोलेका छन्, शायद त्योभन्दा धेरै म बोलेको छु। तर, अहिले यस्ता कुरा म बाहिर बोल्दिनँ।’

संसदमा विकल्प हुँदाहुँदै प्रधानमन्त्रीको विशेषाधिकार भन्दै संसद विघटन गर्दा नेपालमा राजनीतिक अस्थिरता भयो भनेर नै संविधानमा बिभिन्न विकल्पहरु राखेर संसदले प्रधानमन्त्री दिनै नसक्ने अवस्था हुँदा मात्रै संसद विघटन गर्न सक्ने व्यवस्था गरेको नेम्वाङ स्वीकार्छन्।

हालै मात्र नेम्वाङलाई भेटेका एक नेता भन्छन्, ‘प्रधानमन्त्रीलाई विशेषाधिकार हुने, संसद विघटन गर्नेलगायत कतिपय कुराहरुमा साँघुर्याएका छौं। यो सबै किन गरेको भन्दा अस्थिरता नहोस् भनेर भन्नुहुन्छ। तर, हामीले भनेको ५ वर्षसम्म चलोस् भन्ने कुरा त चलेन भन्ने प्रधानमन्त्रीको तर्क छ भन्न पनि छुटाउनुहुन्न।’

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg