jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

संघ र प्रदेशको निर्वाचनमा माओवादी केन्द्र बामपन्थी पृष्ठभूमीको पहिलो पार्टी बन्छ:-मन्त्री देवेन्द्र पौडेल ,

Screenshot_20220810-21131-1660145533.png

शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र प्रसाद पौडलले आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा माओवादी केन्द्र बामपन्थी पृष्ठभूमीको पहिलो पार्टी बन्ने दाबी गरेका छन् । प्रेस सेन्टर नेपाल मकवानपुरले बागमती प्रदेशको राजधनी हेटौंडामा अयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् ।
उहाँले माओवादीलाई बामपन्थी पृष्ठभूमीको पहिलो पार्टी बनाउने कार्यायोजनाहरु बनाएको बताए । बामपन्थी अन्य पार्टीहरु छन् , उहाँहरुले पनि भन्नुहोला, हामीले चाहीँ हामी पहिलो पार्टी हुन्छौँ भनेका छौँ, आधार पनि छ, सम्भावना पनि छ,’उहाँले भन्नुभयो,‘प्रतिस्पर्धा गरौँ, हेरौँ, हाम्रो लक्ष्य पहिलो पार्टी बन्ने छ ।’
उहाँले समाजवादी केन्द्र बन्ने बिषयमा वार्ता भएको तर, सहमति भइ नसकेको बताए । उहाँले भने,‘समाजवादी केन्द्र बनिसकेको होइन, वार्ता भएको कुरा चाहीँ हो ।’ गठबन्धनको धारलाई नयाँपन दिएर आफुहरु अगाडि बढ्ने उहाँको भनाई थियो ।
मन्त्री पौडेलले गठबन्धनमा माओवादी केन्द्रले कति सिट पाउँछ, त्यो विषयमा टुङ्गो लाग्न बाँकी रहेको बताए । माओवादीले बिगतमा प्राप्त गरेको मत, पार्टीको सदस्य सङख्या, उम्मेदवारले जित्न सक्ने आधार र आवश्यकताको आधारमा सिट दाबी गर्ने बताए । मन्त्री पौडेलले मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचन तोकिएको समय र शान्तिपूर्ण हुने पनि बताए । 
प्रेस सेन्टर नेपाल मकवानपुरका उपाध्यक्ष राज कुमार के.सी.को सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान, केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला संयोजक शर्केश घलान लगायतको आतिथ्यता रहेको थियो ।

Screenshot_20220810-21132-1660145536.png
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...