gumba-1715660528.jpg
Monday, 20 May, 2024
समाचार

संघीय संसद खतिवडाद्वारा सप्ताह बिराट ज्ञान महायज्ञको उद्घाटन 

s2-1562237814.jpg


उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आज असार १९ गतेबाट सुरु भएकोे श्रीमद भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ संघीय संसद बिरोध खतिवडाले पनस्मा दिप प्रज्वलन गरि समुद्घाट्न गर्नु भएको थियो । 
थाहा नगरपालिका वडा नं. २ अवस्थित फाँटबजारमा आजबाट मत्स्यनारायण माद्यामिक विद्यालय र पाथीभरा क्षेत्र बिकास समितिको संयुक्तरुपमा आयोजित महायज्ञको आज पहिलो दिन बिहान ८ बजे बाट कलश यात्राको सुरुवात फाँटबजारबाट, ,त्रिवेणी धाम ,गोपाली गाउँ ,शिखरकोट, ओखरबजार, पालुङ हुँदै समारोह स्थल सम्म पुगि औपचारिक कार्यक्रमको गरिएको हो  ।
बालब्यास पं. श्री नारायण न्यौपानेको मुखार विन्दबाट कथा वाचन गरी यहि २०७६ साल असार २५ गते सम्म सञ्चालन हुने पहिलो दिनको औपचारिक कार्यक्रमलाई संघीय संसद खतिवडाले उद्घाटन गर्नु भएको हो । उद्घाटन मन्तव्यलाई सम्बोद्धन गदै  प्रमुख अथिति खतिवडाले प्राबिधिक शिक्षा मार्फत देशमा सक्षम जनशक्ति उत्पादन गर्ने र गाउँ गाउँ नगरमा युबालाइ रोजगार प्रदान गर्ने प्राबिधिक शिक्षा हरेक बिधालयमा पढाउनु पर्नेमा जोड दिनुभयो साथै धार्मिक पर्यटन क्षेत्र बनाउनका लागि केन्द्रिय तह बाट सक्दो सहयोग प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रम मत्स्यनारायण मा बि व्यवस्थापन समिती को अध्यक्ष नवराज बिष्ट को सभाध्यक्षतामा भएको थियो । थाहा नगरपालिका वडा नं २ का  अध्यक्ष गुप्त बहादुर कार्की, थाहानगर उधोग बाणिज्य महासङ्घका अध्यक्ष कबिराज खत्री, लागाएत ले मन्तव्य व्यक्त गर्नु भएको थियो । 
विशेष अतिथी थाहानगरपालिका उप प्रमुख खड्ग गोपाली,  विभिन्न संघसस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सामाज सेवि लगाएतको उपस्थिती रहेको थियो ।

भोलि अर्थात असार २० देखि २५ गते सम्मको कार्यक्रममा प्रत्येक दिन प्रदेश, जिल्ला र स्थानीय तहका प्रमुखहरुद्वारा कार्यक्रममा प्रमुख आतिथ्यता रहने अयोजक समितीले जनाएको छ ।
मत्स्यनारायण माद्यामिक विद्यालयमा कक्षा ११ र १२ का साथै प्राबिधिक शिक्षा सञ्चालन र पाथीभरा लक्ष्मेश्वरी मन्दिर परिसरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास, प्राचिन कला, सँस्कृतीको संरक्षण तथा सम्वद्र्धन, कुशल, सुयोग्य, नैतिकवान नागरिक उत्पादन गरि आत्मनिर्भर बन्न प्रेरित गर्न, सामाजिक परिवर्तनको दिशामा दक्ष जनशक्ति उत्पादन गरि समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्याउन एवम् पितृ मोक्षको लागि महायज्ञको आयोजना  गरियकोे महायज्ञ आयोजक मुल समितिका अध्यक्ष नबराज बिष्टले बताउनु भएको छ ।
महायज्ञमा ११११ शालिग्राम दर्शन, नगद दान, महादन, जिन्सीदान, संगीतमय श्रीमद्भागवत कथा प्रवचन, कलश यात्रा, तुलादान, जेष्ठ नागरिक सम्मान, कन्या पुजन, चौरासी पुजा, सामुहिक बर्तबन्ध, ग्रहशान्ती, लाखबत्ती, योगसिबिर तथा राष्ट्रिय कलाकारहरुबाट संगितमय भजन किर्तन लगायतका कार्यक्रमहरु सञ्चालन गरिने छ । 
महायज्ञ प्रत्येक दिन बिहान ५ बजेबाट शुरु भइ साझ ९ः३० बजे सम्म सन्चालन गरिनेछ । महायज्ञमा करिब १ करोड भन्दा बढी रकम उठ्ने अनुमान गरिएको छ ।

सप्ताहमा हरिहर धाम प्रतिष्ठानको तर्फबाट धर्मसंस्कृती अनुसार व्यबहारिक ज्ञानको प्रचार–प्रसार गर्दै आमाबुबालाई बृद्धा आश्रममा राख्ने संस्कार हटाउन अभियान स्वरुप विविध प्रस्तुति र राष्ट्रिय कलाकारहरुको विभिन्न झाँकी प्रदर्शनी गरिने प्रतिष्ठान संयोजक राजु ढकालले बताए ।
मत्स्य नारायण मा.वि.को शैक्षिक स्तर उकास्न र ऐतिहाँसिक महत्व बोकेको पाभिभरा मन्दिरलाई पर्यटन प्रवद्र्धन गर्नका लागि आयोजना गरिएको महायज्ञ सफल पार्न सबैले सहयोग गरेमा आयोजनाको लक्ष्य प्राप्त गर्ने बाटो खुल्ने भएकाले महायज्ञमा सके सातै र नसके एम दिन भए पनि सहभागि हुनका लागि आयोजकले आग्रह गरेको छ ।


 

s2-1562237816.jpg

world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...