jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

संघीयताको रक्षा ऐलेको आवश्यक्ता हो : राष्ट्रियसभा अध्यक्ष दाहाल

1735052795589-1735052907.jpg

संघीयता कठिन संघर्षबाट प्राप्त उपलब्धि भएकोले यसको रक्षा, विकास र संरक्षण गर्नु अहिलेको आवश्यकता भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बताए ।

मंगलबार काठमाडौंमा सम्पन्न "संघीयता, राष्ट्रिय सभा र आगामी कार्यभार" विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि दाहालले संघीयताका कारण देशमा आर्थिक समृद्धि, सुशासन, ऐन कानुन निर्माण र सामाजिक न्यायको क्षेत्रमा सुधार हुँदै गएको बताए ।

उनले संघीयताको संस्थागत विकासको लागि राष्ट्रिय सभाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । 


संघीय संसद राष्ट्रिय सभा र फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरको संयुक्त आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले राष्ट्रिय सभाले प्रदेश र स्थानीय तहको पक्षमा भूमिका खेल्नुपर्ने बताईन् ।


राष्ट्रिय सभाका सत्ता पक्ष र विपक्ष दलका नेता, सचेतक र सांसदहरुको सहभागिता रहेको कार्यक्रम फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरका अध्यक्ष डा. खिमलाल देवकोटाको अध्यक्षतामा भएको थियोे ।


अध्यक्ष देवकोटाले नेपालको सातै प्रदेशमा उठेका संघीयताको सवाललाई अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरेका थिए ।


त्यस्तै राष्ट्रिय सभाको सचिव डा. सुरेन्द्र अर्यालले संघीयता सबलिकरण सम्बन्धमा राष्ट्रिय सभामा भएको अभ्यास र आगामी कार्यभार बारे कार्यपत्र प्रस्तुत गरेका थिए।


कार्यक्रममा राष्ट्रिय सभाका ३३ जना सांसदहरूले कार्यपत्रका बिषयमा आ-आफ्ना सुझाव र धारणा राखेका फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरका कार्यक्रम निर्देशक प्रह्लाद लामिछानेले बताए।


यसै क्रममा राष्ट्रिय सभाका विपक्षी दलका नेता नारायणकाजी श्रेष्ठले आफू गृहमन्त्री भएका बेला निजामती र प्रहरी ऐन जारी गर्न लाग्दा ठुला दलका ठुला नेताहरु नै अनुदार देखिएको बताए। 


यससैगरि एकीकृत समाजवादी पार्टीका नेता वेदुराम भुसाल, सत्तापक्षका प्रमुख सचेतक कृष्णबहादुर रोकाया, संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डे, सचिब डा. रोजनाथ पाण्डेले धारणा राखेका थिए । 


आयोजक संस्था फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरका कार्यकारी निर्देशक प्रकाश पन्थले स्वागत गरेको कार्यक्रममा बोर्ड सदस्य दिलकुमारी रावल थापा(पार्वती) ले धन्यवाद ज्ञापन गरेकी थिईन् । 


अन्तरक्रिया कार्यक्रम राष्ट्रिय सभा र फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको होटल हिमालयमा भएको थियो ।

1735052798553-1735052907.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...