Sunday, 05 May, 2024
विचार / अन्तरवार्ता

श्री स्वस्थानी व्रत कथाको ऐतिहासिक महत्त्व र अध्यात्मिक भाव:- नवराज नेपाली

1707971206009-1707971249.jpg

स्कन्द पुराणको केदार खण्डको  स्कन्द कुमार र अगष्तमुनि बिचको संबाद तथा शिव पुराण कथालाई  श्री स्वस्थानी व्रत कथा भनिन्छ ।
पौष शुल्क पुर्णीमाको दिनबाट सुद्ध मन र तन राखि कथा सुरुगरि एक महिनापछि माघ शुक्ल पुर्णिमाको दिन सबै समान १०८ नैबेध,सुपारि,पान,रोटि, अक्षता, तथा धुप बत्ति, श्रीखण्ड,रक्तचन्दन ,वस्त्र भेटि सहित ईच्छाएको मनोइच्छा पुर्णहोस भनी स्वस्थानी माताको नाममा पुजापाठ गरिन्छ ।
यसबाट प्रसादको रुपमा आठ आठ टुक्रा आफ्नो पति भए पतिलाई अन्यथा छोरालाई छोरा नभएकोले मितछोरालाइ र कोहि नभएकोले खोलामा आफ्नो ईच्छा पुर्णहोस भनी बगाउँदा मनोइच्छा पुराहुने बिश्वास  गरिन्छ ।स्वस्थानीको अर्थ आफ्नो स्थानीय देबि भन्ने पनि अर्थाउछ,श्री स्वस्थानी कथा मुख्यतः  नेपाल भित्रकै ऐतिहासिक धार्मिक देवालयहरुको बर्णनले पनि नेपाल र नेपाली समाजको निम्ति महत्त्वपूर्ण रुपमा हेर्न सकिन्छ  । स्वर्ग भुमी यहि नेपाल खण्ड भएको र प्रसिद्ध पशुपतिनाथ ,गौरी घाट,गुहेश्वरि,गोकर्ण तथा देबघाट महत्त्वपूर्ण रुपमा देखाएको छ ।यसैगरी काठमाडौं नजिकै रहेको साखु स्थित सालिनदि र स्वस्थानी माताको मन्दिरले विशेष रुपमा वर्णन गरि धार्मिक महत्त्व बढाइएको छ ।सत्य युगमा हिमालय पर्वतको छोरी पार्वती ले भगवान महादेव पति पाउन गरिएको आराधनाले महादेव पति मिलेको तथा बिछोडिएको नाग नागिनको मिलन अति दुखमा जीवन चलाउने गोमा महारानी भएको  कथामा बर्णित भावनात्मकताको आधारमा मनुष्य जीवनमा र मुलत: सनातन देबिदेबता धर्मावलम्बीले यो व्रत बस्ने गरिएको छ। अध्यात्मिक रुपमा गरिने कार्यहरुमा सबै देबि देबताको पुजा आराधना गरि खुसि बनाए पनि महादेव भगवानको आराधना गरिएन भने कार्य सिद्ध नहुने र महादेवको निन्दा गरेमा  कष्टकर जीवन हुने मुल भाव देखिन्छ। यस्तै यस धर्मको पिता भगवान शिव हुन भनेर दर्साइएको छ ।
आधुनिक समाजमा स्वर्गरुपी समाज  बन्न स्वस्थानी कथामा मनन गर्न सकिने भाव हरु यसरी वर्णन गर्न सकिन्छ 
सुख र दुुखको जन्म दाता स्वयंको मन  हो  ।संसारमा भएका मानव हरु एकै भगवान(कस्यप ऋषि )को सन्तान हुन अत जात धर्म वर्ण लिङ्ग को आधारमा मतभेद गरिनु बेठीक छ।परिवारको सदस्यमा अहंकारको भाव राख्नु हुदैन यसले मानवलाई सोकमा डुबाउने छ र मानव पसुतुल्य हुनेछ ( सत्य देबिको मृत्यु दक्ष बोका बनेको कथा)।अधिक मोहले मृत्यु सम्म पुर्‍याउने छ (सतिदेबिको मृत्यु )तथा सर्ब सक्तिमान हुदा पनि बेसुरि र दुखमय जीवन बन्नेछ (महादेव बेसुरमा सतिदेबि बोकेको कथा )।मदिराले मानवलाई असुरी बनाउने छ, जीवन दुखमय बनाउनेछ ।सर्ब सम्पन्न हुँदाहुँदै पनि घमण्ड र अहंकारले सबै खुसि नास हुनेछ (त्रिपुर दाहको कथा )।छोराछोरीलाई परिवार र संस्कार  चिनाउन सकेनौं भने छोराछोरी पसु बन्नेछन् (गणेशमा हात्तीको सिर जोडिएको कथा )।परस्त्री मोहले कलह तथा मृत्युु जन्म गराउनेछ (जालन्धर पार्वती छलको कथा )।पर नारीलाई कपटपूर्ण ब्यवहारले घाँस तुल्य जीवन हुने(बृन्दालाई बिष्णुले कपटपूर्ण छलको कथा )। जीवन दुखमय भएपनि सत्य र निष्ठामा रहदा शुखद दिन आउँछ (गोमाको जीवनी)।क्रोध र अहंकारले शुखि जीवन पनि दुखमा जान्छ ((चन्द्रावतिको जीवन )। ज्ञानी आज्ञाकारी सन्तान उच्च स्तरमा पुग्नेछ (नवराज जीवनी)।अत: स्वस्थानी कथा पढ्ने र सुन्ने मात्र नभइ ज्ञानको रुपमा लिन जरुरी छ अन्यथा व्रत (ब्रम्ह तत्व )व्यर्थ हुने छ ।विभिन्न बिकारि अवस्थाको मानब शरीर र समाजमा अध्यात्मिक चिन्तनबाट काम क्रोध लोभ मोह र अहंकार बाट मन बुद्धि र तनलाई स्थिर बनाउन सक्नुनै मानवीय जीवनमा सर्बोच्च सुखद जीवन हो ।यहिनै स्वसथानी कथाको मुल भाव देख्न सकिन्छ ।
ॐ शान्ति 
जय शम्भो
जय शिव बाबा।


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...