Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

श्री स्वस्थानी व्रत कथाको ऐतिहासिक महत्त्व र अध्यात्मिक भाव:- नवराज नेपाली

1707971206009-1707971249.jpg

स्कन्द पुराणको केदार खण्डको  स्कन्द कुमार र अगष्तमुनि बिचको संबाद तथा शिव पुराण कथालाई  श्री स्वस्थानी व्रत कथा भनिन्छ ।
पौष शुल्क पुर्णीमाको दिनबाट सुद्ध मन र तन राखि कथा सुरुगरि एक महिनापछि माघ शुक्ल पुर्णिमाको दिन सबै समान १०८ नैबेध,सुपारि,पान,रोटि, अक्षता, तथा धुप बत्ति, श्रीखण्ड,रक्तचन्दन ,वस्त्र भेटि सहित ईच्छाएको मनोइच्छा पुर्णहोस भनी स्वस्थानी माताको नाममा पुजापाठ गरिन्छ ।
यसबाट प्रसादको रुपमा आठ आठ टुक्रा आफ्नो पति भए पतिलाई अन्यथा छोरालाई छोरा नभएकोले मितछोरालाइ र कोहि नभएकोले खोलामा आफ्नो ईच्छा पुर्णहोस भनी बगाउँदा मनोइच्छा पुराहुने बिश्वास  गरिन्छ ।स्वस्थानीको अर्थ आफ्नो स्थानीय देबि भन्ने पनि अर्थाउछ,श्री स्वस्थानी कथा मुख्यतः  नेपाल भित्रकै ऐतिहासिक धार्मिक देवालयहरुको बर्णनले पनि नेपाल र नेपाली समाजको निम्ति महत्त्वपूर्ण रुपमा हेर्न सकिन्छ  । स्वर्ग भुमी यहि नेपाल खण्ड भएको र प्रसिद्ध पशुपतिनाथ ,गौरी घाट,गुहेश्वरि,गोकर्ण तथा देबघाट महत्त्वपूर्ण रुपमा देखाएको छ ।यसैगरी काठमाडौं नजिकै रहेको साखु स्थित सालिनदि र स्वस्थानी माताको मन्दिरले विशेष रुपमा वर्णन गरि धार्मिक महत्त्व बढाइएको छ ।सत्य युगमा हिमालय पर्वतको छोरी पार्वती ले भगवान महादेव पति पाउन गरिएको आराधनाले महादेव पति मिलेको तथा बिछोडिएको नाग नागिनको मिलन अति दुखमा जीवन चलाउने गोमा महारानी भएको  कथामा बर्णित भावनात्मकताको आधारमा मनुष्य जीवनमा र मुलत: सनातन देबिदेबता धर्मावलम्बीले यो व्रत बस्ने गरिएको छ। अध्यात्मिक रुपमा गरिने कार्यहरुमा सबै देबि देबताको पुजा आराधना गरि खुसि बनाए पनि महादेव भगवानको आराधना गरिएन भने कार्य सिद्ध नहुने र महादेवको निन्दा गरेमा  कष्टकर जीवन हुने मुल भाव देखिन्छ। यस्तै यस धर्मको पिता भगवान शिव हुन भनेर दर्साइएको छ ।
आधुनिक समाजमा स्वर्गरुपी समाज  बन्न स्वस्थानी कथामा मनन गर्न सकिने भाव हरु यसरी वर्णन गर्न सकिन्छ 
सुख र दुुखको जन्म दाता स्वयंको मन  हो  ।संसारमा भएका मानव हरु एकै भगवान(कस्यप ऋषि )को सन्तान हुन अत जात धर्म वर्ण लिङ्ग को आधारमा मतभेद गरिनु बेठीक छ।परिवारको सदस्यमा अहंकारको भाव राख्नु हुदैन यसले मानवलाई सोकमा डुबाउने छ र मानव पसुतुल्य हुनेछ ( सत्य देबिको मृत्यु दक्ष बोका बनेको कथा)।अधिक मोहले मृत्यु सम्म पुर्‍याउने छ (सतिदेबिको मृत्यु )तथा सर्ब सक्तिमान हुदा पनि बेसुरि र दुखमय जीवन बन्नेछ (महादेव बेसुरमा सतिदेबि बोकेको कथा )।मदिराले मानवलाई असुरी बनाउने छ, जीवन दुखमय बनाउनेछ ।सर्ब सम्पन्न हुँदाहुँदै पनि घमण्ड र अहंकारले सबै खुसि नास हुनेछ (त्रिपुर दाहको कथा )।छोराछोरीलाई परिवार र संस्कार  चिनाउन सकेनौं भने छोराछोरी पसु बन्नेछन् (गणेशमा हात्तीको सिर जोडिएको कथा )।परस्त्री मोहले कलह तथा मृत्युु जन्म गराउनेछ (जालन्धर पार्वती छलको कथा )।पर नारीलाई कपटपूर्ण ब्यवहारले घाँस तुल्य जीवन हुने(बृन्दालाई बिष्णुले कपटपूर्ण छलको कथा )। जीवन दुखमय भएपनि सत्य र निष्ठामा रहदा शुखद दिन आउँछ (गोमाको जीवनी)।क्रोध र अहंकारले शुखि जीवन पनि दुखमा जान्छ ((चन्द्रावतिको जीवन )। ज्ञानी आज्ञाकारी सन्तान उच्च स्तरमा पुग्नेछ (नवराज जीवनी)।अत: स्वस्थानी कथा पढ्ने र सुन्ने मात्र नभइ ज्ञानको रुपमा लिन जरुरी छ अन्यथा व्रत (ब्रम्ह तत्व )व्यर्थ हुने छ ।विभिन्न बिकारि अवस्थाको मानब शरीर र समाजमा अध्यात्मिक चिन्तनबाट काम क्रोध लोभ मोह र अहंकार बाट मन बुद्धि र तनलाई स्थिर बनाउन सक्नुनै मानवीय जीवनमा सर्बोच्च सुखद जीवन हो ।यहिनै स्वसथानी कथाको मुल भाव देख्न सकिन्छ ।
ॐ शान्ति 
जय शम्भो
जय शिव बाबा।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg