pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

श्रीमान जीउँदै,१५ महिना बिधवा भत्ता झ्वाम!

FB_IMG_1679380684988-1679380700.jpg

रामेछापका एक महिलाले श्रीमान् जीवित हुँदै एकल महिला भत्ता बुझिरहेको पाइएको छ। जिल्लाको मन्थली नरपालिका–३, ठुलीमदौकी निर्मला खत्रीले श्रीमान् रामबाबु खत्री जीवित हुँदै एकल महिला भत्ता लिइरहेको पाइएको हो। पति रामबाबुले आफैँले कागज बनाइदिएर श्रीमती निर्मलालाई एकल महिला भत्ता खुवाएको पाइएको छ।

निर्मलाले गत माघसम्ममा १५ महिनाको एकल महिला भत्ताबापतको रकम बुझिसकेकी छन्। मन्थली नगरपालिकाको तथ्याङ्कअनुसार निर्मलाले गत माघसम्म मासिक दुई हजार ६६० रुपैयाँका दरले १५ महिनामा ३९ हजार नौ रुपैयाँ सामाजिक सुरक्षा भत्ता बुझेकी हुन् ।

जिल्ला प्रशासन कार्यालय रामेछापमा कार्यालय सहयोगी पदमा कार्यरत रामबाबुले श्रीमती निर्मलालाई २०७८ साल भदौ २१ गते एकल महिला परिचयपत्र बनाइ दिएको पाइएको छ। सिन्दूर पोतेसहित रातो पहिरनमा नेपाल इन्भेस्टमेन्ट बैङ्कमा सामाजिक सुरक्षा भत्ताबापतको रकम झिक्न पुग्नुभएकी निर्मलालाई बैङ्क कर्मचारीलाई शङ्का लागेपछि सोधपुछ गरेपछि निर्मलाको पति जीवित नै रहेको तथ्य बाहिर आएको हो।

आफू जीवित हुँदै श्रीमतीलाई एकल महिला भत्ता खुवाएको रहस्य सार्वजनिक भएपछि कारबाही हुने डरले खत्रीले आफ्नो जागिर जिल्ला प्रशासन कार्यालयबाट जिल्ला कारागार रामेछापमा सरुवासमेत गरेका थिए। त्यहाँबाट पनि कारबाहीमा परिने डरले उनले हतार–हतार जागिर छाडेका छन्। खत्रीको एकल महिला प्रमाणपत्र तत्कालीन वडा सचिव शिवकुमार महतोले २०७८ साल भदौ २१ गते सोही दिनदेखि लागू हुने गरी बनाई दिएका थिए ।

महतोले खत्रीकी श्रीमती निर्मलालाई बनाइदिएको एकल महिला परिचयपत्रमा बाबु–आमाको मात्र नाम खुलाइएको छ तर पतिको नाम खुलाइएको छैन। निर्मला खत्रीले एकल महिला भत्ता लिएको कुरा सत्य भए पनि यो आफू निर्वाचित भएर आउनुअघिकै घटना भएको मन्थली नगरपालिका वडा नं। ३ का वडाध्यक्ष कृष्णगोपाल थापाले बताए । गोरखापत्र दैनिकबाट 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...