edu-1681783152.jpg
Saturday, 10 Jun, 2023
sahara-1681783426.jpg

समाचार

श्रीमान जीउँदै,१५ महिना बिधवा भत्ता झ्वाम!

FB_IMG_1679380684988-1679380700.jpg

रामेछापका एक महिलाले श्रीमान् जीवित हुँदै एकल महिला भत्ता बुझिरहेको पाइएको छ। जिल्लाको मन्थली नरपालिका–३, ठुलीमदौकी निर्मला खत्रीले श्रीमान् रामबाबु खत्री जीवित हुँदै एकल महिला भत्ता लिइरहेको पाइएको हो। पति रामबाबुले आफैँले कागज बनाइदिएर श्रीमती निर्मलालाई एकल महिला भत्ता खुवाएको पाइएको छ।

निर्मलाले गत माघसम्ममा १५ महिनाको एकल महिला भत्ताबापतको रकम बुझिसकेकी छन्। मन्थली नगरपालिकाको तथ्याङ्कअनुसार निर्मलाले गत माघसम्म मासिक दुई हजार ६६० रुपैयाँका दरले १५ महिनामा ३९ हजार नौ रुपैयाँ सामाजिक सुरक्षा भत्ता बुझेकी हुन् ।

जिल्ला प्रशासन कार्यालय रामेछापमा कार्यालय सहयोगी पदमा कार्यरत रामबाबुले श्रीमती निर्मलालाई २०७८ साल भदौ २१ गते एकल महिला परिचयपत्र बनाइ दिएको पाइएको छ। सिन्दूर पोतेसहित रातो पहिरनमा नेपाल इन्भेस्टमेन्ट बैङ्कमा सामाजिक सुरक्षा भत्ताबापतको रकम झिक्न पुग्नुभएकी निर्मलालाई बैङ्क कर्मचारीलाई शङ्का लागेपछि सोधपुछ गरेपछि निर्मलाको पति जीवित नै रहेको तथ्य बाहिर आएको हो।

आफू जीवित हुँदै श्रीमतीलाई एकल महिला भत्ता खुवाएको रहस्य सार्वजनिक भएपछि कारबाही हुने डरले खत्रीले आफ्नो जागिर जिल्ला प्रशासन कार्यालयबाट जिल्ला कारागार रामेछापमा सरुवासमेत गरेका थिए। त्यहाँबाट पनि कारबाहीमा परिने डरले उनले हतार–हतार जागिर छाडेका छन्। खत्रीको एकल महिला प्रमाणपत्र तत्कालीन वडा सचिव शिवकुमार महतोले २०७८ साल भदौ २१ गते सोही दिनदेखि लागू हुने गरी बनाई दिएका थिए ।

महतोले खत्रीकी श्रीमती निर्मलालाई बनाइदिएको एकल महिला परिचयपत्रमा बाबु–आमाको मात्र नाम खुलाइएको छ तर पतिको नाम खुलाइएको छैन। निर्मला खत्रीले एकल महिला भत्ता लिएको कुरा सत्य भए पनि यो आफू निर्वाचित भएर आउनुअघिकै घटना भएको मन्थली नगरपालिका वडा नं। ३ का वडाध्यक्ष कृष्णगोपाल थापाले बताए । गोरखापत्र दैनिकबाट 

nepalaya-copy-1675152884.jpg
himalayan-1681783251.jpg

nagarpalika-1661488385.jpg
viber_image_2022-09-27_22-1664340402.jpg
thaha-1681783216.jpg
sahara-1681783294.jpg
जनश्रमदान बाट जगडाँडामा सिंचाइ
FB_IMG_1686329002487-1686329014.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ मा सिंचाइ आयोजनाको निर्माण शुरु भएपछि स्थानीयहरु खुशी भएका छन् । सिंचाइ...

न्युनतम सेवा मापदण्डमा थाहाका ३ स्वास्थ्य संस्था जिल्ला उत्कृष्ट
FB_IMG_1686328336817-1686328359.jpg

स्वास्थ्य कार्यालय मकवानपुरले  स्वास्थ्य चौकीहरुको लागि न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखिकरण कार्यक्रम...

आगामी बजेटबाट आफ्नो माग पूरा गर्न थाहाका इसिडी शिक्षकहरुको ध्यानाकर्षण
FB_IMG_1686320188458-1686321670.jpg

नेपाल बाल विकास शिक्षक समिती थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा...

शिक्षक महासंघ थाहाले नगरको शैक्षिक सुधारको निम्ति बुझायो सुझाव पत्र
FB_IMG_1686319789757-1686320988.jpg

नेपाल शिक्षक महासंघ थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विभिन्न शैक्षिक...

मनहरी ५ भएको आँखा शिविरमा २६ जना मोतिबिन्दु फेला
FB_IMG_1686319918571-1686320015.jpg

जेठ, हेटौडा (मनहरी) - मनहरी गाउँपालिका वडा नम्बर ५ मा नि:शुल्क आँखा शिविर भएको छ। ३ सय २० जनाले आँखाको परिक्षण गरेका...

पालुङ जेसिज,सफल बिष्ट जिताउन थाहा दौडाहामा।
FB_IMG_1686233364297-1686233380.jpg

आगामी २८ जेठमा हुने फाइनल प्रतिष्पर्धामा मकवानपुर थाहाका सफल विष्टलाई जिताउन पालुङ जेसीजले थाहानगरमा भाेटिङ...

जनकल्याणका कृषि विद्यार्थीलाई जुनेटिक रोग सम्बन्धि जानकारी दिइयो ।
FB_IMG_1686225463445-1686225492.jpg

जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ । खानपानमा बदलाव र वातावरणमा आएको परिवर्तनका कारण जुनोटिक खालका...

अपाङ्गता भएका विद्यार्थी हरुलाई शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान।
FB_IMG_1686222734046-1686222889.jpg

थाहा नगरपालिकाले  विभिन्न लक्षित समुदायको बजेट कार्यान्वयन गर्न सुरु गरेको छ । यसक्रममा थाहा नगरपालिका भित्र...

थाहामा ४९ अर्बमा बन्ने मदन भण्डारी विश्वविद्यालय निर्माणको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार,
FB_IMG_1686155697061_1-1686155743.jpg

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा निर्माण गर्न लागिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विविद्यालयको...