Saturday, 20 Apr, 2024
राेजगार

वैदेशिक रोजगारीले निम्तायको सामाजिक असर न्यूनीकरण बारे अन्तरक्रिया सम्पन्न ।

IMG_20220602_134906_241-1654170022.jpg

स्वदेशमै रोजगारी गरौं,वैदेशिक रोजगारीमा जानेनै भए सहि सुचना लियर र सीप सिकेर मात्र जाऔं " भन्ने मुल नाराका साथ सुरक्षित आप्रबाशन(सामी)परियोजना द्वारा आयोजित वैदेशिक रोजगारीले निम्तायको सामाजिक असर न्यूनीकरण सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम थानाबजारको गङ्गा होटलमा सम्पन्न भएको छ।
एकीकृत ग्रामीण बिकास केन्द्र मकवानपुरका सचिव मिनराज पौडेलको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,वडा न २ का वडा सदस्य युवराज बिष्ट ,वडा न ३ का सदस्य सबिता सुनार,कार्यपालिका सदस्य पबित्रा कार्की ,इप्रका पालुङ्गका प्रमुख दुर्गा खनाल,पालुङ्ग बहुउद्देश्यीय सहकारी संस्थाका मुख्य ब्यबस्थापक प्रकाश पौडेल लगायतका नगरभित्रका संघ संस्थाका प्रतिनिधि,थाहा नगरपालिकाका विषयगत शाखा प्रमुखहरु,महिला स्वास्थ स्वयंसेवकिका,लगायत वैदेशिक रोजगारीमा रहेका परिवारहरुको उपस्थिती रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा सहजकर्ताहरुले वैदेशिक रोजगारले निम्ताएको सामाजिक असर तथा भेदभाव तथा न्यूनीकरणको उपाय ,वैदेशिक रोजगारीले निम्तायको पारिवारिक कलह,बिखण्डन,लगायतका समस्या तथा वैदेशिक रोजगारीले ल्याएको सकारात्मक परिवर्तन र तेसलाइ बदल्न मनोसामाजिक परामर्शको बारेमा सहभागी हरुलाइ जानकारी गराइएको थियो।
अन्तरक्रिया कार्यक्रमलाई सामी मकवानपुर जिल्ला संयोजक अन्जिता थापा मगर,सहजकर्ता मनोपरामर्शदाता बिष्णु वाइवा,बित्तिय साक्षरकर्ता प्रबिणा अर्याल,शुभराज लामा ले विभिन्न विषयमा सहजीकरण गरेका थिय भने सहभागीहरुले पनि आआफ्नो गुनासा तथा समस्या राखेका थिय।
कार्यक्रम लाई नेपाल सरकार श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालय ,स्विस सरकार बिकास सहयोग(एसडिसी),थाहा नगरपालिका ,हेलमटास नेपाल र सामिको सहयोग रहेको छ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220602_134744_683-1654170024.jpg

world-link-1690434568.jpg
अगुवा कृषकहरुलाई व्यावसायिक तरकारी खेती तालिम बज्रवाराहीमा पनि
1713541537780-1713541565.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ६ गते देखि थाहा नगरपालिकाको वडा नम्बर...

थाहाका सामुदायिक बनका पदाधिकारी हरुलाई लेखा व्यवस्थापन तालिम
FB_IMG_1713524470172-1713524481.jpg

सामुदायिक बन उपभोक्ता महासंघ थाहा नगरपालिकाको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा थाहा नगर भित्र रहेका ...

थाहामा तरकारी खेती सम्बन्धि तीन दिने तालिम सुरु,
FB_IMG_1713523539317-1713523554.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ७ देखि थाहा नगरपालिकाको वडा नम्बर ४ मा...

माओवादी केन्द्र पुनरोदयको सन्निकट : ईन्चार्ज बिजय गौतम
1713453864566-1713453890.jpg

हेटौंडा/नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले माओवादी पार्टी...

थाहामा पाँच दिने एकिकृत पाठ्यक्रम सम्बन्धी कार्यशाला सुरु
IMG_20240418_121721_786-1713439276.jpg

थाहा नगरपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी पाँचदिने कार्यशाला सुरु गरिएको छ । थाहा नगरपालिकाको शिक्षा तथा युवा...

शिक्षाकाे गुणस्तर अभिवृद्धिको मागसहित थाहाको उपप्रमुख समक्ष नेविसंघको ज्ञापनपत्र
IMG_20240418_145509_348-1713436511.jpg

नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै देशभरका स्थानीय तहमा ज्ञापनपत्र...

बालबालिकालाई आज र भोलि भिटामिन ए खुवाइँदै
FB_IMG_1713411874078-1713411890.jpg

आजबाट सरकारले बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । आज र भोलि दुई दिन रकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए...

सहकारीहरु प्रणालीमा जादा व्यवस्थापन राम्रो हुन्छ:-जिसस प्रमुख घलान
437360699_134659162603034-1713367537.jpg

सहकारी संघसंस्थाहरुको प्रबर्द्धन तथा नियमनमा प्रभावकारिता ल्याउन तथा सहकारी क्षेत्रको एकीकृत तथ्यांक सिर्जना...

थाहा ३ का महिलाहरुले गाँजा र अल्लो बाट कपडा बनाउन सिक्दै,
FB_IMG_1713365575349-1713365634.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा सुरु भएको छ...