pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

बिसिङ्खेलको अग्निपीडितलाई पालुङ जेसीजको सहयोग 

rahat-1591012354.jpg

शनिबार राती आगलागीमा परी घर, खाद्यान्न, लत्ताकपडासहित सबै सामानहरु जलेपछि पीडामा परेका थाहा नगरपालिका–१० विसिङ्खेलका तीन परिवारलाई पालुङ जेसीजले प्याकेजमा खाद्यान्न वितरण गरेको छ । 

विसिङ्खेलमा तीन तले घर जलेर नष्ट भएपछि उक्त घरमा बस्दै आएका तीन परिवारलाई पालुङ जेसीज वर्ष २०२० का अध्यक्ष मनोज रायमाझीको नेतृत्वमा गएको टोलीले सहयोग प्रदान गरेको हो ।

विसिङ्खेल नै पुगेर प्रदान गरिएको सहयोगअन्तर्गत प्रतिपरिवार २५ किलो चामल, २ प्याकेट नून, २ लिटर तेल र २ किलो दाल रहेको छ । जेसीजले विपतमा परेका मानिसहरुका लागि संचालन गरेको ‘फुड बैंक’ बाट पीडितलाई सहयोग गरेको हो । 

सहयोग कार्यक्रममा पालुङ जेसीजका अध्यक्ष रायमाझी, महासचिब नवराज लामा, कोषाध्यक्ष संगम कार्की, उपाध्यक्षहरु निरज रायमाझी, विक्रम गोपाली, सुजन कार्की, प्रकरण निर्देशक जयराम खत्री, जेसी विनोद थिङ लगायत सहभागी थिए । 

सहयोग हस्तान्तरण कार्यक्रममा पीडित परिवारले जेसीजलाई धन्यवाद दिएका थिए । 

पीडित परिवारमध्ये आगलागीमा परी २८ बर्षीया किरणदेबी गमाल, उनको ८ बर्षीय छोरा जेम्स गमाल र कान्छो छोरा ८ महिनाको आवास गमाल घाइते भएकोमा उनीहरुको काठमाण्डौंमा उपचार भइहेको छ । 

उक्त घटनामा करिव ५० लाख बराबरको क्षति भएको थियो । 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...