janmadarta-1744810195.jpg
Monday, 21 Apr, 2025
krishi2-1744123294.jpg

समाचार

विपन्न दलित सशक्तिकरण कार्यक्रमलाई थप बजेट उपलब्ध हुन्छः मन्त्री मोक्तान

FB_IMG_1717429692790-1717429759.jpg

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले दलित समुदायको अधिकार स्थापित गराउनका लागि ऐन बनाएरै अगाडी बढ्ने तयारी भएको बताउनुभएको छ ।
सोमबार भएको छुवाछूत मुक्त राष्ट्र घोषणा कार्यान्वयनको अवस्था, अवसर र चुनौती विषयक विचार गोष्ठिमा बोल्दै मन्त्री मोक्तानले दलित समुदायको अधिकार सुनिश्चितताको लागि बागमती प्रदेशमा दलित ऐन निर्माण गरेर जाने तयारी भैरहेको बताउनुभएको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै ऐन बनाएर जाने सरकारको कुरा उल्लेख भएको मन्त्री मोक्तानले जानकारी दिनुभयो । मन्त्री मोक्तानले विपन्न दलित समुदायलाई सशक्तीकरण र उद्यमशील बनाउन प्रदेशमा सञ्चालित विपन्न दलित सशक्तिकरण कार्यक्रमलाई थप बजेट उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
संयुक्त दलित संघर्ष समिति हेटौंडाको सहकार्यमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले छुवाछुत मुक्त राष्ट्र घोषणा भएपनि कार्यान्वयन भने फितलो ढंगले भएको प्रति दुःख व्यक्त गरेका छन् । संयुक्त दलित संघर्ष समितिका प्रतिनिधि जंगबहादुर विश्वकर्माले कानुनमा छुवाछुत जघन्य अपराध भनेर उल्लेख गरेतापनि प्रहरी प्रशासनबाटै छुवाछुतका घटना दर्ता गर्न नमान्ने प्रवृति कायम रहेको आरोप लगाउनुभयो । समितिका संयोजक कमल विश्कर्माले छुवाछुत मुक्त घोषणा दिवस र यसको व्यवहारिक कार्यान्वयनको विषयमा कार्यपत्र प्रस्तुत गनुर््भएको थियो । कार्यक्रममा दलित मुक्ति मोर्चाकी कमला विश्वकर्मा, दलित संघकी केन्द्रिय सदस्य पवित्रा विश्वकर्मा, दलित मुक्ति संगठनका सानुभाई विश्वकर्मा, दलित मुक्ति समाजका नारायण रिजाल लगायतले धारणा राख्नुभएको थियो ।

 

chayerog-1733658794.png

world-link-1690434568.jpg
चित्लाङमा आज बाट जिल्ला स्तरीय भलिवल हुँदै
FB_IMG_1745203888091-1745203908.jpg

चित्लाङ्गमा नेपाली काङ्ग्रेसले आफ्ना दिवङ्गत नेतृत्वको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ । नयाँ...

सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो
1745069253635_1-1745069369.jpg

६ बैशाख, हेटौंडा।  नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार...

थाहाका २ हजार ६ सय ८३ बालबालिकालाई भिटामिन ए खुवाइने
FB_IMG_1745069052851-1745069063.jpg

मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’...

गजल मञ्च मकवानपुरको अध्यक्षमा थाहाका संजित श्रेष्ठ
FB_IMG_1745067779943_1-1745067819.jpg

गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन ६ वैशाखमा भएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक...

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
1744764753919-1744764801.jpg

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले कोशी, मधेस,...

युवाको श्रम विदेशमा, देशमा खाली नारा!
1744720502293-1744720612.jpg

विकासको नाममा राजनीतिक दलहरूले वर्षौंदेखि जनतालाई अनेकौं सपना देखाउँदै आएका छन्। संविधान, संघीयता, योजना, बजेट,...

न्यु भिजन एकेडेमीको वार्षिक नतिजा तथा पुरस्कार वितरण सम्पन्न
FB_IMG_1744555717552-1744555737.jpg

थाहा ३ बाघेखोलामा अवस्थित न्यु भिजन एकेडेमीको वार्षिक नतिजा प्रकाशन,पुरस्कार वितरण सहित अभिभावक भेला सम्पन्न...

थाहाको चेतनशिल महिला सहकारी उत्कृष्ट महिला सहकारीमा छनौट
1744553774511-1744553806.jpg

थाहा नगरपालिकाको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै ‘उत्कृष्ट महिला सहकारी’ छनौट भएको छ ।...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रुपैयाँ सदस्यलाई बाँडफाँड
414942559_128855317516752-1744529388.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रकम सदस्यलाई बाँडफाँड...