jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

विनयबाबु स्मृति भलिबल रनिङ सिल्ड वडा नं. १ प्रतिनिधि टिमलाइ

थाहानगर स्तरीय ‘विनयबाबु स्मृति’ अन्तर क्लब रनिङ शिल्ड भलिबल प्रतियोगितको उपाधि थाहा नगरपालिका वडा नम्बर १ प्रतिनिधि टिमले हात पारेको छ । प्रतिनिधि टिमले आयोजक विनयबाबु स्मृति प्रतिष्ठान ‘ए’ लाई पछि पार्दै जित हासिल गरेको हो । 

प्रतियोगितामा आख्रा खेलकुद विकास समितिलाई पछि पार्दै अयोजक विनयबाबु स्मृति प्रतिष्ठान ‘बि’ तेस्रो भएको छ । प्रतियोगिताको विजेता, उप विजेता तथा तेस्रो भएका टिमले क्रमशः नगद ४० हजार, २० हजार र १० हजार रुपियाँ नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।  

१४ टिमको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडी वडा नम्बर १ प्रतिनीधि टिमका बलराम सुवेदि घोषित भए । उनले वेष्ट कप सहित नगद दुई हजार रुपियाँ तथा बेष्ट ब्लकर किरण गिरी, वेष्ट स्पाइक कुशल लो, वेष्ट डिफेन्स कुमार के.सी. र वेष्ट लिफ्टर राजकुमार कर्माचार्य घोषित भए । उनीहरुले एक÷एक हजार रुपियाँ पुरस्कार पाएका छन् ।

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको विशेष आतिथ्य नगर उपप्रमुख खड्ग बहादुर गोपालीको रहेको थियो ।  विनयबाबु स्मृति प्रतिठानका अध्यक्ष विजयबाबु बस्नेतको सभाध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष हेरमान गोपाली, २ नम्बर अध्यक्ष गुप्त बहादुर कार्की तथा वडा सदस्यहरु, संघ संस्थाका प्रमुख एवं प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।  

 याे खबर विकासखबरडटकममा पनि हेर्नसक्नुहुनेछ । 

‘विनयबाबु स्मृति’ भलिबलको उपाधि प्रतिनीधि टिमलाई

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...