Agro-Gif-1-1701226482.gif
Saturday, 09 Dec, 2023
shambhu-1691912419.jpg

समाचार

विधेयक नआउँदै कर्मचारी आन्दोलित

karmachari_nepal-1696297258.jpg

 । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा ऐनको अपनत्व महसुस गर्ने गरी ऐन जारी गर्नुपर्ने माग राख्दै सडक आन्दोलनमा उत्रेका छन्। सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा स्थानीय तहमा कार्यरत कर्मचारीको भावना नसमेटिएको भन्दै कर्मचारी सडक आन्दोलनमा उत्रेका हुन्। 

 

सोमबार स्थानीय तहका कर्मचारीले माइतीघर मण्डलामा विभिन्न माग राख्दै दबाबमूलक आन्दोलन गरेका छन्। सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाकै रहने व्यवस्था गर्नुपर्ने, निजामती कर्मचारीभित्र स्थानीय तहका कर्मचारीलाई पनि समेट्नुपर्ने, सहमतिबिना ७५३ वटै स्थानीय तहमा वैज्ञानिक पूर्वानुमान योग्य चक्रीय प्रणालीमा कर्मचारी सरुवा गरिनुपर्ने, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गरी उचित व्यवस्था गरिनुपर्ने, तीनै तहका कर्मचारीको समान वृत्तिविकास व्यवस्था गर्नुपर्ने माग राखिएको स्थानीय तहमा कार्यरत कर्मचारी सङ्घर्ष समितिले जनाएको छ। 

सङ्घर्ष समिति कोशी प्रदेशका संयोजक छवि ढकालले आफूहरूका माग सुनुवाइ नभए असोज १९ गतेदेखि सबै स्थानीय तहको अत्यावश्यकबाहेकका काम ठप्प पार्ने बताउनुभयो। आइतबारदेखि साङ्केतिक रूपमा आन्दोलनको सुरुवात गरिएको उहाँले बताउनुभयो। 

उहाँका अनुसार स्थानीय तहमा कार्यरत कर्मचारी कल्याण कोषको अनिवार्य व्यवस्था गर्नुपर्ने, स्थानीय तहका कर्मचारीलाई निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत उपलब्ध गराउनुपर्ने, जुनसुकै तहमा बहाल रहे पनि तीनै तहमा हुने परीक्षाको विज्ञापनमा उमेर हद नलाग्ने गरी सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने, स्थानीय तहका कर्मचारीलाई ट्रेड युनियनको अधिकार व्यवस्था गर्नुपर्ने र अस्थायी तथा करार कर्मचारीको उचित व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका छन्। 

अहिले स्थानीय तहमा सङ्घीय सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी समायोजनका क्रममा सङ्घीय सरकारबाट समायोजन भएका कर्मचारी, साबिक स्थानीय निकायबाट स्थानीय तहमा समायोजन भएका कर्मचारी, सङ्घीय लोकसेवामार्फत सम्बन्धित स्थानीय तहले माग गरेका कर्मचारी, प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई कामकाज गरेकोलगायतका विभिन्न प्रकृतिका कर्मचारी कार्यरत रहँदै आएका छन्। 

गत भदौ २१ गते सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा संसद्मा दर्ता गर्ने निर्णय गरे पनि उक्त विधेयकको मस्यौदा अहिलेसम्म संसद्मा दर्ता हुन सकेको छैन। उक्त मस्यौदा अहिले पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले नै नमिलेका केही विषय मिलाउने काम भइरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ

mahotsab123-1701100059.jpg
mahotsab123-1701100250.jpg

world-link-1690434568.jpg
FB_IMG_1698053305963-1698-1698755609.jpg
थाहा आइडल एकल नृत्यमा टप ११ छनौट
thahaaaidal-1701871964.jpg

 थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित थाहा आइडल एकल नृत्यमा बुधबार टप ११ छनौट भएका छन् । टप २०...

थाहा महोत्सवमा आज धोखेबाज हौ गायिका एलिना चौहान आउदै
FB_IMG_1701832148832-1701832163.jpg

‘धोकेबाज हौ तिमी..’ भन्दै किशोरदेखि युवासम्म रोएको भिडियो अहिले टिकटकलगायत सामाजिक सञ्जालमा छ्यापछ्याप्ती...

थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका कृषि उपजहरुको नतिजा सार्वजनिक
upaj1-1701788923.jpg

थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका विभिन्न कृषि उपजहरुको नतिजा...

बसामाडी जेसीजको जेसीज सप्ताह बुधबार देखि
basamadi-1701788272.jpg

 हेटौंडा १९ मंसिर/बसामाडी जेसीजले आग्नो नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध कार्यक्रम सहित...

“संघीयता कमजोर नहुनेगरि स्थानीय तहलाई बलियो बनाउनुपर्छ” :-मन्त्री लामा
1701698058348-1701698128.jpg

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि बहादुर सिं लामाले संघीय व्यवस्था कमजोर नहुने गरि...

जिल्लाका फरक फरक विधामा उत्कृष्टलाई सम्मान,थाहाका रायमाझी र दोङ सम्मानित
1701697619053-1701697641.jpg

जिसस मकवानपुरले आफ्नो वार्षिक समिक्षा कार्यक्रममा फरक फरक विधाका संस्था तथा व्यक्ति गरि १२ जनालाई सम्मान...

भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरले न्यानाे ज्याकेट उपलब्ध गराउने
FB_IMG_1701697166247-1701697177.jpg

ललितपुर । प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख बराबरको न्यानाे ज्याकेट उपलब्ध गराउने भएको...

खेलकुदमा योगदानको कदर गर्दै थाहाका दोङ सम्मानित
FB_IMG_1701673710920-1701673843.jpg

थाहा नगरपालिकाका युवा तथा खेलकुदकर्मी मानसिं दोङ  लाई हेटौंडामा सम्मान गरिएको छ। जिल्ला समन्वय समिति...

थाहाका रायमाझी जिल्लाकै उत्कृष्ट समाजसेवी द्वारा सम्मानित
FB_IMG_1701669331664-1701670144.jpg

थाहा नगरपालिकाका युवा समाजसेवी यादव जंग रायमाझी लाई हेटौंडामा सम्मान गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरको...