pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

विधेयक नआउँदै कर्मचारी आन्दोलित

karmachari_nepal-1696297258.jpg

 । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा ऐनको अपनत्व महसुस गर्ने गरी ऐन जारी गर्नुपर्ने माग राख्दै सडक आन्दोलनमा उत्रेका छन्। सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा स्थानीय तहमा कार्यरत कर्मचारीको भावना नसमेटिएको भन्दै कर्मचारी सडक आन्दोलनमा उत्रेका हुन्। 

 

सोमबार स्थानीय तहका कर्मचारीले माइतीघर मण्डलामा विभिन्न माग राख्दै दबाबमूलक आन्दोलन गरेका छन्। सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाकै रहने व्यवस्था गर्नुपर्ने, निजामती कर्मचारीभित्र स्थानीय तहका कर्मचारीलाई पनि समेट्नुपर्ने, सहमतिबिना ७५३ वटै स्थानीय तहमा वैज्ञानिक पूर्वानुमान योग्य चक्रीय प्रणालीमा कर्मचारी सरुवा गरिनुपर्ने, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गरी उचित व्यवस्था गरिनुपर्ने, तीनै तहका कर्मचारीको समान वृत्तिविकास व्यवस्था गर्नुपर्ने माग राखिएको स्थानीय तहमा कार्यरत कर्मचारी सङ्घर्ष समितिले जनाएको छ। 

सङ्घर्ष समिति कोशी प्रदेशका संयोजक छवि ढकालले आफूहरूका माग सुनुवाइ नभए असोज १९ गतेदेखि सबै स्थानीय तहको अत्यावश्यकबाहेकका काम ठप्प पार्ने बताउनुभयो। आइतबारदेखि साङ्केतिक रूपमा आन्दोलनको सुरुवात गरिएको उहाँले बताउनुभयो। 

उहाँका अनुसार स्थानीय तहमा कार्यरत कर्मचारी कल्याण कोषको अनिवार्य व्यवस्था गर्नुपर्ने, स्थानीय तहका कर्मचारीलाई निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत उपलब्ध गराउनुपर्ने, जुनसुकै तहमा बहाल रहे पनि तीनै तहमा हुने परीक्षाको विज्ञापनमा उमेर हद नलाग्ने गरी सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने, स्थानीय तहका कर्मचारीलाई ट्रेड युनियनको अधिकार व्यवस्था गर्नुपर्ने र अस्थायी तथा करार कर्मचारीको उचित व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका छन्। 

अहिले स्थानीय तहमा सङ्घीय सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी समायोजनका क्रममा सङ्घीय सरकारबाट समायोजन भएका कर्मचारी, साबिक स्थानीय निकायबाट स्थानीय तहमा समायोजन भएका कर्मचारी, सङ्घीय लोकसेवामार्फत सम्बन्धित स्थानीय तहले माग गरेका कर्मचारी, प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई कामकाज गरेकोलगायतका विभिन्न प्रकृतिका कर्मचारी कार्यरत रहँदै आएका छन्। 

गत भदौ २१ गते सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा संसद्मा दर्ता गर्ने निर्णय गरे पनि उक्त विधेयकको मस्यौदा अहिलेसम्म संसद्मा दर्ता हुन सकेको छैन। उक्त मस्यौदा अहिले पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले नै नमिलेका केही विषय मिलाउने काम भइरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...