Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

वाइसीएल,क्रान्तिकारी र प्रगतिशील स्वास्थ्यकर्मीको शुभकामना आदानप्रदान

1729699552102-1729699709.jpg

बागमती प्रदेश राजधानी हेटाैँडामा बुधबार नेपालीहरुको महान पर्व दशैँ, शुभदीपावाली, छठ लगायतका पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको छ । 

नेकपा माओबादी केन्द्र निकट वाईसीएल नेपाल मकवानपुर, अखिल क्रान्तिकारी मकवानपुर र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम भएको हो ।


वाईसीएल नेपाल मकवानपुर अध्यक्ष मुक्ति लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री  कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मोक्तानले शुभकामना ब्यक्त गर्दै वर्तमान सरकारले जनभावना अनुरुप काम गर्न नसकेको बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सदस्य एवम मकवानपुर इन्चार्ज विजय गाैतम, बागमती प्रदेश कमिटी उपाध्यक्ष एवम् प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी(छिन्तु), प्रेस चौतारी नेपाल मकवानपुर अध्यक्ष बालकृष्ण दाहाल, प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरका अध्यक्ष जयराम राय्स्माझीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 


अखिल क्रान्तिकारी मकवानपुर अध्यक्ष बुद्धराज अर्यालले संचालन गरेको कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्यहरु प्रह्लाद लामिछाने, प्रमिला पुलामी (श्रद्धा), मान कुमारी पाख्रीन, प्रदेश कमिटी सदस्यहरु सर्केश घलान, जीवन गोले, शुभरत्न गोले, जिल्ला संयोजक भीम पाख्रीन, सचिब बीरबहादुर घलान (ज्वाला), वाईसीएल केन्द्रिय सचिब सुमन पाख्रीन, जेष्ठ कम्युन मन्चका केन्द्रिय सदस्य रामहरी सुबेदी लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...