bipad-1691926127.jpg
Tuesday, 03 Oct, 2023
379655816_154951827578763-1696297773.jpg

बजार

वर्ल्डलिङ्कको नयाँ योजना, अब भने जति इन्टरनेट स्पिड नभए ग्राहकको पैसा फिर्ता गर्ने

FB_IMG_1687664262835-1687664276.jpg

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले ‘मनी ब्याक ग्यारेन्टी’ नामक नयाँ सुविधा सुरु गरेको छ । भनेजस्तो गुणस्तरीय सेवा दिन नसके पैसा फिर्ता दिने सुनिश्चितता सहित कम्पनीले शुक्रबार यस्तो प्रोडक्ट सार्वजनिक गरेको हो ।

प्रतिवद्धता जनाए अनुसारको गुणस्तरीय सेवा र स्पिड ग्यारेन्टी गर्न यस्तो प्रोडक्ट ल्याइएको वर्ल्डलिङ्कले जनाएको छ ।

“यसरी मनी ब्याक ग्यारेन्टी गर्ने वर्ल्डलिङ्क नेपालकै पहिलो इन्टरनेट सेवाप्रदायक कम्पनी हो,” कम्पनीले भनेको छ । ग्राहकले वर्ल्डलिङ्कको इन्टरनेट सेवा प्रयोग गरिरहँदा कुनै समस्या आए कम्पनीमा गुनासो टिपाउन सक्नेछन् ।

गुनासो टिपाउँदा समेत उक्त समस्या समाधान भएन अथवा कम्पनीको सेवा चित्त बुझ्दो भएन भने बाँकी दिन बराबरको रकम फिर्ता पाउन सकिने बताइएको छ । हाल यस किसिमको सेवा देशका विभिन्न ५३ ओटा स्थानमा उपलब्ध गराइएको छ ।
त्यसो त यसअघि देखि नै कम्पनीले ‘तुरुन्तै’ नामक सुविधा समेत दिइरहेको छ । जसमा कुनै कारण इन्टरनेट नचले वा सेवा अवरुद्ध भए सो समय बराबरको अवधि प्याकेजमा थप गरिदिने व्यवस्था मिलाइएको छ ।

तर ‘मनी ब्याक ग्यारेन्टी’ भने समस्या समाधान गर्न नसकेको अवस्थामा अर्थात चित्त बुझ्दो नलागेर वर्ल्डलिङ्कको सेवा प्रयोग गर्न नचाहने ग्राहकको हकमा यो लागू हुनेछ ।

उदाहरणको लागि तपाईंले १६ हजार ६०० रुपैयाँ पर्ने ३०० एमबीपीएस गतिको एक वर्षको इन्टरनेट प्याकेज लिनु भएको छ र जडान गरेको तीन महिना जति मात्रै भएको छ भने कम्पनीले चित्त बुझ्दो सेवा दिन नसकेको अवस्थामा यो सुविधा प्राप्त गर्न सकिनेछ ।

यस्तो अवस्थामा तपाईंले नौ महिनाको ११ हजार ७०० रुपैयाँ तपाईंले फिर्ता पाउनु हुनेछ । यद्यपि यसरी पैसा फिर्ता लिन यो सुविधा उपलब्ध कम्पनीको नजिकैको कार्यालयमा जानु पर्ने हुन्छ ।

राउटर तथा नेटटिभी बक्स बुझाउनु पर्ने भएकाले कार्यालयमै आउनु पर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यो सुविधा २०० एमबीपीएस भन्दा माथिको प्याकेजका लिएका ग्राहकका लागि मात्रै उपलब्ध हुने बताइएको छ ।

368434171_615037517201311-1692942851.jpg
shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
नेपालगन्जमा कर्फ्युको बीच झडप,सेना परिचालन
1696334610311-1696334626.jpg

    रुपन्देही । बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।...

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प
1696332919703-1696332933.jpg

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा...

धादिङमा पुलबाट त्रिशुली नदीमा हामफाली एकजना बेपत्ता
IMG-3905-1696316736.jpg

धादिङको गजुरी गाउपालिका वडा न.५ घाटबेशी स्थित नयाँपुलबाट त्रिशुली नदीमा हामफाली एक जना बेपत्ता भएका छन् । सोमबार...

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
FB_IMG_1696296011995-1696301579.jpg

                  १६ असोज, हान्झाउ । १६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली...

विधेयक नआउँदै कर्मचारी आन्दोलित
karmachari_nepal-1696297258.jpg

 । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा...

ग्यासमा कर दक्षिण एसियाकै उच्च
FB_IMG_1696296926918-1696296938.jpg

ग्यासमा कर दक्षिण एसियाकै उच्च  अर्थ, कर्पाेरेट, ब्यानर, खुला, राष्‍ट्रिय   लक्ष्मी सापकोटा शेयर...

देशको एक दुई स्थानमा भारी बर्षाको सम्भावना
FB_IMG_1691910023736-1693-1696296620.jpg

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर...

एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
FB_IMG_1696296011995-1696296027.jpg

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ ।...

थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...