jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

वर्ल्डलिङ्कको नयाँ योजना, अब भने जति इन्टरनेट स्पिड नभए ग्राहकको पैसा फिर्ता गर्ने

FB_IMG_1687664262835-1687664276.jpg

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले ‘मनी ब्याक ग्यारेन्टी’ नामक नयाँ सुविधा सुरु गरेको छ । भनेजस्तो गुणस्तरीय सेवा दिन नसके पैसा फिर्ता दिने सुनिश्चितता सहित कम्पनीले शुक्रबार यस्तो प्रोडक्ट सार्वजनिक गरेको हो ।

प्रतिवद्धता जनाए अनुसारको गुणस्तरीय सेवा र स्पिड ग्यारेन्टी गर्न यस्तो प्रोडक्ट ल्याइएको वर्ल्डलिङ्कले जनाएको छ ।

“यसरी मनी ब्याक ग्यारेन्टी गर्ने वर्ल्डलिङ्क नेपालकै पहिलो इन्टरनेट सेवाप्रदायक कम्पनी हो,” कम्पनीले भनेको छ । ग्राहकले वर्ल्डलिङ्कको इन्टरनेट सेवा प्रयोग गरिरहँदा कुनै समस्या आए कम्पनीमा गुनासो टिपाउन सक्नेछन् ।

गुनासो टिपाउँदा समेत उक्त समस्या समाधान भएन अथवा कम्पनीको सेवा चित्त बुझ्दो भएन भने बाँकी दिन बराबरको रकम फिर्ता पाउन सकिने बताइएको छ । हाल यस किसिमको सेवा देशका विभिन्न ५३ ओटा स्थानमा उपलब्ध गराइएको छ ।
त्यसो त यसअघि देखि नै कम्पनीले ‘तुरुन्तै’ नामक सुविधा समेत दिइरहेको छ । जसमा कुनै कारण इन्टरनेट नचले वा सेवा अवरुद्ध भए सो समय बराबरको अवधि प्याकेजमा थप गरिदिने व्यवस्था मिलाइएको छ ।

तर ‘मनी ब्याक ग्यारेन्टी’ भने समस्या समाधान गर्न नसकेको अवस्थामा अर्थात चित्त बुझ्दो नलागेर वर्ल्डलिङ्कको सेवा प्रयोग गर्न नचाहने ग्राहकको हकमा यो लागू हुनेछ ।

उदाहरणको लागि तपाईंले १६ हजार ६०० रुपैयाँ पर्ने ३०० एमबीपीएस गतिको एक वर्षको इन्टरनेट प्याकेज लिनु भएको छ र जडान गरेको तीन महिना जति मात्रै भएको छ भने कम्पनीले चित्त बुझ्दो सेवा दिन नसकेको अवस्थामा यो सुविधा प्राप्त गर्न सकिनेछ ।

यस्तो अवस्थामा तपाईंले नौ महिनाको ११ हजार ७०० रुपैयाँ तपाईंले फिर्ता पाउनु हुनेछ । यद्यपि यसरी पैसा फिर्ता लिन यो सुविधा उपलब्ध कम्पनीको नजिकैको कार्यालयमा जानु पर्ने हुन्छ ।

राउटर तथा नेटटिभी बक्स बुझाउनु पर्ने भएकाले कार्यालयमै आउनु पर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यो सुविधा २०० एमबीपीएस भन्दा माथिको प्याकेजका लिएका ग्राहकका लागि मात्रै उपलब्ध हुने बताइएको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...