Monday, 29 Apr, 2024
बजार

वर्ल्डलिङ्कको इन्टरनेट जोड्ने तथा नवीकरण गर्ने ग्राहकलाई इयरबड खरिदमा ५० प्रतिशत छुट!

250-x-250_CsvBw8lokA-1697297404.gif

 

 

। इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कका ग्राहकले बोट ब्राण्डको इयरबड खरिदमा ५० प्रतिशत छुट पाउने भएका छन् । कम्पनीले तीन वा १२ महिनाको इन्टरनेट प्याकेज नवीकरण गर्ने वा ​वर्ल्डलिङ्कको इन्टरनेट जडान गर्ने नयाँ ग्राहकलाई ‘एयरडप्स १७०’ (Airdopes 170) आधा मूल्यमा उपलब्ध गराउने जानकारी दिएको हो ।

यस अन्तर्गत ग्राहकले बोटको याे इयरबड १६ सय ९९ रुपैयाँमा खरिद गर्न सकिनेछ । यसको बजार मूल्य भने तीन हजार २९९ रुपैयाँ रहेको छ ।

इन्टरनेट नवीकरण गरिसकेपछि वा नयाँ इन्टरनेट जडान गरेपछि वर्ल्डलिङ्कको शाखा कार्यालयमा पुगेर ‘एयरडप्स १७०’ खरिद गर्न सकिने छ । 

कस्तो छ ‘एयरडप्स १७०’ ?

बोटका अनुसार यो इयरबडको ब्याट्री ब्याकअप ५० घण्टाको छ । त्यस्तै १० मिनेट चार्ज गरेको भरमा तीन घण्टा प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।

फोन कलको आवाज प्रस्ट सुन्न यसमा एन एक्स टीएम प्रविधिको प्रयोग गरिएको छ । यसमा चार ओटा माइक्रोफोन रहेका छन् । यसमा भएको बिस्टटीएम (BEASTTM) मोडको सहायताले अडियो ५० एमएसभन्दा कम लेटेन्सीमा सिन्न सकिने कम्पनीले उल्लेख गरेको छ । 

कम्पनीका अनुसार यसमा रहेको १३ एमएम स्पिकरले स्तरीय अडियोको सेवा दिनेछ । ब्लुटुथ भर्सन ५.३ मा आधारित यो इयरबडले आईपीएक्स ४ रेटिङ पाएको छ । १० मिटरको दूरीसम्म सपोर्ट गर्ने यो इयरबडको केसमा ४७० एमएएच क्षमताको ब्याट्री र प्रति इयरबडमा ४० एमएएच क्षमताको ब्याट्री रहेको छ । यसले टाइप-सी चार्जिङ सिस्टम सपोर्ट गर्ने बताइएको छ । 

१ अक्टोबरदेखि सुरु भएको यो अफर कहिलेसम्म लागू हुन्छ भन्नेबारे कम्पनीले केही खुलाएको छैन । वर्ल्डलिङ्कका ग्राहक बाहेक अन्य प्रयोगकर्ताले सोही छुट रकममा यो इयरबड खरिद गर्न सक्ने छैनन् ।

कम्पनीका अनुसार तीन महिनाको इन्टरनेट रिन्यु गर्ने ग्राहकले एउटा र १२ महिनाको रिन्यु गर्ने प्रयोगकर्ताले दुई जोडी इयरबड सोही छुट रकममा खरिद गर्न सक्नेछन् ।

 

 


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...