Friday, 03 May, 2024
समाचार

वडाबाटै बृद्ध भत्ता पाउँदा मकवानपुरगढीका ज्येष्ठ नागरिक खुशी, भन्छन “स्थानीय सरकार घर घरमा आएको जस्तो भयो”

1706891870537-1706891883.jpg

हेटौडा ।  सामाजिक सुरक्षा भत्ता बापतको रकम मकवानपुरगढी गाउँपालिकाले वडाबाट वितरण गरे पछी  ज्येष्ठ नागरिक उत्साहित बनेका छन । मकवानपुरगढी गाउँपालिकाको –  ८ वटै वडाहरु मध्ये पहिलो चरणको वडाबाट भत्ता वितरण कार्यक्रम हिजो सम्पन्न भएको छ । जस अन्तर्गत वडा नम्बर – ८ मा  गत माघ- ४ गते र वडा नम्बर- १ मा हिजो बिहिबार नै वडा स्तरबाट भत्ता वितरणको काम सम्पन्न भैसकेको मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताउनु भयो । हिजो वडा नम्बर- १ मा घुम्ति शिविर मार्फत मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा अध्यक्ष आईत सिह लो को हात बाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

सुरुवात चरणमा गाउँपालिकाको केन्द्रमा रहेको नबिल बैंकसम्म आउन जान वृद्ध वृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि भौगोलिक रुपमा टाढा र बिकट मानिएको मकवानपुरगढी गाउँपालिका भित्रका ८ वटा वडाहरु मध्ये वडा नम्बर- ८ र वडा नम्बर- १ का सामाजिक सुरक्षा भत्ता लाभग्राहिहरुलाई वडा स्थरबाट सेवा दिने कामको सुरुवात गरेको र वडा बाट सामाजीक सुरक्षा भत्ता वितरणको काम हिजो बिहिबार  १ नम्बर  वडामा सम्पन्न भइसकेको स्याङ्तानले बताउनु भयो ।  

हिजो भएको वडा स्तरीय सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम मार्फत २०३ जना लाभग्राही मध्ये  १८३ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता रकम बुझेको पञ्जिकरण शाखा प्रमुख रघुनाथ हुमागाईले बताए ।
हेटौडा उपमहानगरपालिकासंग जोडिएको नजिकको पालिका भएता पनि यस गाउँपालिकाका केही वडाहरु विकट र दुर्गममा रहेकाले बिषेश गरी अहिले दोस्रो किस्ता अन्तर्गत वडा नम्बर - १ र वडा नम्बर – ८ लाई विशेष प्राथिमकतामा राखेर बैंक मार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको र बाकि रहेको वडाका लाभ ग्राहीहरुलाई नबिल बैंक मक्रान्चुली शाखा बाट वितरण भईरहेको  र बिस्तारै यो बर्ष भित्र सबै वडाका लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता वडा स्तरबाट वितरण गरिने हुमागाँईले बताए ।

वडाबाट बैंकमा भत्ता लिन पालिका सम्म आउन जान निकै कठिन हुने गरेको र झन धेरै मोटर भाडा लाग्ने गरेकोले अब आफुहरुले वडा वडाबाटै भत्ता बुझ्न पाएपछि वडा नम्बर- १ का लाभाग्राहिहरुको मुहारमा खुसि झल्किएको छ । पालिका संगै रहेको नबिल बैंकमा घण्टौँसम्म लाइन लागेर वृद्धा भत्ता बुझ्न आउनु भएका -  १ नम्बर का पुर्व  वडा अध्यक्ष  मान बहादुर घिसिङ्ग  यस आर्थिक वर्षको दोस्रो   त्रैमासिक  भत्ता वडाबाटै बुझ्न  पाउँदा निकै उत्साहित हुदै उनले पालिका र जनप्रतिनिधिलाई धन्यवाद दिए । साथै “निर्वाचनका बेला भोट माग्न आउँदा वृद्धा भत्ता वडा वडाबाट दिन्छौँ भन्थे, त्यतिबेला आफूलाई पट्कै विश्वास लागेको थिएन, अहिले भने निर्वाचनमा मतदातासँग गरेका प्रतिवद्धता अनुसार नै काम गरेकामा निकै खुशी लागेको र   वडा वडाबाट वृद्धा भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर घरमा आएको जस्तो र महसस भएको पनि  घिसिङ्गले   बताए । 

भत्ता वितरण कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान ,वडा अध्यक्ष आईत सिह लो , पन्जिकरण शाखा प्रमुख रघुनाथ हुमागाई , एम आई एस अपरेटर मनोज देबकोटा , सचिब अर्जुन चौलागाई बैकका कर्मचारी , प्रहरी लगाएतको उपस्थिति रहेको थियो ।


world-link-1690434568.jpg
स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...