jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

सिमभन्ज्याङमा प्रतीक्षालय शिलान्यास

s1-1632049524.jpg

हाल नगरमा नै दोस्रो स्थानमा क्रियाशिल रहेको सिमभन्ज्याङ बजार ब्यबस्थापन समितिले आज  एक कार्यक्रम राखी वडाध्यक्ष दिपक सिं लामाको बिशेष आतिथ्यमा प्रतीक्षालय भवनको  शिलान्यास गरेको  छ।कार्यक्रममा बोल्दै वडाध्यक्ष दिपक सिं लामाले प्रतीक्षालय निर्माणमा आवश्यक पर्ने प्राबिधिक र नपुग बजेटको लागि आफुले सहयोग गर्ने प्रतिबद्धता राख्नुभयो।
     
त्यसैगरी  कार्यक्रममा माओबादी केन्द्र  जिल्ला समन्वय समितिको सदस्य तथा करुणाभुमी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष  बिनोद कुमार लामाले बजार ब्यबस्थापन समितिले गरेको प्रयत्नको  प्रसंशा गर्दै बधाई  दिनुभयो र नयाँ घर-टहरा आफुखुसी नबनाउन अनि जथाभावी  रुखबिरुवा नकाट्न पनि सजग गराउनुभयो।  

उक्त प्रतीक्षालयले बस कुरुवा,पर्यटक,बटुवा र बसिफाँट मा।वि।मा अध्यन गर्न जाने  विद्यार्थीहरुलाई बिशेष सेवा( सुबिधा दिने र बजार क्षेत्र पनि सुन्दर देखिने बजार ब्यबस्थापन समितिको अध्यक्ष तथा कार्यक्रमको सभापतित्व  ग्रहण गरेका   डेनिलाल श्रेष्ठले कार्यक्रममा जानकारी गराए। कार्यक्रमले औपचारिकता पाएपछि सिमभन्ज्याङ क्षेत्रमा निर्मित  पुनः प्रयोगमा आउन सक्ने वस्तुहरुलाई छुटाई राख्ने टहरा (सेग्रीगेसन हाउस) को स्थितिको बारेमा पनि वडाध्यक्षलाई स्थलगत अनुगमन गराए अनि  बाकी स्थानहरूमा गर्न सकिने भावी योजनाहरुको सम्बन्धमा पनि जानकारी गराउदै  सहयोगको लागि पनि अनुरोध गरे। साथै समाज बिकासको निम्ति स्थानीयहरुलाई एकजुट हुन अपील  गरे।

कार्यक्रममा माओवादी पार्टी केन्द्र टोल समितिका संयोजक दावा शेर्पा,स्थानीय प्रहरी प्रशासनका प्रमुख अ.स.ई.ध्रुव प्रसाद शाह,सिमभन्ज्याङ चर्चका पादरी जित।ब।थोकर लगायत स्थानीयहरुको उल्लेख्य उपस्तिथि रहेको थियो।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...