pani-1786865868.jpg
Tuesday, 18 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

वक्यौता संकलन र चुहावट नियन्त्रण गर्न सक्रिय बन्दै पालुङ वितरण केन्द्र 

cover-1630823430.jpg

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले वक्यौता संकलन तथा चुहावट नियन्त्रण अभियानलाई सक्रियतासाथ अगाडी बढाएको छ ।
नेपाल विद्युत प्राधिकरणले वक्यौता महशुल संकलन तथा चुहावट नियन्त्रण गर्न अभियान  संचालन गरे सँगै पालुङ वितरण केन्द्रलेपनि  अभियान शुरु गरेको हो । 
पालुङ वितरण केन्द्रको डेढ करोड भन्दा बढी बक्यौता उठ्न बाँकी भएकाले ६० दिन भन्दा बढी दिन भन्दा लामो समयको बक्यौता नतिर्ने ग्राहकको लाईन काट्न शुरु गरिएको हो । यस साता मात्र ३ दर्जन भन्दा बढी ग्राहकको लाईन काटि सकिएको र जस मध्ये धरै ग्राहकले महशुल भुक्तानी गरि लाईन जोडाईसकेको पालुङ वितरण केन्द्रका प्रमुख विनोद अधिकारीले बताए । 
पालुङ वितरण केन्द्रले चुहावट नियन्त्रणकालागि टोली परिचालन गरेको र उक्त टोलीले हुकिङ्ग नियन्त्रण,मिटर छड्के तथा रि–सिलिङ्ग कार्यलाई तिव्र बनाएको छ । यस साता मात्र थाहा नगरपालिकाका विभिन्न क्षेत्रबाट अनाधिकृत रुपमा विद्युत चुहावट गर्नेहरुबाट विद्युतिय सामाग्री समेत समातिएको पनि केन्द्र प्रमुख अधिकारीले वताए । .
पालुङ वितरण केन्द्रकोे प्राविधिक र अप्राविधिक गरि २६ प्रतिशत चुहावट रहेको र अब दुबै खाले चुहावट न्यूनिकरण गर्न कार्य योजना बनाएर कार्यालय लागेको कार्यालयले जनाएको छ । 
विद्युत प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्ती भए सँगै वक्यौता संकलन र चुहावट नियन्त्रण गर्न मातहातका कार्यालयलाई निर्देशन भए अनुसार अहिले देशव्यापी अभियान संचालन भईरहेको छ । 
 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...