jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

लोपोन्मुख वनकरिया सहित उद्यमीलाई ग्रिन फाउन्डेशनको ब्यबसायिक योजना तालिम

1709182911937-1709183063.jpg

हेटौंडा, १७ फागुन
मकवानपुरको मनहरी गाउँपालिकामा रहेका लोपोन्मुख वनकरिया समुदाय बजारिकण सहित हेटौंडामा रहेका महिला उद्यमीहरुलाई ग्रिन फाउन्डेशन नेपालले (जिएफएन) ब्यबसायिक योजना बनाउने तालिम प्रदान गरेको छ । ग्रिन फाउन्डेशन नेपालले वनमा आधारित उद्यमहरुको दिगो विकास र ब्यबस्थापन गर्दै समुदायलाई वनबाट आयमा जोड्ने उदेश्य सहित ब्यबसायिक योजनाको तालिम दिएको हो । 
३ दिने तालिमको समापनमा बोल्दै बागमती प्रदेशसभा सदस्य एबम सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी निबर्तमान अध्यक्ष भारती पाठकले वनबाट समृद्धी सम्भब भएको भन्दै वनमा आधारित उद्यम विकासको लागि यस्ता तालिमले सहयोग गर्ने बताउनुभयो । उहाँले महिलाहरुलाई प्राकृतिक स्रोतको अधिकारमा जोड्दै उद्यमी बनाउनको लागि वनमा आधारित उद्यमको भुमिका महत्वपुर्ण रहेको जनाउनुभयो । सांसद पाठकले महिलाहरुलाई उद्यमसंगै उत्कृष्ट ब्यबसाय गर्नको लागि आफ्नो साथ र सहयोग रहेको समेत स्पष्ट पार्नुभयो । वनमा आधारित उद्यम र खेर गएको वडिबुटीहरुलाई उचित ब्यबस्थापन गर्नको लागि नीतिगत सुधारको लागि समेत पहल गर्ने जनाउनुभयो ।
 संस्थाले देशभरबाट सामुदायिक वनमा आधारित उद्यमीलाई स्थापित गराउने अभियान अन्तर्गत मकवानपुरमा रहेका महिला उद्यमीहरुलाई तालिम दिएको संस्थाका अध्यक्ष घनश्याम पांडेले जानकारी दिनुभयो । उहाँको अनुसार समुदायमा रहेका विपन्न, लोपोन्मुख र महिलाहरुलाई वन ब्यबस्थापन गर्दै उद्यमी बनाउनको लागि संस्थाले यो अभियान चलाएको हो । अध्यक्ष पांडेले अबको केही बर्षमा नै प्रतिफल देखिने गरी काम गरिएको समेत प्रष्ट्याउनुभयो । मकवानपुरमा रहेको लोपोन्मुख वनकरियाको जिवनयाजन वनमा आधारित भएको र हाल उहाँहरुले ब्यबस्थापन र प्रयोग गर्दै आउनुभएको मसिने—शान्ती सामुदायिक वन मध्यवर्ती क्षेत्रमा परेपछी बैकल्पिक रुपमा आयआर्जनको लागि सुरु गरिएको वनकरिया—चेपाङ महिला साबुन उद्योगलाई उचाईमा पु¥याउदा त्यहाँको समुदायको अबस्थामा देखिने सुधार आउने उहाँको भनाई छ । त्यसैगरी हेटौंडामा रहेका र उत्पादन भैरहेका काष्ठ हस्तकला, गुन्द्रुक—मस्यौरा, दुना टपरी लगाएत सबै उत्पादनहरुको लागि बजारिकरण गर्न ब्यबसायिक तालिमले सहयोग गर्ने उहाँले बताउनुभयो ।
तालिममा सहभागी हुनुभएको वनकरिया—चेपाङ महिला साबुन उद्योगकी संचालक सन्तोषी वनकरियाले बिगतको तालिमबाट साबुन कसरी बनाउने भन्नेबारे सिकेको भएपनी ग्रिन फाउन्डेशनको तालिमले योजना बनाएर बजारमा जान सहयोग गरेको बताउनुभयो । 
त्यसैगरी बिगत १० बर्षदेखी काष्ठ हस्तकला उद्योग संचालन गर्दै आउनुभएकी हेटौंडा—५ की बिष्णु राईले ब्यबसायिक योजनाबिना हालसम्म गरेको ब्यबसायले चित्तबुझ्दो मुनाफा हुन नसकेको बताउदै यस तालिमले आगामी बाटो प्रष्ट्याएको जनाउनुभयो ।
 तालिममा काष्ठ हस्तकला, गुन्द्रुक, दुना—टपरी र साबुन उत्पादन गरिरहेका महिलाहरुको सहभागिता रहेको थियो भने तालिमलाई ग्रिन फाउन्डेशन नेपालका उद्यम विकास अधिकारी बासुदेब घिमिरेले सहजिकरण गर्नुभएको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...