Friday, 03 May, 2024
समाचार

लोपोन्मुख वनकरिया सहित उद्यमीलाई ग्रिन फाउन्डेशनको ब्यबसायिक योजना तालिम

1709182911937-1709183063.jpg

हेटौंडा, १७ फागुन
मकवानपुरको मनहरी गाउँपालिकामा रहेका लोपोन्मुख वनकरिया समुदाय बजारिकण सहित हेटौंडामा रहेका महिला उद्यमीहरुलाई ग्रिन फाउन्डेशन नेपालले (जिएफएन) ब्यबसायिक योजना बनाउने तालिम प्रदान गरेको छ । ग्रिन फाउन्डेशन नेपालले वनमा आधारित उद्यमहरुको दिगो विकास र ब्यबस्थापन गर्दै समुदायलाई वनबाट आयमा जोड्ने उदेश्य सहित ब्यबसायिक योजनाको तालिम दिएको हो । 
३ दिने तालिमको समापनमा बोल्दै बागमती प्रदेशसभा सदस्य एबम सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी निबर्तमान अध्यक्ष भारती पाठकले वनबाट समृद्धी सम्भब भएको भन्दै वनमा आधारित उद्यम विकासको लागि यस्ता तालिमले सहयोग गर्ने बताउनुभयो । उहाँले महिलाहरुलाई प्राकृतिक स्रोतको अधिकारमा जोड्दै उद्यमी बनाउनको लागि वनमा आधारित उद्यमको भुमिका महत्वपुर्ण रहेको जनाउनुभयो । सांसद पाठकले महिलाहरुलाई उद्यमसंगै उत्कृष्ट ब्यबसाय गर्नको लागि आफ्नो साथ र सहयोग रहेको समेत स्पष्ट पार्नुभयो । वनमा आधारित उद्यम र खेर गएको वडिबुटीहरुलाई उचित ब्यबस्थापन गर्नको लागि नीतिगत सुधारको लागि समेत पहल गर्ने जनाउनुभयो ।
 संस्थाले देशभरबाट सामुदायिक वनमा आधारित उद्यमीलाई स्थापित गराउने अभियान अन्तर्गत मकवानपुरमा रहेका महिला उद्यमीहरुलाई तालिम दिएको संस्थाका अध्यक्ष घनश्याम पांडेले जानकारी दिनुभयो । उहाँको अनुसार समुदायमा रहेका विपन्न, लोपोन्मुख र महिलाहरुलाई वन ब्यबस्थापन गर्दै उद्यमी बनाउनको लागि संस्थाले यो अभियान चलाएको हो । अध्यक्ष पांडेले अबको केही बर्षमा नै प्रतिफल देखिने गरी काम गरिएको समेत प्रष्ट्याउनुभयो । मकवानपुरमा रहेको लोपोन्मुख वनकरियाको जिवनयाजन वनमा आधारित भएको र हाल उहाँहरुले ब्यबस्थापन र प्रयोग गर्दै आउनुभएको मसिने—शान्ती सामुदायिक वन मध्यवर्ती क्षेत्रमा परेपछी बैकल्पिक रुपमा आयआर्जनको लागि सुरु गरिएको वनकरिया—चेपाङ महिला साबुन उद्योगलाई उचाईमा पु¥याउदा त्यहाँको समुदायको अबस्थामा देखिने सुधार आउने उहाँको भनाई छ । त्यसैगरी हेटौंडामा रहेका र उत्पादन भैरहेका काष्ठ हस्तकला, गुन्द्रुक—मस्यौरा, दुना टपरी लगाएत सबै उत्पादनहरुको लागि बजारिकरण गर्न ब्यबसायिक तालिमले सहयोग गर्ने उहाँले बताउनुभयो ।
तालिममा सहभागी हुनुभएको वनकरिया—चेपाङ महिला साबुन उद्योगकी संचालक सन्तोषी वनकरियाले बिगतको तालिमबाट साबुन कसरी बनाउने भन्नेबारे सिकेको भएपनी ग्रिन फाउन्डेशनको तालिमले योजना बनाएर बजारमा जान सहयोग गरेको बताउनुभयो । 
त्यसैगरी बिगत १० बर्षदेखी काष्ठ हस्तकला उद्योग संचालन गर्दै आउनुभएकी हेटौंडा—५ की बिष्णु राईले ब्यबसायिक योजनाबिना हालसम्म गरेको ब्यबसायले चित्तबुझ्दो मुनाफा हुन नसकेको बताउदै यस तालिमले आगामी बाटो प्रष्ट्याएको जनाउनुभयो ।
 तालिममा काष्ठ हस्तकला, गुन्द्रुक, दुना—टपरी र साबुन उत्पादन गरिरहेका महिलाहरुको सहभागिता रहेको थियो भने तालिमलाई ग्रिन फाउन्डेशन नेपालका उद्यम विकास अधिकारी बासुदेब घिमिरेले सहजिकरण गर्नुभएको थियो ।


world-link-1690434568.jpg
गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...