jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

लेकाली बसिफाँटकाे अभिभावक भेला, व्यवस्थापन समिति पुनर्गठन

257452810_511197963883123-1637024111.jpg

लेकाली बसिफाँट माविको अभिभावक भेलाबाट विद्यालय व्यस्थापन समिति पुर्नगठन गरिएको छ ।
भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानाको प्रमुख आतिथ्यतामा भएको भेलाले अभिभावकको तर्फबाट ४ जना छनोट गरी विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरेको हो ।
समितिमा अभिभावकको तर्फबाट भरत रुम्बा, डेनीलाल श्रेष्ठ, बिनु रुम्बा र सम्झना गोले रहेका छन् ।
समितिमा वडाध्यक्ष प्रकाश पुडाशैनी पदेन सदस्य रहेका छन् भने सदस्य सचिवमा प्रअ एल.एल. मण्डल छन् ।
शिक्षा नियमावली अनुसार अब समितिको बैठक बसेर अध्यक्ष चयन गरिने प्रअ मण्डलले जानकारी दिए ।
त्यसैगरी बुद्धिजीवीरशिक्षाप्रेमीको तर्फबाट विनोदकुमार लामा, महिला सदस्य बिष्णुमाया रुम्बालाई समितिमा मनोनित गरिएको छ ।
विद्यालयमा भएको भेला कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले सबैको सकारात्मक योगदानबाट विद्यालयलाई विद्यालयजस्तो बनाउन सकिने र बालबालिकाको भविष्यको रेखा कोरिने बताईन् ।
समिति अध्यक्ष विनोदकुमार लामाको अध्यक्षतामा भएको भेलामा गाउँपालिका शिक्षा संयोजक गोविन्दप्रसाद चौलागाइ, जाइटी नेपालका प्रवन्धक श्रीबहादुर केसी, अभिभावक शिवराज रुम्बा, सीताराम रुम्बा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने आमन्त्रितहरुलाई विद्यालयका प्रअ मण्डलले स्वागत गरेका थिए ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...