pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

लायन्स बर्ष सम्मान सहित लायन्स र लियो क्लव अफ थाहा पिसको ९ औँ पदस्थापन सम्पन्न

FB_IMG_1770219071079-1770219085.jpg

थाहा नगरमा सामाजिक सेवामा सक्रिय  लायन्स क्लव लायन्स क्लव अफ थाहा पिसको वर्ष २०२५/०२६ का लागि ९ औँ पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। पदस्थापन कार्यक्रममा अनित विष्ट अध्यक्ष पदमा निर्विरोध चयन भई पदस्थापन हुनुभएको हो।
नव–पदस्थापित कार्यसमितिमा प्रथम उपाध्यक्षमा निरज रायमाझी, द्वितीय उपाध्यक्षमा दिपेन्द्र कुमार थिङ, सचिवमा दिपक कार्की, कोषाध्यक्षमा नविना विष्ट, मेम्बरसिप चियरपर्सनमा माधव कार्की तथा एलसिआईएफ को–अर्डिनेटरमा अनन्त ढकाल रहनुभएको छ। सबै पदाधिकारीलाई डिस्ट्रिक्ट गभर्नर धनिराम बरालले पदस्थापन गराउनुभयो।
त्यसै कार्यक्रममा लियो क्लव अफ थाहा पिसको पनि ९ औँ पदस्थापन सम्पन्न भएको छ। लियो क्लवको अध्यक्षमा विनिता वाईबा पदस्थापित हुनुभएको छ। यस्तै प्रथम उपाध्यक्षमा सितल बिष्ट, द्वितीय उपाध्यक्षमा स्मिता विष्ट, सचिवमा बिराज बिष्ट, कोषाध्यक्षमा सृष्टि गोपाली तथा सह–सचिवमा मञ्जरी अधिकारी पदस्थापन हुनुभएको हो।
कार्यक्रम लायन्स क्लव थाहाका अध्यक्ष सत्यदेवी स्याङ्तानको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर धनिराम बरालको विशेष आतिथ्यता रहेको थियो। साथै लायन्स क्लव थाहाका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, लियो अध्यक्ष शिशिर कुमार खत्री, डिस्ट्रिक्ट गभर्नर प्रथम महिला बिष्णु बराल, लायन्स डिस्ट्रिक्ट ३२५ बि नेपालका महेन्द्र पौडेल, गिरधारी शर्मा भुषाल, बलराम सुवेदी, शिवराज आचार्य, माधव पाण्डे, दिपक आचार्यलगायत लायन्स तथा लियोका पूर्व अध्यक्षहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अवसरमा थाहा नगरपालिका भित्र विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थालाई ‘लायन्स वर्ष सम्मान’ प्रदान गरिएको छ।
सम्मानित हुनेमा स्वास्थ्य तर्फ थाहा–१० की महिला स्वास्थ्य स्वयंसेविका श्यामा बस्नेत र पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक समाज गोपाली, कृषि तर्फ थाहा–२ का उमेश श्रेष्ठ र थाहा–६ का कृष्ण महर्जन, खेलकुद तर्फ थाहा–५ का कराते प्रशिक्षक तथा रेफ्री मानसिं दोङ र थाहा–२ का भलिबल रेफ्री शंकर कार्की, पर्यटन व्यवसाय तर्फ थाहा–४ दामनका सुरथ अधिकारी र थाहा–९ का विजय बस्नेत, कला तर्फ थाहा–१ का विजयश्याम अमात्य, तथा सांस्कृतिक सम्मान अन्तर्गत ऋषेश्वर महिला खैजडी भजन समूह (थाहा–४) र थाहा खैजडी भजन महिला समूह रहनुभएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...