pani-1786865868.jpg
Tuesday, 18 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

लामो लाइन नै विद्युत आपुर्तिको प्रमुख समस्या : प्राधिकरण 
सुरेन्द्रमान प्रधान

20190409_110443-copy-1620270981.jpg

पछिल्लो समय हरेक दिनजसो दसौं पटक थाहानगरमा बिद्युत आपूर्ति बन्द हुँदा सबै क्षेत्र प्रभावित हुने गरेको छ । बिना सूचना विद्युत आपूर्ति बन्द हुँदा सर्वसाधारणहरु प्राधिकरणसङ्ग आक्रोसित हुने गरेका छन् । त्यसरी बिना तयारी बिद्युत आपूर्ति बन्द हुने कार्यलाई प्रधिकरणको भाषाले ट्रिप्प भनिन्छ । त्यसरी ट्रिप्प हुने कुरा वितरण केन्द्र पालुङलाई पनि थाहा हुन्न ।

धोर्सिङदेखि जहाँसम्म मूख्य लाइन  ११ हजार केभी छ त्यस भागमध्ये कतै समस्या आए लाइन ट्रिप्प हुने प्राधिकरणले जनाएको छ । 
पालुङ वितरण केन्द्रको कार्यक्षेत्रमा मूख्य लाइन १ सय १० किलोमिटर छ । त्यसो त पुर्व योजना अनुसार सूचना जारी गरेर काटिने बाहेक कहाँबाट लाइन ट्रिप्प भयो भन्ने जानकारीसम्म नहुने पालुङ वितरण केन्द्र प्रमुख बिनोद अधिकारी बताउछन् ।
धोर्सिङको स्रोतमा मात्रै निर्भर रहेको वितरण केन्द्रको स्वीचिङ स्टेसन हाल कुलेखानीस्थित ड्यामसाइड मात्र हो ।  सहरी क्षेत्रमा प्रत्येक ३०र३५ किलोमिटरमा सव स्टेसनहरु हुने भएपनि यस क्षेत्रमा भने एउटै सव स्टेसनबाट १ सय १० किलो मिटरको दूरी हेर्नु पर्नाले लाइन अबरुद्द हुँदा तत्काल सेवा दिन कठिनाइ भएको प्रमुख अधिकारी बताउँछन् ।

यहि समस्याको समाधानका लागि धेरै वर्षअघिदेखि निर्माण थालिएको मार्खुस्थित सव स्टेसन अझै चार्ज हुन सकेको छन् । काठमाडौं मातातीर्थबाट ३३ केभिको लाइन जोडेर वितरण गर्न बनाइएको मार्खुको सव स्टेसन विभिन्न विवादमा पर्दै आएको छ । अब छिट्टै चार्ज हुन्छ होला, केही दिनको मात्रै काम बाकी छू प्रमुख अधिकारीले भने ।
पछिल्लो समय मौसमका कारण समयमा मर्मत गर्न नसक्दा पनि समस्या थपिएको प्राधिकरण स्वीकार्छ, चट्याङका कारण एक हप्तामा मात्र १० वटा ट्रान्सफर्मर जलेको छ, त्यो कुन ट्रान्सफर जल्यो पत्ता लगाउन पनि सबै ट्रन्समिटर चार्ज गरेर हेरेपछि मात्र थाहा हुने हुँदा तुरुन्त सेवा दिन ढिलाइ भएको होू प्रमुख अधिकारी बताउछन् ।


हाल १४ हजार ग्राहक रहेको वितरण केन्द्र पालुङलाई ग्राहकको माग अनुसार लोड दिन पहिले जस्तो समस्या नभएपनि लामो रुट जङ्गल परेको हुँदा समस्या पत्ता लगाउन नै हम्मेहम्मे पर्ने हुन्छ । बरु कहिँ कतै लाइनको समस्या देखिएमा, पोल ढलेको, तार चुडिएको देखिएमा तत्काल हामीलाई खबर गरिदिए समस्या समाधान गर्न सहयोग पुग्थ्योू प्रमुख अधिकारी भन्छन् ूहाम्रो कार्यालयको नियन्त्रणमा छैन, लाइन ट्रिप्प भएपछि मात्र समस्या पहिचानका लागि हामी खटिनु परेको छ, सानो क्षेत्रमा आउने समस्याले लाइन ट्रिप्प हुँदा पनि तत्कालका लागि सबै क्षेत्रमा बिद्युत अवरुद्ध हुने हुन्छ : प्रमुख अधिकारी बताउछन् .पुर्णरुपमा समाधान हुन अझै केही वर्ष लाग्छ तर हामी तत्कालका लागि समस्या समाधानको उपाय खोजिरहेका छौँ ।

नेपाल बिद्युत प्राधिकरण पालुङमा धेरैजना प्रमुख फेरिदा पनि मार्खुको सव स्टेसन चार्ज हुन नसक्नु पछिल्लो समयको मूख्य समस्या रहेको छ । ९ वर्ष अगाडि पनि नियमित बिद्युत अवरुद्ध भएपछी स्थानीयले आन्दोलन समिति नै गठन गरेर प्राधिकरणमा ताला लगाएका थिए । हाल पनि प्राधिकरणको चरम लापरबाही भएको भन्दै उपभोक्ताहरुले सामाजिक संजाल मार्फत आक्रोश पोख्दै आएका छन् । महशुल भुक्तानीका लागि नयाँ प्रविधि भित्र्याएर ग्राहकलाई सहज बनाए पनि सेवा प्रविधिमा सुधार गर्ने तर्फ ध्यान नदिएको उपभोक्ताको आरोप छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...