jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

ललितपुर–३ को चुनावी रिर्पोटिङ प्रक्षेपण, यसपटक पनि पम्फाकै जित

1668495462-9ZgSv-1668500730.jpg

ललितपुर । चुनावी रिर्पोटिङको क्रममा पछिल्ला १५ दिनयता हामी लगातार ललितपुरको निर्वाचन क्षेत्र नम्बर ३ लाई पछ्याइरहेका छौं । सोहि क्रममा सोमबार र मंगलबार हामी स्थलगत रूपमै ललितपुरका केहि ठाउँहरूमा पुग्यौ, जहाँ उम्मेदवारहरू पनि सँगै थिए । समाचारको लागि हामीले केही स्वतन्त्र र सामान्य घरधुरीका मानिसलाई केन्द्रमा राखेर रिर्पोटिङ गर्यौं । चुनावी प्रक्षेपणको लागि हामीले करिब २५ जना व्यक्तिलाई सोधेका थियो । ललिपुरको सुनाकोठी, बुङमती, खोकना, भैसेपार्टी, एकान्तकुना, जावलाखेल, लगनखेल, सातदोबाटोलगायत क्षेत्रका स्थानीयलाई हामीले प्रश्न गरेका थियौं । हामीले सोधेकामध्ये धेरैले पुरानै उम्मेदवारको पक्ष लिए । यसअघिको कार्यकालमा राम्रो काम गरेको र ललितपुरको समस्यामा केन्द्रित भएको भन्दै अधिकांशले पम्फा भुसाललाई नै भोट दिने बताए । हामीले सोधेका २५ जनामध्ये २१ जनाले पम्फाकै नाम लिए । अन्य दुई जनाले तोसिमा कार्की र दुई जनाले एमालेका अमृत खड्कालाई भोट दिने बताए ।

 

हामीले सोधेको क्षेत्र नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेपाली काङ्ग्रेस र स्वतन्त्र भोट बढी भएको क्षेत्र पनि हो । नमुनाको रूपमा केहिलाई सोध्दा अधिकांशले पम्फाकै पक्षमा भोट दिने बताए । ‘अघिल्लोका कार्यकालमा पनि उहाँले प्रभावकारी काम गर्नुभयो, यो पटक पनि राम्रै काम गर्नुहुन्छ भन्ने लागेको छ, हामीले भोट भुसाललाई नै दिने हो,’ सुनाकोठीका इन्द्र महर्जनले सुनाए । बुङमतीका राजु महर्जनको पनि तर्क उही थियो । अघिल्लो कार्यकालमा भुसालले आफूहरूका समस्या समाधान तथा भुकम्पपपछिको पुनर्निर्माणमा सघाएकोले उनैलाई भोट हाल्ने बताए ।

विभिन्न मतदातालाई पछ्याउँदै मंगलबार विहान हामी भैसेपाटी हुँदै सानेपा आइपुग्यो । सानेपा क्षेत्र तोसिमा कार्की बसोबास गर्ने क्षेत्र पनि हो । तर यो क्षेत्रका अधिकांश मतदाताले पनि भुसाललाई नै भोट दिने हामीलाई बताए । ‘हामीले मन फेर्दैनौ, विगतमा जसलाई भोट दिएका थियौं उसैलाई दिने हो,’ सानेपा चोक नजिकैका श्याम मालीले भने, ‘नराम्रो गरेको भए पो अर्कालाई भोट दिनु, पहिला जितेकै उम्मेदवारलाई यसपटक पनि जिताउने पक्षमा हामी छौं ।’

त्यहाँबाट हामी जावलाखेल क्षेत्रमा आयौं । यस क्षेत्रका केहि मतदाताको राय बुझ्न खोेज्यो । यहाँ हामीले चार जनालाई सोधेका थिर्यौ । त्यसमध्ये तीन जनाले गठबन्धनकी उम्मेदवार भुसाललाई नै मत दिने बताए । ‘अघिल्लो पटक पनि हामीले पम्फा भुसाललाई भोट दिएको हो, यसपटक पनि मन फेरिन्न,’ जावलाखेलका सुरज थापामगरले भने ।

झण्डै तीन दशकदेखि ललितपुरमा रहेर राजनीतिकर्म गर्दै आइरहेकी पम्फा भुसाल यसपटक पनि प्रतिनिधिसभाको उम्मेदवार बनेर चुनावी दौडमा लागेपछि त्यस क्षेत्रका स्थानीयले साथ दिएका छन् । उनीहरू स्वस्फुर्त ढङ्गले चुनाव प्रचारलाई सघाइरहेका छन् ।

यसअघि २०७४ को चुनावमा यस क्षेत्रबाट सहजै जितेकी भुसाललाई चुनाव जित्न यसपटक पनि कठिन छैन । हामीले गरेको प्रक्षेपणले पनि भुसालले झण्डै ८ देखि १० हजारको मतान्तरले जित्न सक्ने देखिन्छ ।

अघिल्लो चुनावमा भन्दा यो पटक बढी मतान्तरले भुसालले जित्ने जिल्लामा विश्लेषण गर्न थालिएको छ । तर केहि स्वतन्त्र उम्मेदवारको चर्को हल्लाले झिनो भोट काट्न सक्ने अनुमान गरिएपनि भुसालको जितमा कोही तगारो बन्ने देखिँदैन । गठबन्धनको भोट संख्या निकै धेरै भएकोले भुसाल यो क्षेत्रमा सबैभन्दा सुरक्षित छन् ।

लामो समय ललितपुुरमा बसेर राजनीतिक गर्दै आएकी भुसालले यस क्षेत्रको विकास तथा पूर्वाधार निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेकी छन् । ललितपुरको सम्पदा संरक्षण, पार्टी पौवा निर्माण तथा नेवार समुदायका मौलिक परम्परा जोगाउन भुसालको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । लामो समयदेखि एउटै क्षेत्रबाट चुनाव लड्दै आएकी भुसाललाई त्यही क्षेत्रमा यसपटक पनि सन्तोषजनक भोट खस्नेछ ।

२०३३ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिकमा प्रवेश गरिएकी थिइन् । २०५१ सालमा भुसाल माओवादीकी केन्द्रीय सदस्य बनेकी थिइन् । त्यसपछि उनी पार्टीमा सक्रिय रहँदै आएकी छन् । उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा महिला, बालबालिका तथा समाज कल्याण, प्रचण्ड नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री बनेकी थिइन् । त्यस्तै झलनाथ खनाल नेतृत्वको सरकारको पालामा भुसाल शान्ति तथा पुनर्निर्माण मन्त्रालयको नेतृत्वमा थिइन् भने हाल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको रूपमा रहँदै आएकी छन् । भुसाल जिल्लामा लामो समय राजनीति गरेकोले चर्चित छन् । उनलाई झण्डै ९० प्रतिशत मतदाताले चिन्छन् ।

ललितपुर–३ वाम–लोकतान्त्रिकहरूको किल्ला नै मानिन्छ । यहाँको धेरै भु–भाग शहरीमा पर्छ भने थोरै भु–भाग ग्रामीण भेगमा पर्छ । ललितपुर क्षेत्र ३ ललितपुर महानगरपालिका १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडाहरू पर्छन् । यहाँँ मतदाता संख्या ९४ हजार ११६ रहेको छ ।

स्थानीय तह निर्वाचनमा ती वडाका मत परिणामलाई आधार मान्ने हो भने यहाँ गठबन्धनको अग्रता देखिन्छ । यस क्षेत्र अन्तर्गतका वडामा कांग्रेसको १८ हजार ५४५, एमालेको १७ हजार ७०९, माओवादीको ७ हजार ७२७, नेकपा एकीकृत समाजवादीको ५ हजार १२९ र राप्रपाको ४ हजार ३४२ मत छ ।

त्यस्तै, स्थानीय तह निर्वाचनमा हेर्ने हो भने क्षेत्र ३ मा गठबन्धन नै बलियो छ । गएको स्थानीय निर्वाचनमा ललितपुर महानगरको ४, १०, १४, २०, २८ को वडा नेपाली कांग्रेस विजयी भएको छ । महानगरको २१, २६ र २७ वडा माओवादी केन्द्र विजयी भएको छ भने २ र ३ वडा नेकपा (एकीकृत समाजवादी) ले हात पारेको थियो । त्यस्तै महानगरको १ र १३ मा स्वतन्त्रले जितेका थिए । थोरै वडाहरू ५, १५, १८, २२, २३, २४, २५, २९ मा एमालेले चुनाव जितेको छ । २९ वटा वडामध्ये जम्मा ८ वटामात्रै एमालले जितेको छ । यसकारण पनि यसपटक पनि भुसालको जित निश्चित झै छ ।

हस्तकला र पर्यटन मुख्य अजेण्डा
सम्पदा सहर ललितपुरको विषेशता हो– हस्तकला । यस क्षेत्रलाई उकास्न पनि बजेट विनियोजन तथा वडागत अजेण्डा तयार गरी काम गरिने भुसालको दाबी छ । ‘ललितपुर कला कौसलले भरिपूर्ण सहर मानिन्छ, तर यसलाई जतिसक्दो प्रचारप्रसार गरी पयर्टक भित्र्याउन आवश्यक छ,’ उनले भनिन्, ‘यसो गर्दा एकातिर सम्पदा तथा यहाँको मौलिक कला संस्कृतिको प्रवद्र्धन हुन्छ, अर्कातिर हामीले आम्दानी पनि गर्न सक्छौं ।’ उनले ललितपुर क्षेत्र ३ मा कैयौं कला कौसल रहेकोले तीनको जीवन्तताको लागि आफूले विगतदेखि नै संरक्षण जुटेको बताईन् । त्यसको त गुठी विधेयकको विरुद्धमा पनि भुसालले आवाज उठाएकी थिइन् । आफू नेवारी समुदाय र मौलिक संस्कृतिको खानी भएको क्षेत्रको राजनीतिज्ञ भएको हिसाबले त्यहाँका सबैखाले आवश्यकता, अधिकार र समस्यामा सधै खटिने भुसालले जानकारी दिइन् ।

यसबाहेक भुसालले ललितपुर क्षेत्रमा मठ मन्दिरको संरक्षण, पुर्ननिर्माण र त्यसको रक्षाको लागि आफूू सदैव लागि पर्ने बताएकी छन् । उनले यहाँका ऐतिहासिक सम्पदा संरक्षण र विकास निर्माणलाई यसपटकको मुख्य चुनावी अजेण्डा बनाएकी छन् । नेवारी संस्कृति झल्कने गरी नयाँ नयाँ पर्यटकीय क्षेत्रको विकास पनि गरिने भुसालको योजना छ । वितेका ५ वर्षमा पनि उनले आफ्नो चुनावी क्षेत्रमा महत्वपूर्ण काम गरेकी छन् ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...