pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

लमजुङमा हेबीवेट नेताबीच राेमाञ्चक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

Untitled-1-copy-1665468505.jpg

कुनै दिन मिलेर चुनाव लडेका र एकै पार्टीमा रहेर काम गरेका दुई हेबीवेट नेताहरू लमजुङकाे चुनावी प्रतिस्पर्धामा छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाकाे निर्वाचनमा सत्ता गठबन्धनबाट मा‌ओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ आमनेसामने भएका छन् ।

देव गुरुङले मनाङ, कास्की १ बाट उम्मेदवार हुने प्रस्ताव आउँदा लमजुङलाई नै राेजे । ०७४ काे निर्वाचनमा उनी यहीँबाट विजयी भएका थिए । त्यतिबेला एमाले-माओवादी गठबन्धनकाे साझा उमेदवारकाे रूपमा प्रतिस्पर्धा गरेका उनले सानदार मतले चुनाव जितेका थिए । जन्मथलाे मनाङ भएर पनि उनले कर्मथलाेकाे रूपमा लमजुङलाई राेजेका छन् ।

यसपालि पृथ्वीसुब्बा गुरूङकाे चाहना प्रतिनिधिसभाकाे उम्मेदवार बन्ने पटक्कै थिएन । ०७४ काे प्रदेश सभा निर्वाचनमा लमजुङ ख बाट विजयी भई गण्डकी प्रदेश सरकारकाे मुख्यमन्त्री बन्ने साैभाग्य पाएका उनले पूरा कार्यकाल काम गर्न पाएनन् । साढे तीन वर्ष नबित्दै उनले पद गुमाए । यसपालि पुनः लमजुङ प्रदेश ख बाट चुनाव जितेर मुख्यमन्त्री बन्ने उनकाे सपना थियाे । उनले प्रचार प्रसार पनि थालिसकेका थिए ।

लमजुङमा आयाेजना हुने विभिन्न कार्यक्रममा उनले भन्ने गरेका थिए, “मैले सुरू गरेकाे थुप्रै काम अहिले अधुरा र अलपत्र छन्, ती अधुरा अपूरा काम पूरा गर्न र गण्डकीलाई समृद्ध प्रदेश बनाउन म पुनः प्रदेश सभाकाे निर्वाचन लड्छु, मुख्यमन्त्री बन्छु ।”

साेचेजस्ताे सधैं कहाँ हुन्छ र ? पृथ्वीसुब्बाकाे हकमा पनि त्यस्तै भयाे । फिटिक्कै चाहना नहुँदा पनि उनलाई प्रतिनिधिसभाकाे उम्मेदवार बनायाे पार्टीले । पछिल्लाे समय गुरूङभन्दा पनि ओलीकाे नजिक बनेका खगराज अधिकारीले गण्डकीकाे मुख्यमन्त्री बन्ने तयारीका साथ कास्कीबाट प्रदेश सभाकाे टिकट पाएपछि पृथ्वीसुब्बा प्रतिनिधिसभाकाे उमेदवार बन्न पुगेका छन् ।

एमाले नेताहरूमध्ये गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी एक अर्काका प्रतिस्पर्धी हुन् । केपी ओलीकाे काेपभाजनमा परेका गुरुङ अहिले देव गुरूङसँग प्रतिस्पर्धामा छन् । लमजुङ प्रदेश ख पृथ्वीसुब्बाका लागि सहज थियाे, तर प्रतिनिधिसभाकाे निर्वाचन उनका लागि फलामकाे च्युरा चपाउनुसरह मानिएकाे छ ।

प्रदेश सभा ख उनकाे आफ्नै क्षेत्र हाे, क्व्हाेंलासाेंथार उनकाे गृह गाउँपालिका हाे, जहाँ उनकाे पार्टीले गत स्थानीय निर्वाचनमा क्लिन स्विप पारेकाे छ । यसबाहेक मर्स्याङ्दी गाउँपालिका, बेसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका उनका प्रभाव क्षेत्र हुन् । बरू उनलाईभन्दा जमिन्द्रमान घलेलाई प्रतिनिधिसभाकाे निर्वाचन लड्न सहज थियाे । उनकाे चाहना पनि त्यही थियाे, तर घलेले प्रदेश सभा क काे टिकट पाएका छन् ।

देव गुरुङलाई पनि कांग्रेसकाे भर हाे । कांग्रेसका मतदाताले उनलाई कतिकाे साथ दिन्छन्, त्याे हेर्न चुनावसम्मै कुर्नुपर्छ । यद्यपि पछिल्लाे समय गठबन्धनप्रति कांग्रेस कार्यकर्ताहरू इमान्दार नै देखिन्छन्, गएकाे स्थानीय निर्वाचनले पनि यही संकेत गरेकाे छ । यसकाे फाइदा उनलाई हुने सम्भावना छ ।  

देव गुरुङ याेसमेत गरी तेस्रोपटक संसदीय निर्वाचन लड्दै छन् । पहिलो संविधानसभाको निर्वाचनमा माओवादी उमेदवारकाे रूपमा कास्की र मनाङबाट निर्वाचित भएका थिए । २०७४ काे चुनावमा वाम गठबन्धनकाे साझा उम्मेदवारकाे रूपमा उनी लमजुङबाट निर्वाचित भएका थिए ।

पृथ्वीसुब्बा गुरुङकाे याे सातौं निर्वाचन हाे । २०४३ सालमा राष्ट्रिय पञ्चायतकाे चुनाव लडेका उनी त्यसपछि भएका हरेक निर्वाचनमा उम्मेदवार हुँदै आएका छन् । २०४८, २०५१, २०५६ काे निर्वाचनमा पराजय भाेगेका उनले ०६४ काे पहिलाे संविधानसभाकाे निर्वाचनमा चुनाव जिते । ०६३ काे जनआन्दाेलनपछि बनेकाे सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएका बेला उनलाई चुनाव जित्न पनि सहज भयाे । त्यसपछि दाेस्राे संविधानसभा निर्वाचनमा फेरि पराजित भएका उनी ०७४ काे प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनकाे तर्फबाट लमजुङ ख बाट चुनाव जितेर गण्डकी प्रदेशकाे पहिलाे मुख्यमन्त्री बन्ने साैभाग्य पाए ।

लमजुङमा प्रतिनिधिसभा सदस्यका लागि एक मात्र सीट छ । प्रदेश सभाका लागि दुई सिट र आठवटा स्थानीय निकाय छन् । यीमध्ये एक नगरपालिका र तीन गाउँपालिकामा एमालेले जितेकाे छ । तीन नगरपालिका र एक गाउँपालिका सत्ता गठबन्धनले जितेकाे छ । स्थानीय निर्वाचनकाे नतिजा हेर्दा गठबन्धन अगाडि देखिन्छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg