jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

राहत शिक्षक समिति बागमतीकाे अध्यक्षमा राना,

FB_IMG_1677339313270-1677339340.jpg

 

आशिष वल

बागमती, मकवानपुर ।

राहत शिक्षक समिति बागमती गाउँपालिकाकाे अध्यक्षमा हस्तबहादुर राना चयन हुनुभएकाे छ ।
मकवानपुरकाे बागमती गाउँपालिकामा आज शनिबार सम्पन्न राहत शिक्षक समितिकाे दाेस्राे अधिवेशनबाट अध्यक्ष हस्त बहादुर राना सहित १३ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएकाे हाे । समितीका महिला उपाध्यक्षमा उषा माझी, उपाध्यक्ष सुनिता लामा, काेषाध्यक्ष ज्ञानबहादुर राई, सचिव ज्ञानबहादुर थापा, सदस्यहरु गीता राउत, राेशन सिंतान, एक्का बहादुर दाेङ, वीरमान घलान, हरिबहादुर जर्गा, कमला सिंतान, रेखा रिजाल र सन्तलाल पाख्रिन रहेका छन ।
कार्यक्रममा प्रमुख अतिथि बागमती गाउँपालिका प्रमुख सर्केश घलानले भने संघीय शिक्षा शिक्षा हालसम्म जारी नहुँदा स्थानीय सरकारले  शिक्षामा उचित निर्णय गर्न नसकिएकाेमा  असन्तुष्ट व्यक्त गरे। नेपालकाे विद्यालयहरूमा लामाे समयसम्म कार्यरत रहेका हजाराैं राहत शिक्षकहरूकाे अधिकार ,माग  र मुद्दा न्यायाेचित ढंगले अब जारी हुने संघिय शिक्षा ऐनले सम्बाेधन हुने गरि व्यवस्था हुन पर्ने धारणा राखे । शैक्षिक क्षेत्रमा दशकाै देखि सेवा पुर्‍याउने हजाराै राहत शिक्षकहरूकाे जायज मागहरू अविलम्ब सम्बाेधन गर्न केन्द्र सरकारलाई अनुराेध गरे । स्थानीय तहकाे शिक्षाकाे परिवर्तनका लागि राहत शिक्षककाे ठूलाे याेगदान रहेकाे स्मरण गर्दै आगामी दिनमा पनि पालिकासंग सहकार्य गरी थप शैक्षिक सुधारकाे लागि लाग्न आग्रह गरे । साथै राहत शिक्षकहरूकाे हक, अधिकार तथा जायज माग र मुद्दा सम्बाेधनका  लागि स्थानीय सरकार प्रतिवद्ध रहेकाे जानकारी गराउँदै अधिवेशन सफलताकाे सुभेच्छा व्यक्त गरे ।
राहत शिक्षक समितिले सरकार समक्ष  आफ्ना पेसागत माग र मुद्दा थुप्रै अघि सारेर संघर्षरत छन्, ती उठाएका जायज माग र मुद्दा सम्बाेधनका लागि एकिकृत अखिल नेपाल शिक्षक संगठन सधै राहत शिक्षकहरूकाे साथमा रहेकाे जिल्ला अध्यक्ष वसन्त राईले बताए । राहत शिक्षक जस्तै अन्य शिक्षकहरू पनि सरकारबाट अपहेलित छन् ती शिक्षकहरूकाे हक,अधिकार र माग मुद्दा पनि सम्बाेधनका लागि संगठनले तीनै तहका सरकारलाई निरन्तर दबाब दिदै आएकाछाै अध्यक्ष राईले भने ।
राज्यले हाम्रा माग र मुद्दाकाे सुनुवाइ गर्नुनै पर्छ , हाम्राे विभिन्न चरणकाे  संघर्ष र आन्दाेलनबाट हाम्रा केही माग र मुद्दा सम्बाेधन त भएका छन् । केन्द्र सरकारले विभिन्न वहाना हामीलाई उपेक्षा गर्दै आएकाे भनि दु:ख व्यक्त गर्दै अब जारी हुने शिक्षा ऐनमा आफ्ना  माग र मुद्दा सम्बाेधन  हुने गरी ल्याउनु पर्ने  राहत शिक्षक केन्द्रीय समिति सदस्य सन्देश तुम्सिङ र मकवानपुर जिल्ला सहसचिव जीवन तिमल्सिनाले साझा धारणा राखे ।
श्री महाबुद्ध आधारभूत विद्यालय स्थित हस्त रानाकाे सभाध्यक्षमा आज सम्पन्न बागमती गाउँपालिका स्तरीय राहत शिक्षक समितिकाे दाेश्राे अधिवेशनमा पालिका अन्तर्गतका राहत शिक्षकहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे । हाल यस पालिकामा मावि, निमावि र प्रावि तहमा राहत शिक्षक दरबन्दीमा  ११० शिक्षक कार्यरत रहेका छन् ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...