edu-1681783152.jpg
Saturday, 10 Jun, 2023
sahara-1681783426.jpg

समाचार

राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

sanchar-mantralaya_P2Vf9y-1683443330.jpg

विभिन्न कार्यक्रम आयोजना गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ आज मनाइँदै छ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । 

 

 

सरकारले विसं २०७३ मा पत्रकारिता दिवस राष्ट्रियरूपमै मनाउन मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरुआत भएको हो । 

‘पत्रकारितामा खोज र नवीनताः लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउन थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । यसै अवसरमा देशभर विभिन्न कार्यक्रम गरिने छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रलायको आयोजनामा आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा विशेष समारोह आयोजना गरिने भएको छ ।

सो समारोहमा नेपालको पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने दुुई जनालाई वरिष्ठ पत्रकार सम्मान र छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने छ । पत्रकारिता दिवसका अवसरमा सरकारले निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सुसूचित गराउन योगदान पु¥याएका पत्रकार र आमसञ्चारसम्बन्धी संस्थालाई सम्मान गरिने भएको हो ।

समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्बोधन गर्नुहुनेछ । गोरखापत्र संस्थानले ‘गोरखापत्र’ प्रकाशनको १२३औँ वर्ष प्रवेश तथा संस्थानको ६१औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्रधानमन्त्रीको उपस्थितिमा कार्यक्रमको आयोजना गर्दैछ  ।

nepalaya-copy-1675152884.jpg
himalayan-1681783251.jpg

nagarpalika-1661488385.jpg
viber_image_2022-09-27_22-1664340402.jpg
thaha-1681783216.jpg
sahara-1681783294.jpg
जनश्रमदान बाट जगडाँडामा सिंचाइ
FB_IMG_1686329002487-1686329014.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ मा सिंचाइ आयोजनाको निर्माण शुरु भएपछि स्थानीयहरु खुशी भएका छन् । सिंचाइ...

न्युनतम सेवा मापदण्डमा थाहाका ३ स्वास्थ्य संस्था जिल्ला उत्कृष्ट
FB_IMG_1686328336817-1686328359.jpg

स्वास्थ्य कार्यालय मकवानपुरले  स्वास्थ्य चौकीहरुको लागि न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखिकरण कार्यक्रम...

आगामी बजेटबाट आफ्नो माग पूरा गर्न थाहाका इसिडी शिक्षकहरुको ध्यानाकर्षण
FB_IMG_1686320188458-1686321670.jpg

नेपाल बाल विकास शिक्षक समिती थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा...

शिक्षक महासंघ थाहाले नगरको शैक्षिक सुधारको निम्ति बुझायो सुझाव पत्र
FB_IMG_1686319789757-1686320988.jpg

नेपाल शिक्षक महासंघ थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विभिन्न शैक्षिक...

मनहरी ५ भएको आँखा शिविरमा २६ जना मोतिबिन्दु फेला
FB_IMG_1686319918571-1686320015.jpg

जेठ, हेटौडा (मनहरी) - मनहरी गाउँपालिका वडा नम्बर ५ मा नि:शुल्क आँखा शिविर भएको छ। ३ सय २० जनाले आँखाको परिक्षण गरेका...

पालुङ जेसिज,सफल बिष्ट जिताउन थाहा दौडाहामा।
FB_IMG_1686233364297-1686233380.jpg

आगामी २८ जेठमा हुने फाइनल प्रतिष्पर्धामा मकवानपुर थाहाका सफल विष्टलाई जिताउन पालुङ जेसीजले थाहानगरमा भाेटिङ...

जनकल्याणका कृषि विद्यार्थीलाई जुनेटिक रोग सम्बन्धि जानकारी दिइयो ।
FB_IMG_1686225463445-1686225492.jpg

जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ । खानपानमा बदलाव र वातावरणमा आएको परिवर्तनका कारण जुनोटिक खालका...

अपाङ्गता भएका विद्यार्थी हरुलाई शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान।
FB_IMG_1686222734046-1686222889.jpg

थाहा नगरपालिकाले  विभिन्न लक्षित समुदायको बजेट कार्यान्वयन गर्न सुरु गरेको छ । यसक्रममा थाहा नगरपालिका भित्र...

थाहामा ४९ अर्बमा बन्ने मदन भण्डारी विश्वविद्यालय निर्माणको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार,
FB_IMG_1686155697061_1-1686155743.jpg

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा निर्माण गर्न लागिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विविद्यालयको...