jkmv-english-1784299234.jpg
Friday, 24 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

राष्ट्रियसभा अध्यक्षमा बिडारीको दाउ, सदस्यमा ‘डीना’को नजर

main-news-768x331-1702519082.jpg

 

 

हेटौंडा-आगामी ११ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । तीन महिनापछि निर्वाचन भएपनि राष्ट्रियसभा अध्यक्षदेखि सदस्य बन्न नेताहरु शक्तिकेन्द्र धाउन थालिसकेका छन् ।अध्यक्षदेखि सदस्य बन्न मकवानपुरका दुई नेताले राष्ट्रिय सभामा नजर लगाएको चर्चा भइरहेको छ । राष्ट्रियसभा चुनावमा मकवानपरका रामनारायण बिडारी दोहोरिने चर्चा भएको छ । यसअघि सदस्य रहेका बिडारीको कार्यकाल सकिएपछि भूमिकाविहीन थिए । उनले एक कार्यकाल अनुभव बटुलेको आधारमा राष्ट्रियसभा अध्यक्षमा दाउ लगाएका छन् । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले भागवण्डा गरेर उम्मेदवार उठाउँदै छ । गठबन्धनकै नेकपा माओवादी केन्द्रका बिडारी राष्ट्रियसभा अध्यक्षको लाइनमा देखिएका हुन् ।

आगामी २० फागुनमा एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका र स्वतन्त्र सांसद १–१ जना गरी २० सांसदको पदावधि सकिँदै छ । त्यसमा, कोशी प्रदेशबाट २, मधेश प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुँदैछ । त्यस्तै, राष्ट्रपतिबाट मनोनीत हुने एक महिला सदस्यको पनि पदावधि सकिँदैछ । राष्ट्रियसभा अध्यक्षगणेश तिम्सिनाको कार्यकाल सकिने भएकाले यो पदमा बिडारीले नजर लगाएका हुन् ।

बिडारी ४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर २ बाट निर्वाचन उठ्न चाहन्थे । गठबन्धनमा नेकपा (एकीकृत समाजवादी)बाट विरोध खतिवडाले टिकट ल्याए । गठबन्धनबाट खतिवडाले टिकट फुत्काएपछि बिडारीको असन्तुष्टि सामाजिक सञ्जालमै पोखिएको थियो । अन्ततः खतिवडाले पनि नेकपा एमालेका महेशकुमार बर्तौलासँग प्रतिनिधिसभा निर्वाचन हारे । गठबन्धनबाट टिकट नपाएपछि प्रतिनिधिसभा प्रवेश गर्ने चाहनामा ब्रेक लागेको बिडारीलेराष्ट्रियसभामा दोहोरिन चाहेका हुन् । दोहोरिँदा सदस्य मात्र नभएर, अध्यक्ष नै ताकेको चर्चा माओवादीभित्र छ ।

तर, गठबन्धनभित्र राष्ट्रियसभाको अध्यक्ष कसले पाउने भन्ने भागबण्डा टुंगो लागिनसकेको कारण बिडारीको गन्तव्य अनिश्चित जस्तै छ । सरकारको नेतृत्व गरिरहेको माओवादीबाट आकांक्षी धेरै भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चाहनाअनुसार हुने भएकाले नेताहरु नाम बताइ हाल्न चाहँदैनन् । प्रचण्डले राष्ट्रियसभाका लागि पूर्वकानुनमन्त्री अजयशंकर नायकलाई आश्वासन दिएको नेताहरुले बताए । त्यस्तै, एक कार्यकालको अनुभव गरिसकेका बिडारीलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी ल्याउनुपर्ने प्रस्ताव माओवादीभित्र रहेको चर्चा चलेको हो ।

‘राष्ट्रियसभामा एकै व्यक्ति दोहोरिएको छैन । म परेँ भने बागमतीको खसआर्य कोटामा पर्ने हुँ । आफ्नो आकांक्षा भन्दा पनि पार्टीले जिम्मेवारी दिन्छ भने तयार छु ।’, बिडारीले भने । चुनावलाई लिएर पार्टीभित्र र गठबन्धनका दलहरुबीच कुराकानी भए पनि औपचारिकरुपमा दलभित्र यस विषयले प्रवेश नपाएको बुझिएको छ । तर, नेताहरु चुनावको संघारमा जटिसकेका छन् । राष्ट्रियसभा अध्यक्षमा नेपाली कांग्रेसबाट गोपालमान श्रेष्ठ र कृष्णप्रसाद सिटौलाको पनि दाबी छ । बिडारीले श्रेष्ठ र सिटौलासँग शक्ति संघर्ष गर्नुपर्ने निश्चित छ ।

टिकटका लागि दौडधुपमा मकवानपुरका बिडारी मात्र नभई, नेपाली कांग्रेसकी सहमहामन्त्री मकवानपुरे नेतृ महालक्ष्मी उपाध्याय डीना पनि छिन् । सहमहामन्त्री ‘डीना’ पनि २०७९ सालमा मकवानपुर १ बाट चुनाव हारेकी थिइन् । पार्टीबाट अन्तर्घात भएकाले चुनाव हारेको निष्कर्षमा पुगेकी डीना राष्ट्रियसभामा गएर प्रभावकारी भूमिका निभाउन चाहन्छिन् । पार्टीमा पनि एक मात्र महिला पदाधिकारी डीनालाई महिला नेतृहरुमा प्रभावकारी मानिन्छ । सभापति शेरबहादुर देउवाको विश्वास पात्र मानिएकी डीनाको
राष्ट्रियसभा प्रवेशको सम्भावना बलियो रहेको नेताहरुको भनाई छ ।

गत निर्वाचनमा समानुपातिकको १ नम्बरमा नाम राख्ने पार्टीको प्रस्ताव छोडेर प्रत्यक्ष निर्वाचन लड्न आएकी डीना मकवानपुर क्षेत्र नम्बर १ बाट राप्रपाका दीपक सिंहसँग
पराजित भएकी थिइन् ।मकवानपुरबाट राष्ट्रिय सभामा बिडारी र डीनाले प्रवेश खोज्दा कार्यकाल सकिएर मकवानपुरकै पुराना कम्युनिष्ट नेता रामचन्द्र बाहिरिँदै छन् । उनको कार्यकाल फागुनमा सकिँदैछ । राष्ट्रियसभामा गएका एमालेबाट गणेश तिम्सिना (राष्ट्रियसभा अध्यक्ष), इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राईको पदावधि सकिँदैछ । कांग्रेसबाट अनिता देवकोटा, जितेन्द्र नारायण देव, प्रकाश पन्थ र रमेशजङ रायमाझी बिदा हुनेछन् ।

माओवादी केन्द्रबाट बिना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी छन् । जनता समाजवादीबाट प्रमिला कुमारी, नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाई र सिङबहादुर विश्वकर्मा रहेका छन् । स्वतन्त्र सदस्य खिमलाल देवकोटा र मनोनीत डा. विमला पौड्याल पनि बिदा हुँदैछन् ।राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धनको पल्ला भारी हुने देखिएको चुनावमा टिकटका लागि नेताहरु शक्तिकेन्द्र धाउन थालेका हुन् ।

चुनाव हुने १९ सिटमा सत्तारुढ गठबन्धनका दलहरुबीच हुने भागवण्डाका आधारमा उम्मेदवार तय हुनेछन् । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच सिट बाँडफाँट हुनेछ । गठबन्धनमा संख्यामा मोटामोटी सहमति भइसकेको छ । कांग्रेसले मनोनीतसहित १०, माओवादी केन्द्र ६, नेकपा एस ३ र जसपाले एक सिट पाउने सहमति भइसकेको चर्चा चलिरहेको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...