pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

राष्ट्रियसभा अध्यक्षमा बिडारीको दाउ, सदस्यमा ‘डीना’को नजर

main-news-768x331-1702519082.jpg

 

 

हेटौंडा-आगामी ११ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । तीन महिनापछि निर्वाचन भएपनि राष्ट्रियसभा अध्यक्षदेखि सदस्य बन्न नेताहरु शक्तिकेन्द्र धाउन थालिसकेका छन् ।अध्यक्षदेखि सदस्य बन्न मकवानपुरका दुई नेताले राष्ट्रिय सभामा नजर लगाएको चर्चा भइरहेको छ । राष्ट्रियसभा चुनावमा मकवानपरका रामनारायण बिडारी दोहोरिने चर्चा भएको छ । यसअघि सदस्य रहेका बिडारीको कार्यकाल सकिएपछि भूमिकाविहीन थिए । उनले एक कार्यकाल अनुभव बटुलेको आधारमा राष्ट्रियसभा अध्यक्षमा दाउ लगाएका छन् । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले भागवण्डा गरेर उम्मेदवार उठाउँदै छ । गठबन्धनकै नेकपा माओवादी केन्द्रका बिडारी राष्ट्रियसभा अध्यक्षको लाइनमा देखिएका हुन् ।

आगामी २० फागुनमा एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका र स्वतन्त्र सांसद १–१ जना गरी २० सांसदको पदावधि सकिँदै छ । त्यसमा, कोशी प्रदेशबाट २, मधेश प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुँदैछ । त्यस्तै, राष्ट्रपतिबाट मनोनीत हुने एक महिला सदस्यको पनि पदावधि सकिँदैछ । राष्ट्रियसभा अध्यक्षगणेश तिम्सिनाको कार्यकाल सकिने भएकाले यो पदमा बिडारीले नजर लगाएका हुन् ।

बिडारी ४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर २ बाट निर्वाचन उठ्न चाहन्थे । गठबन्धनमा नेकपा (एकीकृत समाजवादी)बाट विरोध खतिवडाले टिकट ल्याए । गठबन्धनबाट खतिवडाले टिकट फुत्काएपछि बिडारीको असन्तुष्टि सामाजिक सञ्जालमै पोखिएको थियो । अन्ततः खतिवडाले पनि नेकपा एमालेका महेशकुमार बर्तौलासँग प्रतिनिधिसभा निर्वाचन हारे । गठबन्धनबाट टिकट नपाएपछि प्रतिनिधिसभा प्रवेश गर्ने चाहनामा ब्रेक लागेको बिडारीलेराष्ट्रियसभामा दोहोरिन चाहेका हुन् । दोहोरिँदा सदस्य मात्र नभएर, अध्यक्ष नै ताकेको चर्चा माओवादीभित्र छ ।

तर, गठबन्धनभित्र राष्ट्रियसभाको अध्यक्ष कसले पाउने भन्ने भागबण्डा टुंगो लागिनसकेको कारण बिडारीको गन्तव्य अनिश्चित जस्तै छ । सरकारको नेतृत्व गरिरहेको माओवादीबाट आकांक्षी धेरै भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चाहनाअनुसार हुने भएकाले नेताहरु नाम बताइ हाल्न चाहँदैनन् । प्रचण्डले राष्ट्रियसभाका लागि पूर्वकानुनमन्त्री अजयशंकर नायकलाई आश्वासन दिएको नेताहरुले बताए । त्यस्तै, एक कार्यकालको अनुभव गरिसकेका बिडारीलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी ल्याउनुपर्ने प्रस्ताव माओवादीभित्र रहेको चर्चा चलेको हो ।

‘राष्ट्रियसभामा एकै व्यक्ति दोहोरिएको छैन । म परेँ भने बागमतीको खसआर्य कोटामा पर्ने हुँ । आफ्नो आकांक्षा भन्दा पनि पार्टीले जिम्मेवारी दिन्छ भने तयार छु ।’, बिडारीले भने । चुनावलाई लिएर पार्टीभित्र र गठबन्धनका दलहरुबीच कुराकानी भए पनि औपचारिकरुपमा दलभित्र यस विषयले प्रवेश नपाएको बुझिएको छ । तर, नेताहरु चुनावको संघारमा जटिसकेका छन् । राष्ट्रियसभा अध्यक्षमा नेपाली कांग्रेसबाट गोपालमान श्रेष्ठ र कृष्णप्रसाद सिटौलाको पनि दाबी छ । बिडारीले श्रेष्ठ र सिटौलासँग शक्ति संघर्ष गर्नुपर्ने निश्चित छ ।

टिकटका लागि दौडधुपमा मकवानपुरका बिडारी मात्र नभई, नेपाली कांग्रेसकी सहमहामन्त्री मकवानपुरे नेतृ महालक्ष्मी उपाध्याय डीना पनि छिन् । सहमहामन्त्री ‘डीना’ पनि २०७९ सालमा मकवानपुर १ बाट चुनाव हारेकी थिइन् । पार्टीबाट अन्तर्घात भएकाले चुनाव हारेको निष्कर्षमा पुगेकी डीना राष्ट्रियसभामा गएर प्रभावकारी भूमिका निभाउन चाहन्छिन् । पार्टीमा पनि एक मात्र महिला पदाधिकारी डीनालाई महिला नेतृहरुमा प्रभावकारी मानिन्छ । सभापति शेरबहादुर देउवाको विश्वास पात्र मानिएकी डीनाको
राष्ट्रियसभा प्रवेशको सम्भावना बलियो रहेको नेताहरुको भनाई छ ।

गत निर्वाचनमा समानुपातिकको १ नम्बरमा नाम राख्ने पार्टीको प्रस्ताव छोडेर प्रत्यक्ष निर्वाचन लड्न आएकी डीना मकवानपुर क्षेत्र नम्बर १ बाट राप्रपाका दीपक सिंहसँग
पराजित भएकी थिइन् ।मकवानपुरबाट राष्ट्रिय सभामा बिडारी र डीनाले प्रवेश खोज्दा कार्यकाल सकिएर मकवानपुरकै पुराना कम्युनिष्ट नेता रामचन्द्र बाहिरिँदै छन् । उनको कार्यकाल फागुनमा सकिँदैछ । राष्ट्रियसभामा गएका एमालेबाट गणेश तिम्सिना (राष्ट्रियसभा अध्यक्ष), इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राईको पदावधि सकिँदैछ । कांग्रेसबाट अनिता देवकोटा, जितेन्द्र नारायण देव, प्रकाश पन्थ र रमेशजङ रायमाझी बिदा हुनेछन् ।

माओवादी केन्द्रबाट बिना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी छन् । जनता समाजवादीबाट प्रमिला कुमारी, नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाई र सिङबहादुर विश्वकर्मा रहेका छन् । स्वतन्त्र सदस्य खिमलाल देवकोटा र मनोनीत डा. विमला पौड्याल पनि बिदा हुँदैछन् ।राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धनको पल्ला भारी हुने देखिएको चुनावमा टिकटका लागि नेताहरु शक्तिकेन्द्र धाउन थालेका हुन् ।

चुनाव हुने १९ सिटमा सत्तारुढ गठबन्धनका दलहरुबीच हुने भागवण्डाका आधारमा उम्मेदवार तय हुनेछन् । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच सिट बाँडफाँट हुनेछ । गठबन्धनमा संख्यामा मोटामोटी सहमति भइसकेको छ । कांग्रेसले मनोनीतसहित १०, माओवादी केन्द्र ६, नेकपा एस ३ र जसपाले एक सिट पाउने सहमति भइसकेको चर्चा चलिरहेको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg