Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी जनकल्याणलाई ,मेयर कप छात्र छात्रा भलिबलको उपाधि मत्स्यनारायण लाई

byaer-1703599843.jpg

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी जनकल्याणलाई ,मेयर कप छात्र छात्रा भलिबलको उपाधि मत्स्यनारायण लाई

मकवानपुरको थाहा नगरपालिकामा नगरपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा  मेयरकप भलिबल प्रतियोगिता सम्पन्न भएको छ।सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जनकल्याण मावि राष्ट्रपति रनिङ शिल्ड हात पार्न सफल भएको छ।

जनकल्याण माबिले प्रतियोगितामा १७  स्वर्ण,१४ रजत र ७ कास्य पदक सहित शिल्ड हात पार्यो। 
तेसै गरि ९ स्वर्ण,३ रजत र ५ कास्य सहित बागेश्वरी माबी दोस्रो र ३ स्वर्ण ८ रजत ५ कास्य सहित झम्केश्वरी माबी तेस्रो हुन सफल भए ।
तेसै गरि मेयरकप भलिबलको दुबै उपाधी मत्स्यनारायण माबिले हात पारेको छ।
आज भएको फाइनलमा मत्स्यनारायणले दुबै नाट्यश्वर लाई पराजित गरेको थियो मेयर कप भलिबलमा छात्रा तर्फ जनकल्याण र छात्र तर्फ बज्रबाराही माबी तेस्रो भयो।
मेयरकप भलिवलमा दुवै मत्स्यनारायणका प्रवल कार्की र बिमला माया वाइवा उत्कृष्ट खेलाडी घोषित हुन सफल रहे।


बिजेता विद्यालय र विद्यार्थीलाई प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले शिल्ड,मेडल,प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिय। थाहा नगरपालिका खेलकुद बिकास समिती संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न समारोहमा ।प्रमुख अतिथी नगर प्रमुख बिष्ट ,उपप्रमुख भरत गोपाली ,प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,थाहा वडा न १ का अध्यक्ष हेरमान गोपाली ,वडा न ४ का अध्यक्ष नारायण लामा  ,थाहा नगर शिक्षा शाखाका अधिकृत माधवबिक्रम मल्ल,लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु,प्रधानाध्यापक हरु,विभिन्न संघ संस्थाका प्रतिनिधि,सहभागी विद्यालयका प्रधानाध्यापक,खेलाडी ,खेल शिक्षक तथा विद्यार्थीहरुको उपस्तिथि रहेको थियो। समापन समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथी बिष्टले स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि नगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको मेयर बिष्टले बताए। उनले भने, 'हामीले नगरपालिकामा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन गरेका हौं।

'यही पुस ८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नगरपालिकास्थित १४ वटा माविको सहभागिता रहेको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...