Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

खेल

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी जनकल्याणलाई ,मेयर कप छात्र छात्रा भलिबलको उपाधि मत्स्यनारायण लाई

byaer-1703599843.jpg

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी जनकल्याणलाई ,मेयर कप छात्र छात्रा भलिबलको उपाधि मत्स्यनारायण लाई

मकवानपुरको थाहा नगरपालिकामा नगरपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा  मेयरकप भलिबल प्रतियोगिता सम्पन्न भएको छ।सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जनकल्याण मावि राष्ट्रपति रनिङ शिल्ड हात पार्न सफल भएको छ।

जनकल्याण माबिले प्रतियोगितामा १७  स्वर्ण,१४ रजत र ७ कास्य पदक सहित शिल्ड हात पार्यो। 
तेसै गरि ९ स्वर्ण,३ रजत र ५ कास्य सहित बागेश्वरी माबी दोस्रो र ३ स्वर्ण ८ रजत ५ कास्य सहित झम्केश्वरी माबी तेस्रो हुन सफल भए ।
तेसै गरि मेयरकप भलिबलको दुबै उपाधी मत्स्यनारायण माबिले हात पारेको छ।
आज भएको फाइनलमा मत्स्यनारायणले दुबै नाट्यश्वर लाई पराजित गरेको थियो मेयर कप भलिबलमा छात्रा तर्फ जनकल्याण र छात्र तर्फ बज्रबाराही माबी तेस्रो भयो।
मेयरकप भलिवलमा दुवै मत्स्यनारायणका प्रवल कार्की र बिमला माया वाइवा उत्कृष्ट खेलाडी घोषित हुन सफल रहे।


बिजेता विद्यालय र विद्यार्थीलाई प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले शिल्ड,मेडल,प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिय। थाहा नगरपालिका खेलकुद बिकास समिती संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न समारोहमा ।प्रमुख अतिथी नगर प्रमुख बिष्ट ,उपप्रमुख भरत गोपाली ,प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,थाहा वडा न १ का अध्यक्ष हेरमान गोपाली ,वडा न ४ का अध्यक्ष नारायण लामा  ,थाहा नगर शिक्षा शाखाका अधिकृत माधवबिक्रम मल्ल,लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु,प्रधानाध्यापक हरु,विभिन्न संघ संस्थाका प्रतिनिधि,सहभागी विद्यालयका प्रधानाध्यापक,खेलाडी ,खेल शिक्षक तथा विद्यार्थीहरुको उपस्तिथि रहेको थियो। समापन समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथी बिष्टले स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि नगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको मेयर बिष्टले बताए। उनले भने, 'हामीले नगरपालिकामा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन गरेका हौं।

'यही पुस ८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नगरपालिकास्थित १४ वटा माविको सहभागिता रहेको थियो।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg