jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

राक्सिराङमा खानेपानी योजना स्थानीयलाई हस्तान्तरण

329227993_505191598207365-1675477929.jpg

माघ/राक्सिराङ गाउँपालिका ५ स्थित बाङदीराङमा खानेपानी तथा सरसफाई योजना स्थानीयलाई हस्तान्तरण गरिएको छ । रिकभर परियोजनाले सीआरएस नेपालको मुख्य आर्थिक सहयोगमा लुमन्ती र सप्रोस नेपालको सहकार्यमा सम्पन्न भएको ३० वटा खानेपानी धारा शुक्रबार स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । प्रमुखअतिथि घलानले धाराको उद्घाटन गर्दै उक्त योजना स्थानीय बाङदीराङ खानेपानी तथा सरसफाई योजना समितिलाई हस्तान्तरण गर्नुभएको छ । खानेपानी योजना अन्तर्गत बाङदिराङका २८ घरधुरीमा खानेपानीको धारा जडान भएको छ । सबै घरधुरीमा धारा पुर्‍याउने लक्ष्यका साथ खानेपानी योजना सञ्चालन गरिएको रिकभर परियोजनाले जनाएको छ । खानेपानी, सिचाई, कृषि, आवासको क्षेत्रमा कार्यक्षेत्र बनाउदै आएका सीआरएस नेपाल, लुमन्ती, सप्रोस नेपालको गाउँ बस्तिमा जागरण शिक्षासंगै व्यावसायिक रोजगारी मुलक बनाउन सफल रहेको प्रमुख घलानले बताउनुभयो । त्यस्तै घलानले खानेपानीको समस्या तत्कालको लागि समाधान भएपनि दिर्घकालिन हुने गरि क्षेत्रअधिकार बढाउन समेत आग्रह गर्नुभयो । संस्थाको कुल बजेट १२ लाख ७० हजार ५ सय ६५ र श्रमदान ४ लाख ९० हजार ७ सय २५ रुपैयाँ गरी १७ लाख ६१ हजार २ सय ९० रुपैयाँ लागतमा खानेपानी योजना सम्पन्न भएको बताईएको छ । ‘पहिले खानेपानीको लागि धाउनु पर्ने हुन्थ्यो, महिला दिदीबहिनीको दैनिकी पानी ओसार्नु मै बित्थ्यो । सीआरएस नेपाल, लुमन्ती र सप्रोस नेपालको सहयोग पछि घरघरमै पानी आएको छ । हाल ३१ घरमा ३० वटा धारा संचालनमा आइसकेको छ । धाराबाट खेर गएको पानीबाट तरकारी बाली लगाएका छौ ।’ समितिको कोषाध्यक्ष रुक्मिणी बर्तौलाले भन्नुभयो । त्यस्तै रिकभर परियोजना मार्फत निर्माण भएको घरको अनुगमन गरिएको छ । जसमा जिल्ला समन्वय समिति, भुकम्प पुनर्निर्माण प्राधिकरण मकवानपुर, राक्सिराङ गाउँपालिका तथा वडा लगायतको टिमले अनुगमन गरिएको छ । कार्यक्रम जिल्ला समन्वय समितिको उपप्रमुख सानुकाजी लुईटेल, राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, डिएलपीयु प्रमुख रबिन पाठक, सीआरएस नेपालकी संजिता श्रेष्ठ, सप्रोस नेपालको कार्यक्रम संयोजक भानु लिम्बु, महेश्वर ढकाल लगायतको आतिथ्यता तथा समितिको अध्यक्ष हर्कबहादुर मोक्तानको सभाध्यक्षतामा भएको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...