bipad-1691926127.jpg
Tuesday, 03 Oct, 2023
379655816_154951827578763-1696297773.jpg

समाचार

राक्सिराङको कार्यपालिकालाई ‘चिउरी, चमेरो र चेपाङ’ बारेअनुशिक्षण

16322066903104406743-1694786791.jpg

राक्सिराङ गाउँपालिकाको कार्यपालिका टिमलाई चिउरी, चमेरो र चेपाङ समुदायको अन्तरसम्बन्धबारे अनुशिक्षण गरिएको छ ।

डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्यले राक्सिराङ गाउँपालिकाको आर्थिक समृद्धिको प्रमुख आधार चिउरी बन्न सक्ने र चेपाङ समुदायको जीवनस्तर सुधार्न सकिने सम्भावनासहितको प्रस्तुति दिनु भएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलासहित वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुमा चिउरीको पर्याप्तता, उपयोगिता र यसको व्यवसायिकरणको सम्भावनाबारे आचार्यले जानकराी गराउनु भएको हो ।

प्रस्तुतिमा कार्यालय प्रमुख आचार्यले चिउरी, चेपाङ र चमेरो एकापसमा अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै राक्सिराङ गाउँपालिकाले चिउरीको संरक्षण गर्न सकेमा मौरीपालनको परिमाणात्मक बृद्धि हुनेमा समेत जोड दिनुभयो ।

‘हामी जनतालाई यसको महत्व बुझाउँदै हिँडेका छौँ, चिउरीका नर्सरी बनाएर बृक्षरोपण गराउँदै हिँडेका छौँ’, प्रमुख आचार्यले भन्नुभयो–‘हामी कर्मचारीहरु त सरुवा भएर जाने हो, तर तपाईहरु आफ्नो गाउँ ठाउँमा रहनुहुने जनप्रतिनिधिहरुले यो कुरालाई बुझेर अभियानमा जोडिनुप¥यो ।’

चिउरी, चमेरो र चेपाङको अभियानलाई आफूहरुले सकारात्मक रुपमा लिएर सिर्जनात्मक रुपमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

यस बर्ष चिउरी संरक्षणका लागि प्रदेश र संघीय सरकारले समेत बजेट बिनियोजन गरेको छ भने चिउरी, चेपाङ र चमेरो संरक्षणका लागि बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरी बजेटको बिनियोजन गरेको छ ।

कार्यक्रममा सबै वडाका वडाध्यक्षहरु, सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङका अध्यक्ष थलबहादुर थापा (सन्तोष), सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूह राक्सिराङ ३ का अध्यक्ष एबम् सञ्चारकर्मी ज्ञानेन्द्र तामाङ लगायतको सहभागिता रहेको थियो ।

मनहरी लाइभमा खवर छ।

368434171_615037517201311-1692942851.jpg
shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
नेपालगन्जमा कर्फ्युको बीच झडप,सेना परिचालन
1696334610311-1696334626.jpg

    रुपन्देही । बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।...

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प
1696332919703-1696332933.jpg

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा...

धादिङमा पुलबाट त्रिशुली नदीमा हामफाली एकजना बेपत्ता
IMG-3905-1696316736.jpg

धादिङको गजुरी गाउपालिका वडा न.५ घाटबेशी स्थित नयाँपुलबाट त्रिशुली नदीमा हामफाली एक जना बेपत्ता भएका छन् । सोमबार...

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
FB_IMG_1696296011995-1696301579.jpg

                  १६ असोज, हान्झाउ । १६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली...

विधेयक नआउँदै कर्मचारी आन्दोलित
karmachari_nepal-1696297258.jpg

 । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा...

ग्यासमा कर दक्षिण एसियाकै उच्च
FB_IMG_1696296926918-1696296938.jpg

ग्यासमा कर दक्षिण एसियाकै उच्च  अर्थ, कर्पाेरेट, ब्यानर, खुला, राष्‍ट्रिय   लक्ष्मी सापकोटा शेयर...

देशको एक दुई स्थानमा भारी बर्षाको सम्भावना
FB_IMG_1691910023736-1693-1696296620.jpg

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर...

एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
FB_IMG_1696296011995-1696296027.jpg

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ ।...

थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...