pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

राक्सिराङका सामुदायिक वनहरुलाई सक्रिय बनाउन छलफल

FB_IMG_1682600912594-1682600930.jpg

मनहरी । राक्सिराङ गाउँपालिका भित्र रहेका विभिन्न सामुदायिक वन उपभोक्ता समुहहरुलाई सक्रिय र चलायमान बनाउनका लागि छलफल गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङ गाउँपालिकाको अगुवाईमा विभिन्न सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी, सब डिभिजन वन कार्यालय राक्सिराङ र डिभिजन वन कार्यालय राप्तीका कर्मचारीहरुबीच छलफल गरिएको हो । छलफलमा विभिन्न सामुदायिक वनका पदाधिकारीहरुले वनमा रहेका समस्या, चुनौती र असहजताका बारेमा गुनासो राखेका थिए । सामुदायिक वनहरुमा जाने डढेलो, वन क्षेत्रमा जथाभावी हुने सडक निर्माण तथा उपभोक्तामा जनचेतनाको कमीलगायत चुनौती रहेको उनीहरुको भनाई छ । राक्सिराङ सब डिभिजनका प्रमुख दिनेश सत्यालले निष्क्रिय रहेका र अव्यवस्थित समुहहरुलाई सक्रिय बनाई वन संरक्षण र उपभोक्ताको हितमा काम गराउन पहल गरिएको बताउनुभयो । राक्सिराङका ३५ वटा सामुदायिक वनमध्य केही समुह मात्र क्रियाशील रहेको बताउँदै उहाँले उपभोक्ता समुह र वन क्षेत्रको समुदाय नै जागरुक हुनुपर्ने बताउनुभयो । 
राप्ती डिभिजनका डिभिजनल वन अधिकृत बिष्णु प्रसाद आचार्यले राक्सिराङका वन क्षेत्र पर्यापर्यटन र जिविकोपार्जनका हिसाबले महत्वपुर्ण रहेको औल्याउनुभयो । कार्यालयका तर्फबाट विभिन्न लक्षित कार्यक्रम लागु गरि वनको विकास र समुदायको जीवनस्तर सुधारमा काम भईरहेको उहाँको भनाई छ । सालक, चिउरी, छतिवन, दारजस्ता वन पैदावरको संरक्षण र प्रवद्र्धनमा विभिन्न कार्यक्रम गरिएको बताउँदै उहाँले वनको संरक्षण र विकासमा समुदायले अपनत्व लिनुपर्ने बताउनुभयो । ठुला योजना सञ्चालनका लागि बजेट अभाव रहेकाले संघ, प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक पहलसमेत भइरहेको उहाँले बताउनुभयो । 
सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङका अध्यक्ष सन्तोष थापामगरले सामुदायिक वनहरुलाई सक्रिय बनाउन महासंघले अगुवाई गर्ने बताउनुभयो । राक्सिराङ गाउँपालिका, वन कार्यालय र उपभोक्ता समुहहरुबीच अन्तरक्रिया गरि आपसी सहकार्य र समन्वयको वातावरण बनाइने उहाँले बताउनुभयो । अव्यवस्थित रहेका, नविकरण नभएका, निष्क्रिय रहेका सबै समुहहरुलाई क्रियाशिल बनाउन महासंघले जागरण अभियान थाल्ने योजना रहेको थापाको भनाई छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...