jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

यसपालि ढिला डोरो बाँध्नु पर्नाको कारण किन?

1723967402222-1723967421.jpg

 

२०८१ साल भाद्र महिनाको ३ गते सोमबारका दिन हिन्दूहरुको पवित्र जनैपूर्णिमा पर्व परेको छ ।

यस दिनको पूर्णिमा तिथि ४७ घटि १९ पलाको रहेको छ अर्थात् सो दिनको रातिमा १२ः३२ मिनेटसम्म रहनेछ । साथै यस दिनमा भद्रा करण १९ घटि ४५ पला अर्थात् दिनमा १ः३१ मिनेटसम्म रहनेछ । 

 

भद्रा करणमा धार्मिकलगायत महत्वपूर्ण कार्य गर्नु उपयुक्त मानिँदैन । त्यसैले जनैपूर्णिमाका दिन जनै फेर्ने र रक्षाबन्धन अर्थात् डोरो बाँध्ने काम दिउँसो १ः३१ बजेपछि नै गर्नु उपयुक्त हुनेछ । यस दिन जनै फेर्ने र रक्षाबन्धन बाँध्नेबाहेक अन्य सबै काम गर्न भने मिल्ने छ । 

जनैपूर्णिमाका दिन परेको भद्रा करणबारे विभिन्न टिकाटिप्पणी भएपछि पञ्चांग निर्णायक समितिले सूचना प्रकाशित गरी यस विषयमा स्पष्ट पारेको हो । 

करणमा बब, बालब, कौलब, तैतिल, गद, भद्रा, वणिज, विष्टि, शकुनि, चतुष्पद, नाग र किंष्तुध्न हुन्छन् । यीमध्ये भद्रालाई त्यति शुभ मानिँदैन । 

यीमध्ये शकुनि र भद्रा करणमा गरिएका महत्वपूर्ण कर्म निष्फल हुन्छ भन्ने गरिन्छ ।

जनैपूर्णिमा पर्व
जनैपूर्णिमा सनातनी हिन्दू धर्मलम्वीले बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको मठको माटो लगाई नुहाएर शुद्ध भई वैदिक विधिपूवर्क मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेरेर जनैपूर्णिमा मनाइन्छ । 

हिन्दू दर्शनअनुसार जनैलाई ‘ब्रह्मसूत्र’ अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छन् । यस पर्वलाई ऋषि तर्पणी पनि भनिन्छ ।

हिन्दू तागाधारीले देह शुद्ध गरी देवता, सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नामा तिल, कुशसहित नदी किनार, पोखरीमा गई तपर्ण दिने चलन छ । 

यस दिन विशेषगरी काठमाडौंको गोकर्णमा गई पितृलाई तर्पण दिएमा पुण्य मिल्ने मान्यता छ । यो पर्व हरेक वर्ष श्रावण पूर्णिमाका दिन मनाइन्छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन ‘डोरो’ ब्राह्मणहरूले यजमानको नाडीमा बाँधिदिने चलन छ ।

रक्षाबन्धन के हो ?
‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल ।’ सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी धागो–डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा हिन्दु धमावलम्वीबीच आज पनि त्यत्तिकै प्रचलित छ । 

यसैगरी जनैपूर्णिमाकै दिन एघारथरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वषार्का कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ ।

धार्मिक महत्व
पौराणिक मान्यताअनुसार रक्षाबन्धनको सम्बन्ध दानवी शक्तिबाट लखेटिएका देवतालाई ईन्द्रका गुरु बृहस्पतीद्वारा रक्षाबन्धन तयार गरी जोगाएको र वानम अवतार विष्णुद्वारा दैत्यराज बलिलाई वचनबद्ध गराई तीनै लोक प्राप्त गरेको स्मृतिसँग जनै पूर्णिमाको महत्व छ । 

जनै पूर्णिमामा बाँधिएको डोरी गाई तिहारको दिन गाईको पुच्छरमा बाँधिए मृत्युपछि वैतरणी नदी पार हुने मान्यता छ । आजकै दिन भगवान गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्ध ग्रन्ध ‘ललितविस्तार’ मा उल्लेख गरिएको पाइन्छ । 

ऐतिहासिक महत्व
रक्षाबन्धनको शुरूआत कहाँ र कहिलेबाट भयो यकिन प्रमाण भेटिँदैन । अड्कल लगाउँदा यसको जन्म पुरुषको रक्षा भावले भएको हो भन्न सकिन्छ । 

ऋग्वेद (दशम मण्डल) का अनुसार शची (ईन्द्राणी) ले देवगुरु बहृहस्पतिको सल्लाहअनुसार ईन्द्रको हातमा बाँधेर लडाइँमा गएकाले विजय प्राप्त गरेको भनाइ पाइन्छ । 

भविष्य पुराणका अनुसार ईन्द्र असुरसँग पराजित भएर स्वर्ग छोडेर भाग्नुपर्ने स्थिति आयो त्यसबखत उनी आत्तिएर त्रिदेवका शरण पुगे । त्रिदेवले मद्दत गर्न नसक्ने बताएपछि पार्वतीका शरणमा पुगे । पार्वतीले दैवीशक्ति संयुक्त रक्षासूत्र ईन्द्रको हातमा बाँधिदिएपछि दैत्यहरूलाई पराजित गरे ।

वामन पुराणमा राजा बलिलाई विष्णुले पैतालाले पातालमा पु¥याएको कथा पाइन्छ । भागवत्मा यशोदाले दुष्ट आत्माबाट कृष्णलाई बचाउन रक्षासूत्र बाँधेको उल्लेख छ । कृष्णको औँलामा चोट लागेर रगत नरोकिएपछि द्रौपदीले आफनो साडीको किनार च्यातेर बाँधेपछि रगत रोकिएपछि खुसी भएर के बर माग्छ्यौ मागभन्दा समय आएपछि माग्नेछु भनेकी थिइन् । त्यो चीरहणका बेला कृष्णले साडी दिएर लाज बचाएको इतिहास पाइन्छ ।

पौराणिक कथा
पौराणिक कथा अनुसार देवराज ईन्द्र र दैत्यराजबीच १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरले देवतामाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज ईन्द्र बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने संकल्प लिएका थिए । त्यो दिन श्रावणशुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन ईन्द्रको कल्याण एवं विजय कामना होस् भनी रक्षाको विधान श्रावण मासको पूर्णिमाको शुभ मूहूर्तमा ईन्द्रलाई रक्षाको बन्धन बाँध्दै निम्न मन्त्र जप्नुहुन्छः
येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।
तेन मन्त्रेण बहनामि रक्षे मा चल मा चल ।।

तत्पश्चात ईन्द्राणीले ईन्द्रको दाहिने हातमा रक्षासूत्र बाँधे र जुन रक्षासूत्र बाँध्नाले देवराज ईन्द्र विजयी बने । वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो । त्यही रक्षासूत्रको सम्झना गर्दै रक्षाबन्धन बाँध्ने प्रचलन रही आएको छ । 

अर्को एक कथाअनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासंग राखी बांध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको राखी बाँध्दछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । त्यसै अनुरुप यस दिन यमदुत र यमुनाको कथा अनुसार दिदी बहिनीले दाजुभाइलाई राखी बांध्ने प्रचलन पनि चल्दै आएको छ ।

तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । आजका दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायू र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...