pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

मृत्युपछि शरीर दान गर्ने बागमती प्रदेश प्रमुख शर्मा दम्पतीको घोषणा  

Yadav-Chandra-Sharma-1647324212.jpg

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन् । 
प्रमुख शर्मा र उनकी श्रीमती उर्मिला शर्मा चौलागाईंले मृत्यु पछि शरीर दान गर्ने मञ्जुरीपत्रमा हस्ताक्षर गरेका हुन् । ललितपुरको ग्वार्को बसोबास गर्दै आएका ६६ वर्षिय शर्मा दम्पतीले ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई मृत्युपछि आफ्नो शरीर दान गर्ने निर्णय गरेका हुन् । 
चिकित्सा विज्ञान अध्ययन गर्ने विद्यार्थीको पढाईका लागि उपयोगी होस् भनेर आफूहरुले मृत्युपछि शरीर दान गर्ने निर्णय गरेको प्रदेश प्रमुख शर्माले बताए । विगत ८ वर्षदेखि आफ्नो मुटुमा पेसमेकर राखिएकाले सो बारेमा विद्यार्थीहरुलाई अध्ययनका लागि उपयोगी होस् भन्ने अपेक्षाले मृत्युपछि शरीर दान गर्ने निर्णय लिइएको प्रमुख शर्माको भनाई छ । 
मृत्युपछिको शरीर दान गर्नका लागि आवश्यक प्रकृया केही समयअघि देखि थालेपनि हिजो शुक्रबार आवश्यक कानूनी प्रकृया पूरा भएको प्रमुख शर्माले बताए । 
मृत्युपछि दान गरिएका शव चिकित्सा विज्ञानमा परीक्षणका लागि उपयोगी  हुने भएकाले इच्छुक व्यक्तिले शरीर दान गर्नसक्ने किस्ट मेडिकल कलेज प्रशासन शाखाकी सरिता हाडाले जानकारी दिइन् । 
चिकित्सा विज्ञान पढ्ने विद्यार्थीको प्रयोगात्मक पढाईका लागि वेवारिसे शवमा भर पर्नु पर्ने अवस्थामा मृत्युपछि शरीर दान गर्न इच्छा राख्नेबाट विद्यार्थीलाई अध्ययनका लागि सहजता हुने मेडिकल कलेजका प्राध्यापकहरुको भनाई छ । 
नेपालमा मृत्युपछि शरीर दान गर्ने प्रावधान २०७५ साल भदौ १ गतेबाट सुभारम्भ भएपछि अहिले विभिन्न क्षेत्रका व्यक्तित्वले मृत्युपछि शरीर दान गर्न इच्छा राखेको आफूहरुकोमा निवेदन दिएको हाडाले बताइन् । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...